काठमाडौं । पछिल्लो १५ दिनयता बजारमा दैनिक अत्यावश्यकीय उपभोग्य वस्तुको भाउ महँगिएको छ । भान्छामा नभई नहुने दाल, चामल, खाने तेललगायतको भाउ पुनः महँगिएको हो । तरकारी, मासु र इन्धनको पनि मूल्य वृद्धि भएको छ ।
सरकार र सरकारका नियमनकारी निकाय सङ्घीय तथा प्रदेश सभाको निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहानामा खाद्यवस्तुको भाउ बढाएका हुन् ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो १५ दिनमा खाने तेलको मूल्य प्रतिलिटर १० रुपियाँसम्म बढेको छ । तोरीको तेल प्रतिलिटर १० रुपियाँ, सनफ्लावर प्रतिलिटर १० रुपियाँ र भटमासको तेल प्रतिलिटर पाँच रुपियाँ बढेको सङ्घले जनाएको छ । चामल २५ केजीको प्रतिबोरा १०० रुपियाँ बढेको छ ।
दाल, गेडागुडीलगायका सबै वस्तुको भाउ त्यसैगरी बढेको छ । उपभोक्ता अधिकारकर्मीहरू बजारमा कालोबजारी मौलाउँदासमेत सरकारका जिम्मेवार निकाय रमिते बनेको आरोप लगाउँछन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८१ - ०९:४०
बागलुङ । वर्षाले बाटो बन्द हुँदा बागलुङमा सञ्चालित घरबास (होमस्टे) सुनसान बनेका छन्। असार दोस्रो सातापछिको निरन्तर वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भए...
श्रावण ११ गते, २०८१ - ०९:३४
सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किँदा एकै घरका आठजना घाइते भएका छन् । घरमुली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठजना...
श्रावण ११ गते, २०८१ - ०९:२९
काठमाडौं । सौर्य एअरलाइन्सको एउटा विमान बुधवार काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनामा परेर १८ जनाको ज्यान गएपछि...
श्रावण ११ गते, २०८१ - ०९:१८
म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएक...
श्रावण ११ गते, २०८१ - ०८:४५
काठमाडौं । सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि बनाइएको कार्यदलको बैठक आज बस्दैछ। बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित गृहमन्त्रालयमा बैठक बस...
श्रावण ११ गते, २०८१ - ०८:१०
काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गर्न...
श्रावण ११ गते, २०८१ - ०८:०२
धादिङ । धादिङको थाक्रे गाउँपालिका–१० गढीमा तीन वटा चितुवा मृत फेला परेको छ। गढीस्थित अदुवाबारीमा दुई वटा र मकैबारी एक वटा चितुवा मृत अवस्थामा बिहीब...
श्रावण ११ गते, २०८१ - ०७:५२
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ। ...
श्रावण ११ गते, २०८१ - ०७:२९
काठमाडौं । विश्वकै सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन फ्रान्सको पेरिसमा आज हुँदैछ। उद्धघाटन नेपाली समय अनुसार राति...
श्रावण ११ गते, २०८१ - ०७:२३
काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमा...
प्रतिकृया लेख्नुहोस्: