Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

पाल्पा क्षेत्र २ मा पूर्वसहकर्मी बीच कडा प्रतिस्पर्धा, यस्तो छ हिसाबकिताब

खबरडबली संवाददाता

रामपुर । चुनावको सरगर्मी तातेका बेला पाल्पाको क्षेत्र नं २ मा यस पटकको निर्वाचनमा मतदाताको ध्यान तानिएको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा क्षेत्र नं २ को निर्वाचन रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ । यहाँ प्रतिनिधिसभा सदस्यमा पूर्वसहकर्मी बीचको चुनावी प्रतिस्पर्धा छन । 

नेकपा ९एमाले० मा रहेर सँगै राजनीतिक यात्रामा रहेका सहकर्मी सोमप्रसाद पाण्डेय र ठाकुरप्रसाद गैरेबीचको चुनावी प्रतिस्पर्धाले आम मतदातामा उत्सुकता छाएको छ । तीन दशकदेखि नेकपा (एमाले) मा रहेर सँगै राजनीतिक यात्रामा निस्केका पाण्डेय र गैरेको चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । पाण्डेय लोकतान्त्रिक–वाम गठबन्धनबाट नेकपा ९एकीकृत समाजवादी० का उम्मेदवार भने गैरेले एमालेबाट उम्मेदवारी दिएका छन् । 
 
गठबन्धनका उम्मेदवार पाण्डेयले विसं २०५१ देखि हालसम्म पाँच पटक उम्मेदवार भएकामा चार पटक निर्वाचित भई संसद्मा नेतृत्व गरिसकेका छन्। विसं २०६४ को संविधानसभा निर्वाचनमा भने उहाँ नेकपा माओवादीकी उम्मेदवार लीला सोमैसँग पराजित भएको थिए ।

तीन दशकसम्म राजनीतिमा अनवरतरूपमा लाग्नुभएका गैरेले एमालेबाट पहिलो पटक आसन्न प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने अवसर पाएका छन् । गैरे नयाँ उम्मेदवार छन। मतदाताले नयाँ र सक्षम व्यक्तिको नेतृत्व चाहेको र जनताको हरेक सुख दुःखमा आफू राम्रोसँग घुलमिल भएकाले यस पटक राम्रो मतका साथ विजयी हासिल गर्ने उनी बताउछन । 
 गठबन्धनका उम्मेदवार पाण्डेय यसभन्दा अघिका निर्वाचनमा आफ्नो कार्यशैली र योगदान बुझेर जनताले संसद्मा नेतृत्व गर्ने अवसर दिएकाले यस पटक पनि आफूले उम्मेदवारी दिएको बताउछन । यसभन्दा अघि आफू नेतृत्वमा रहँदा जनताका अधिकांश समस्या सम्बोधन गरेकाले यस पटक पनि भारी मतले निर्वाचन जित्ने उनी दाबी गर्छन ।

उहाँले सिद्धबाबा सडकको सुरुङमार्ग निर्माणका लागि संसद्देखि सडकमा आवाज उठाउँदै आएको र जोखिमपूर्ण सडकमा सुरुङमार्ग बनाउने काम चार महिनादेखि अगाडि बढेको, तानसेन बुटवल सडकलाई विस्तार गरी चार लेनको सडक बनाउने, शिक्षा, स्वास्थ्य, कृषि, स्वरोजगारलगायतका चुनावी योजना ल्याएकँ छन् । 
 
पाल्पाको विकासमा २०५१ देखि नै प्राथमिकता दिएर काम गर्दै आएको र जिल्लाको पर्यटन विकास, एमालेमा रहँदा मदनपोखरा पोलिटेक्निकल आफ्नै पहलमा जिल्लामा आएको, तानसेनको पहिचान विश्वव्यापी बनाई पर्यटकीय गतिविधि बढाउन टाढा टाढाबाट देखिने गरी तानसेन होर्डिङ बोर्ड निर्माण, हार्थोकदेखि छहरासम्मको बाटो विस्तारलगायतका क्षेत्रमा आफूले काम गरेको उम्मेदवार पाण्डेयले बताए ।

अस्तव्यस्त बनेका सडकलाई व्यवस्थित बनाउने, युवा स्वरोजगार, कृषि उद्यमशीलता, सम्भावना बोकेका पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास, जिल्लामा रहेका अधुरा योजना पूरा गर्ने जस्ता योजना जनतामाझ लिएर आएको उम्मेदवार गैरे बताउछन । 

पाल्पा क्षेत्र नम्बर २ बाट गठबन्धनका पाण्डेय, एमालेका गैरेसहित जनसमाजवादी पार्टी नेपालका देवबहादुर हिस्की, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीका शिवसुन्दर भुख्वा, मङ्गोल नेसनल अर्गनाइजेसनका मनबहादुर दर्लामी, नेपाल आमा पार्टीका ताराबहादुर खत्री, जनता समाजवादी पार्टीका दुर्पता सोमै र स्वतन्त्रबाट उपेन्द्रराज गैरे र जीवलाल सुवेदी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

पाल्पा क्षेत्र नंं २ मा भएका छ वटा निर्वाचनमा नेपाली कांग्रेसले २०४८ र २०७० मा गरी दुई पटक, एमालेले २०५१, २०५६, २०६४ र २०७४ मा विजयी हासिल गरेको थियो । पाँचवटा स्थानीय तह रहेको पाल्पा क्षेत्र नंं २ मा २०७४ मा बगनासकाली, रैनादेवीछहरामा नेपाली कांग्रेस, तानसेन, रिब्दीकोट र तिनाउँमा एमालेले विजयी हासिल गरेको थियो भने स्थानीय निर्वाचन २०७९ मा गठबन्धनले तीनवटा र एमालेले दुईवटा पालिकामा जित हासिल गरेका छन् । 

पाल्पा क्षेत्र नंं २ मा ४४ वटा वडामा १६ वडामा एमाले र २८ वटा वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनमोर्चाको गठबन्धनले जित हासिल गरेको छ । वडाध्यक्षको मतको आधारमा नेकपा एमालेको ३० हजार पाँच सय ३६, नेपाली कांग्रेसले २९ हजार ३९, माओवादी केन्द्रले चार हजार तीन सय १३, एकीकृत समाजवादीले चार सय ३३ मत र राष्ट्रिय जनमोर्चाले आठ सय ८४ मत पाएको छ । पाल्पा क्षेत्र नंं २ मा एक लाख पाँच हजार दुई सय ९३ जना मतदाता छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

महेश बस्नेतलाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ बुझाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश दिएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रे...

सिमकोटमा खानेपानीको अभाव

हुम्ला। जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ । यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खान...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: