Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८० बिहीबार | 30th November, 2023 Thu

निर्वाचन अपडेट : कुन दलका कति ?

खबरडबली संवाददाता

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज दिउँसोसम्म प्रत्यक्षतर्फको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका स्थानमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपाली कांग्रेस ३० स्थानमा विजयी भएको छ । मुस्ताङबाट योगेश गौचन थकालीको विजयसँगै खाता खोलेको कांग्रेसले हालसम्म ३० स्थानमा विजय हासिल गरेको हो । 

कांग्रेसका विजयी उम्मेदवारमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । 

त्यस्तै, नेताहरु प्रकाशमान सिंह, डा शशाङ्क कोइराला, दीलेन्द्रप्रसाद बडू, रमेश लेखक, वीरबहादुर बलायर, प्रदीप पौडेल, सन्तोष चालिसे, राजन केसी, उदयशम्शेर जबरा, दुर्लभ थापा क्षेत्री, ई मोहन आचार्य, रामहरि खतिवडा, अजयकुमार चौरसिया पनि विजयी भएका छ्न। 

विजयी अन्य उम्मेदवारमा रमेश रिजाल, श्यामकुमार घिमिरे, टेकबहादुर गुरुङ, किशोरसिंह राठोर, दिक्पालकुमार शाही, हृदयराम थानी, पुष्पबहादुर शाह, नारायणप्रसाद साउद, शङ्कर भण्डारी, राजेन्द्र बजगाईं, देवप्रसाद तिमिल्सिना र खमबहादुर गर्बुजा हुन् । 

यसैगरी नेकपा (एमाले) १७ स्थानमा विजयी भएको छ । एमालेका विजयी उम्मेदवारहरुमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, गोकर्णराज विष्ट, कृष्णगोपाल श्रेष्ठ, टोपबहादुर रायामाझी, राजेन्द्रकुमार राई, लालप्रसाद (एलपी) साँवा लिम्बू, देवराज घिमिरे, अम्बरबहादुर रायामाझी, मानवीर राई, राजकुमार गुप्ता, महेशकुमार बर्तौला, प्रेमबहादुर महर्जन, विद्या भट्टराई, पदम गिरी र वासुदेव घिमिरे विजयी भएका छन् । 

नेकपा (माओवादी केन्द्र) नौ स्थानमा विजयी भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु वर्षमान पुन, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेल,  राजकुमार राई, लेखनाथ दाहाल, रेखा शर्मा, पूर्णबहादुर विश्वकर्मा र माधव सापकोटा विजयी भएका छन् ।
 
यस्तै, नेकपा (एकीकृत समाजवादी) छ स्थानमा विजयी भएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ, प्रकाश ज्वाला, शेरबहादुर कुँवर, प्रेमबहादुर आले र भानुभक्त जोशी विजयी भएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी ५ स्थानमा विजयी भएको छ । पार्टी अध्यक्ष रवि लामिछानेका साथै सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ विजयी भएका छन् । 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तीन स्थानमा जित हासिल गरेको छ । राप्रपाका धवलशम्शेर राणा, दीपकबहादुर सिंह र ज्ञानबहादुर शाही विजयी भएका हुन्  । 

लोकतान्त्रिक  समाजवादी पार्टी (लोसपा) बाट सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरी विजयी भएका छन् भने जनता समाजवादी पार्टी (जसपा) प्रदीप यादव विजयी भएका छन् । 

जनमत पार्टीका चन्द्रकान्त राउत, स्वतन्त्रतर्फ लालवीर चौधरी र नागरिक उन्मुक्तिपार्टीबाट गङ्गाराम चौधरी निर्वाचित भएको आयोगले जनाएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बझाङमा ४.१ रेक्टर स्केलको भूकम्प

काठमाडौँ।  बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज साँझ ६:४४ बजे बझाङ सदरमुकाम र आसपासमा भूकम्प धक्का महसुस गरिएको हो। सदरमुकाम चैनपुर आसपास केन्द...

६ थान नक्कली नोटसहित एकजना पक्राउ

काठमाडौँ। काठमाडौं महानगरपालिका–३१ शङ्खमूलबाट एक हजार दरको नोट पाँच थान र ५०० दरको नोट एक थान गरी जम्मा ६ थान नक्कलीजस्तो देखिने नोटसहित एकजना पक्राउ ...

सामाजिक सद्भाव प्रवर्द्धन गर्नुपर्नेमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौँ।  प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता र धार्मिक सद्भावसहित देश विकासमा लाग्नुको विकल्प नरहेको बताएका छन् । धनुषाको जनकपुरधाम ...

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले

काठमाडौँ।  रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् ...

भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौँ ‘डाइभर्ट’

काठमाडौँ। काठमाडौंबाट झापाको भद्रपुर विमानस्थलका लागि उडान भरेको जहाजमा प्राविधिक समस्या देखिएको छ। समस्या देखिएपछि जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्...

गणतन्त्र विरोधी गतिविधिलाई निस्तेज पार्न संविधान कार्यान्वयनमा जोड दिऔँ : कांग्रेस

काठमाडौँ। सत्तारुढ प्रमुख घटक नेपाली कांगेसले संविधान कार्यान्वयनमा जोड दिने निष्कर्ष निकालेको छ ।  बुधवार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर ...

फेवातालको मापदण्ड लागु गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

काठमाडौँ। फेवातालको मापदण्डबारे सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको ...

अहिलेकै व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्छौँ : रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्ने बताएका छन्। बुधवार जनकपुरधाम...

अष्ट्रेलियामाथि भारतको विशाल लक्ष्य

काठमाडौँ। युवा ओपनर रितुराज गायकवाडको शतकमा भारतले तेस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई २ सय २३ रनको विशाल लक्ष्य दिएकोछ । गुवाहाटीमा टस हारेर पहिला...

काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने

काठमाडौँ।  काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । अबदेखि महानगर क्षेत्रभित्रका...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies