Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

सिन्धुपाल्चोकका सबै सिट गठबन्धनको पोल्टामा, एमाले पत्तासाफ

खबरडबली संवाददाता

सिन्धुपाल्चोक। प्रतिनिधिसभा तथा प्रदेशसभा सिन्धुपाल्चोक जिल्लालाई लोकतान्त्रिक-वाम गठबन्धनले आफ्नो किल्ला बनाएको छ । 

२ प्रतिनिधिसभा ४ प्रदेश सभा रहेको सिन्धुपाल्चोकमा सबै सिट आफ्नो पक्षमा पार्दै गठबन्धनले एमालेलाई क्लिनस्विप पार्न सफल भएको हो ।

प्रतिनिधिसभा १ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका पोलिटव्युरो सदस्य माधव सापकोटाले एमाले उम्मेदवार सरेस नेपाललाई ३ हजार ३ सय ५४ मतले पराजित गरे । सापकोटाले ३० हजार ३ सय २० मत प्राप्त गर्दा नेपालले २७ हजार २० मत पाए ।

यस्तै, प्रतिनिधिसभा १ (१) मा काँग्रेसकी मसिना खड्का भण्डारीले एमालेका युद्धविक्रम तामाङलाई पराजित गरिन् खड्काले १४ हजार ६ सय ५२ मत पाउँदा तामाङले १३ हजार ४ सय ९० मत पाए । 

प्रदेससभा (२) मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बागमती प्रदेश समिति अध्यक्ष सरलसहयात्री पौडेलले एमालेका उम्मेदवार होमनारायण श्रेष्ठलाई ४ हजार २ सय ४३ मतले पराजित गरे ।

गठबन्धनका कारण आफ्नो निर्वाचन क्षेत्र परिबर्तन गरेका पुर्व सञ्चारमन्त्री एवंम् काङ्ग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले प्रतिनिधिसभा २ मा ह्याट्रिकको तयारी गरिरहेको एमाले स्थायी समिति सदस्य एवम् पुर्व सञ्चारमन्त्री शेरबहादुर तामाङलाई  फराकिलो मतान्तर ११ हजार ८ सय ७४ मतले पराजित गरे ।

बस्नेतले ३९ हजार ३ सय ६७ मत पाउँदा तामाङले २७ हजार ४ सय ९३मत प्राप्त गरे ।

२ को प्रदेश सभा १ मा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् बागमती प्रदेश पुर्व सामाजिक विकास मन्त्री युवराज दुलालले एकालेका अमानसिं तामाङलाई ८ हजार ५ सय १० मतले पछाडि पारे । 

दुलालले २० हजार ९ सय ६ मत पाउँदा तामाङले १२ हजार ३ सय ९६ मतमा चित्त बुझाउनुपर्यो । प्रदेस सभा २ मा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार कृष्णकुमार तामाङले एमाले नेता हस्त बहादुर पण्डितलाई मतले पराजित गरे ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन

काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...

बुढीगंगाका मतदाता भेटघाटमा शेखर

विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...

दैलेखबाट कति ग्यास निकाल्न सकिन्छ ? नेपालमा नयाँ सरकार कुर्दै चीन

काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...

आजदेखि एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी फिल्डमा

काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, कसले मार्ला बाजी ?

बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...

निर्वाचन २२ दिन बाँकी: ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE