काठमाडौं । सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म पेन्सन लिन थालेका छन् ।
कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध भएर योगदान गरिरहेका बेलामा विभिन्न कारणले मृत्यु भएका २६५ योगदानकर्ता आश्रित परिवारलाई चार हजारदेखि ९९ हजार ६२५ रुपियाँसम्म निवृत्तिभरण वितरण गर्दै आएको छ ।
कोषका अनुसार अक्सफाम जीबी नेपालमा कार्यरत सुवास न्यौपानेको मृत्युपछि उहाँको आश्रित परिवार श्रीमती र सन्ततिले मासिक ९९ हजार ६२५ रुपियाँ निवृत्तभरणका रूपमा प्राप्त गर्नुभएको हो । मृतक न्यौपानेले बहुराष्ट्रिय कम्पनीमा काम गर्ने र तलब पनि एक लाख रुपियाँको हाराहारीमा पाउनुहुन्थ्यो ।
सामाजिक सुरक्षा ऐनअनुसार योगदानकर्ता मृतक न्यौपानेको आधारभूत पारिश्रमिकको ६० प्रतिशतबाट उहाँकी श्रीमती दीक्षाले मासिक ५९ हजार ७७५ रुपियाँ निवृत्तिभरण आजीवन प्राप्त गर्नुहुनेछ भने उहाँका सन्ततिले शैक्षिक वृत्तिअन्तर्गत ४० प्रतिशत हुन आउने रकम २१ वर्ष नपुग्दासम्म मासिक ३९ हजार ८५० रुपियाँ प्राप्त गर्नुहुनेछ ।
कानुनअनुसार योगदाकर्ताकी श्रीमतीले अर्को विवाह गरेमा वा निजको वैकल्पिक रोजगारी रहेको अवस्थामा भने यो सुविधा पाइँदैन । ऐनमा मृतक अविवाहित भएको खण्डमा आश्रित बाबुआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनभर पाउने व्यवस्था छ ।
मृतकको परिवारले अन्तिम संस्कार खर्चबापत एकमुष्ट २५ हजार रुपियाँसमेत पाउने व्यवस्था गरिएको छ । यो समाचारगोरखापत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २९ गते, २०८२ - ०९:३१
काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...
माघ २९ गते, २०८२ - ०९:२७
विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...
माघ २९ गते, २०८२ - ०९:१९
काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...
माघ २९ गते, २०८२ - ०९:०८
काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...
माघ २९ गते, २०८२ - ०८:१७
काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...
माघ २९ गते, २०८२ - ०८:१५
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...
माघ २९ गते, २०८२ - ०७:५५
बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...
माघ २९ गते, २०८२ - ०७:५३
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...
माघ २९ गते, २०८२ - ०७:४९
काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...
माघ २९ गते, २०८२ - ०७:४५
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...



प्रतिकृया लेख्नुहोस्: