दिल्ली । हिन्दी भाषालाई देशव्यापी रूपमा प्रयोग गर्ने नयाँ दिल्लीको प्रयासको विरोधमा दक्षिण भारतमा एक ८५ वर्षीय व्यक्तिले आत्मदाह गरेको प्रहरीले आइतबार जनाएको छ ।
दक्षिणी राज्य तमिलनाडुका कृषक एमभी थंगावेलले पेट्रोल र मट्टितेलमा डुबाएर आत्मदाह गरेका हुन् । उनले तमिल भाषाको प्लेकार्ड बोकेका थिए, जसमा लेखिएको थियो, “मोदी सरकारले हिन्दी थोपर्नु बन्द गर । हामीले हाम्रो साहित्यले भरिपूर्ण तमिलभन्दा हिन्दीलाई किन रोज्नु प¥योरु यसले हाम्रा युवाहरूको भविष्यलाई असर गर्नेछ ।”
सयौं भाषा र बोलीहरू बोलिने भारतमा भाषा एक भावनात्मक मुद्दा हो, तर अङ्ग्रेजी मुख्य आधिकारिक माध्यमको रूपमा काम गर्दछ जबकि राज्य सरकारहरूले क्षेत्रीय भाषाहरू प्रयोग गर्छन् ।
सन् २०११ को पछिल्लो जनगणनाअनुसार आधाभन्दा कम भारतीय नागरिकले हिन्दी बोल्छन् ।
तर गत महिना भारतीय जनता पार्टीका नेता तथा गृहमन्त्री अमित शाहको नेतृत्वमा सांसदहरूको एक समूहले चिकित्सा र इन्जिनियरिङजस्ता प्राविधिक शिक्षासहित हिन्दीलाई राष्ट्रिय आधिकारिक भाषा बनाउन सुझाव दिएको थियो ।
हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीले अङ्ग्रेजी भाषाको प्रयोगको सट्टा भारतीय भाषाको प्रयोगमा जोड दिँदैआएको छन् ।
तर विपक्षीहरूले उहाँको सरकारले हिन्दी थोपर्न खोजेको आरोप लगाएको छ । यसै कारण दक्षिण भारतमा विशेष आक्रोश उत्पन्न भएको छ ।
थांगावेलले शनिबार तमिलनाडुको सत्तारुढ डीएमके पार्टीको सलेमस्थित एक कार्यालयबाहिर केन्द्र सरकारको प्रस्तावको विरोधमा प्रदर्शन गरेका थिए ।
मोदी सरकारको भाषा नीतिको आलोचना गर्ने पार्टीका नेता एमके स्टालिनले थंगावेलको परिवारप्रति समवेदना प्रकट गर्दै यस बिषयले अन्यलाई यस्ता चरम विरोध प्रदर्शनबाट जोगिन आग्रह गरेको छन् ।
उनले केन्द्र सरकारले भाषा विभेदी नीति ल्याएको विरोध गर्दै भने, “यसका लागि हामीले अर्को जीवन गुमाउनु हुँदैन ।”
यसअघि सन् १९६० को दशकमा तत्कालीन सत्तारुढ काङ्ग्रेस पार्टीले हिन्दीभाषालाई आधिकारिक राष्ट्रिय भाषा बनाउन खोजेपछि दक्षिण भारतमा आक्रोश उत्पन्न भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: