Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

महादीपदान गर्नेसँग शुल्क नउठाइने

खबरडबली संवाददाता

काठमाडौं । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन आज बेलुकी पशुपति क्षेत्रमा महादीपदान गर्न आउने भक्तजनसँग कुनै शुल्क नउठाइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

कोषले शुल्क नलिने भए पनि केही मानिसले भक्तजनसँग शुल्क उठाउने गरेको सूचना पाएकाले महादीपदान छोडेर जाने भएमात्र कोषका तर्फबाट रु एक हजार पाँच सय पाँचको रसिद काट्न आह्वान गरिएको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । 

आज रातभर आफैँ महादीपदान कुरेर बस्ने भक्तजनले कुनै शुल्क तिर्नुनपर्ने कोषले जनाएको छ । दीप कुरेर बस्ने भक्तजनसँग कसैले पैसा मागेमा प्रहरीलाई खबर गर्न पनि उनले अनुरोध गरेका छन् । यस्तो समूहलाई कानुनबमोजिम कारबाही गरिने छ ।

पशुपति क्षेत्रमा आज लाग्ने मेलाका लागि सबै तयारी पूरा भएको छ । मेलाको अघिल्लो दिन प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचन परेकाले शनिबार नै धेरै तयारीका काम सम्पन्न भइसकेको छ । बाँकी तयारीका काम आज बिहानैदेखि गर्न लागिएको हो । महादीपदान गर्न आउने भक्तजनलाई असुविधा नहुने गरी तयारी अघि बढाइएको छ ।

पशुपति क्षेत्रमा अग्नि नियन्त्रकको व्यवस्था गरिएको छ । दीपदानको पर्व भएकाले आगलागीको सम्भावित खतरा नियन्त्रणका लागि अग्नि नियन्त्रक यन्त्रको व्यवस्था गरिएको हो । 

यसैगरी महादीपदान गर्न आउने भक्तजनका लागि पर्याप्त मात्रामा त्रिपालको व्यवस्था गरिएको छ । भक्तजनलाई चिसो नहोस् भनेर गत वर्षभन्दा बढी त्रिपालको व्यवस्था गरिएको हो । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान स्नान गर्न भक्तजनका लागि विभिन्न स्थानमा अस्थायी धाराको व्यवस्था पनि गरिएको छ । 

यसैगरी लाखौँ भक्तजनका लागि ठाउँठाउँमा अस्थायी शौचालय स्थापना गरिएको छ । बिहान बेलुका जाडो बढेकाले पशुपति क्षेत्रका विभिन्न स्थानमा धुनी जगाउन दाउराको व्यवस्था गरिएको छ । भष्मेश्वर, बोडेपाटी, रामन्दिर, बाहिरी पश्चिम मूल ढोकालगायत स्थानमा धुनी जगाइने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

दिवङ्गत पितृका नाममा आज बेलुकी महादीपदान गर्ने भक्तजनले भोलि बिहान सद्गतिको कामना गर्दै पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छर्नेछन् । पशुपति क्षेत्रमा लाग्ने वर्षभरका ठूला मेलामध्ये बाला चतुर्दशी मेला एक हो । 

यसका लागि सुरक्षाकर्मीको पर्याप्त मात्रामा व्यवस्था गरिएको छ । तीन तहमा सुरक्षाकर्मी राख्ने गरी व्यवस्था गरिएको संस्कृति संरक्षण महाशाखा प्रमुख पराजुलीले जानकारी दिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending