Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

गालीको भाषा नबोली चुनाव जितेका माधव सापकोटा, जसले असम्भव सपना बाँडेनन्

भन्छन् : सकारात्मक राजनीतिलाई अगाडि बढाउँछु

खबरडबली संवाददाता

काठमाडौँ । सिन्धुपाल्चोक–१ बाट नवनिर्वाचित माधव सापकोटाको निर्वाचन प्रचारका क्रममा अन्य उम्मेदवारका विरुद्धमा गालीको भाषा बोलेनन्  र आफ्नो ‘एजेण्डा’ मात्रै प्रस्तुत गरेको राम्रै चर्चा भएको थियो । 

राजनीतिमा युवा आउनुपर्छ भन्ने मान्यता राख्दै आएका उनले असम्भव सपना बाँड्ने र विपक्षीलाई गाली गरेर समय खेर फालेनन् । बरु उनले जनताका कुरा सुने । जित पछि पनि जनताकै बीचमा बसेर काम गर्ने योजनाका खाका बनाउने बाचा गरे । 

अन्तिम मत परिणाम सार्वजनिक भएपछि उनले सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा सञ्चारकर्मीसँग कुरा गर्दै आफूले जिल्लामा स्थापित गरेको सकारात्मक राजनीतिलाई आगामी दिनमा अझै अगाडि बढाउने बताए । 

विगत दुई दशकदेखि निरन्तर राजनीति र समाजसेवामा खटिरहेका ‘सुबोध’ नामले परिचित सापकोटा सिन्धुपाल्चोकका युवामाझ लोकप्रिय छन् । सहज पहुँच, जनताको घर आँगनमा पुग्ने, जनताका कुरा सुन्ने, सबैको काम गर्ने उनको बानीले उनलाई जिल्लावासीले  एक दशक अघिदेखि नै वैकल्पिक नेतृत्वका रूपमा स्वीकार गर्दै आएका छन् । 

नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य एवं सिन्धुपाल्चोक जिल्ला  इन्चार्ज रहेका उन स्पष्ट अडान र योजना भएका नेताका रूपमा परिचित छन् । कुविन्डेमा जन्मिएका ४० वर्षीय सापकोटा बाल्यकालदेखि नै राजनीतिक  वातावरणमा हुर्किएका थिए । १३ वर्षको उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय उनी २०५६ पुसमा अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष, २०५६ माघदेखि पूर्ण रूपमा भूमिगत थिए । 

 विसं २०६० जेठदेखि सिन्धुपाल्चोक जिल्ला सचिवको भूमिका सम्हालेका थिए । माओवादीले सञ्चालन गरेको तत्कालीन जनयुद्धमा कुशल संगठनकर्ता नवनिर्वाचित सापकोटा २०७३ मा माओवादीको केन्द्रीय सदस्य बनेका थिए । विसं २०७९ असारदेखि पोलिटब्युरो सदस्य एवं जिल्ला इञ्चार्जका रूपका कार्यरत उनले राजनीतिशास्त्रमा स्नातकोत्तरको अध्ययन गरिरहेका छन् । 

विसं २०७१ सालको जुरे पहिरो, २०७२ को महाभूकम्प, लिदि पहिरो, नागपुजे, खागदल, २०७८ को मेलम्ची बाढीलगायतका जिल्लाका ठूला साना प्राकृतिक विपत्ति, कोभिड–१९ को समय एवं अन्य अप्ठेरोमा सहजै जनतामाझ पुगेर राहत, उद्धार, उपचारमा सक्रिय बनेका कारण पनि उनलाई आम मतदाताले यसपटक स्वीकार गरेको टिप्पणी छ । 

स्थानीय तह निर्वाचन २०७९ मा जिल्लाको चुनावी कमाण्डर, सभामुख अग्निप्रसाद सापकोटाको २०६४, २०७०, र २०७४ को तीनवटै चुनावमा कमाण्डर एवं आन्तरिक व्यवस्थापन सम्हालेर सुबोधले सफलता हासिल गरेका थिए । उनलाई विगत १५ वर्षयता जिल्लाको चुनावी प्रतिस्पर्धा बारे गहिरो ज्ञान थियो । सोही ज्ञानलाई यसपटक आफ्नै लागि प्रयोग गरेको भन्नेहरू पनि प्रशस्तै छन् । 

काठमाडौँ नजिकै रहेको जुगल हिमाल आरोहण खुलाउने एक प्रमुख पहलकर्ताको भूमिका खेलेका सापकोटा सिन्धुपाल्चोकको समग्र विकास र समृद्धिका लागि नीतिगत निर्णय गर्ने ठाउँमा आइपुगेका छन् । पछिल्लो पटक सिन्धुपाल्चोकमा वाम लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउने दायित्व आफ्नो समेत रहेको बताउने सापकोटाले सभामुख अग्नि सापकोटाको राजनीतिक विरासतलाई अगाडि बढाउने मौका पाएका छन् । 

सिन्धुपाल्चोकको क्षेत्र नं १ का उम्मेदवार समेत रहेका पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई पनि उत्तिकै आदर र सत्कार प्रदान गर्दै वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउने सपना पूरा भएको छ सापकोटाको । सिन्धुपाल्चोकको प्रतिनिधिसभातर्फ क्षेत्र नं १ को परिणाम सार्वजनिक हुने क्रममा छ । त्यस क्षेत्रमा पनि गठबन्धनका तर्फबाट काँग्रेस नेता बस्नेत उम्मेदवार छन् । 

उम्मेदवार मनोनयनका क्रममा आफ्ना सहकर्मीहरू युवराज दुलाल, सरल सहयात्री पौडेलसँग एउटै रङ्गका पोशाकमा देखिदा देशव्यापी रूपमा चर्चा कमाउन सफल सापकोटाले ३० हजार तीन सय ७४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सरेश नेपालले २७ हजार १८ मत प्राप्त गरेका थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending