काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज दिउँसोसम्म प्रत्यक्षतर्फको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका स्थानमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।
आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपाली कांग्रेस ३० स्थानमा विजयी भएको छ । मुस्ताङबाट योगेश गौचन थकालीको विजयसँगै खाता खोलेको कांग्रेसले हालसम्म ३० स्थानमा विजय हासिल गरेको हो ।
कांग्रेसका विजयी उम्मेदवारमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
त्यस्तै, नेताहरु प्रकाशमान सिंह, डा शशाङ्क कोइराला, दीलेन्द्रप्रसाद बडू, रमेश लेखक, वीरबहादुर बलायर, प्रदीप पौडेल, सन्तोष चालिसे, राजन केसी, उदयशम्शेर जबरा, दुर्लभ थापा क्षेत्री, ई मोहन आचार्य, रामहरि खतिवडा, अजयकुमार चौरसिया पनि विजयी भएका छ्न।
विजयी अन्य उम्मेदवारमा रमेश रिजाल, श्यामकुमार घिमिरे, टेकबहादुर गुरुङ, किशोरसिंह राठोर, दिक्पालकुमार शाही, हृदयराम थानी, पुष्पबहादुर शाह, नारायणप्रसाद साउद, शङ्कर भण्डारी, राजेन्द्र बजगाईं, देवप्रसाद तिमिल्सिना र खमबहादुर गर्बुजा हुन् ।
यसैगरी नेकपा (एमाले) १७ स्थानमा विजयी भएको छ । एमालेका विजयी उम्मेदवारहरुमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, गोकर्णराज विष्ट, कृष्णगोपाल श्रेष्ठ, टोपबहादुर रायामाझी, राजेन्द्रकुमार राई, लालप्रसाद (एलपी) साँवा लिम्बू, देवराज घिमिरे, अम्बरबहादुर रायामाझी, मानवीर राई, राजकुमार गुप्ता, महेशकुमार बर्तौला, प्रेमबहादुर महर्जन, विद्या भट्टराई, पदम गिरी र वासुदेव घिमिरे विजयी भएका छन् ।
नेकपा (माओवादी केन्द्र) नौ स्थानमा विजयी भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु वर्षमान पुन, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेल, राजकुमार राई, लेखनाथ दाहाल, रेखा शर्मा, पूर्णबहादुर विश्वकर्मा र माधव सापकोटा विजयी भएका छन् ।
यस्तै, नेकपा (एकीकृत समाजवादी) छ स्थानमा विजयी भएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ, प्रकाश ज्वाला, शेरबहादुर कुँवर, प्रेमबहादुर आले र भानुभक्त जोशी विजयी भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी ५ स्थानमा विजयी भएको छ । पार्टी अध्यक्ष रवि लामिछानेका साथै सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तीन स्थानमा जित हासिल गरेको छ । राप्रपाका धवलशम्शेर राणा, दीपकबहादुर सिंह र ज्ञानबहादुर शाही विजयी भएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरी विजयी भएका छन् भने जनता समाजवादी पार्टी (जसपा) प्रदीप यादव विजयी भएका छन् ।
जनमत पार्टीका चन्द्रकान्त राउत, स्वतन्त्रतर्फ लालवीर चौधरी र नागरिक उन्मुक्तिपार्टीबाट गङ्गाराम चौधरी निर्वाचित भएको आयोगले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: