Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

प्रचण्डको मार्गचित्रः बूढीगण्डकीदेखि सुख्खा बन्दरगाह निर्माणसम्म

खबरडबली संवाददाता

गोरखा । गोरखा क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदाता भेटघाटका क्रममा विकास र सम्वृद्धिका कैयौँ आश्वासन जनतालाई दिएका छन् । उम्मेदवारी दर्तापछि पटक–पटक गरेर सात दिनसम्म निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गरेका उनले धुलाम्मे सडकलाई कालोपत्र गर्ने मौखिक प्रतिबद्धतादेखि गोरखा सम्वृद्धिको मार्गचित्र नाम दिएर ५५ बुदेँ लिखित प्रतिबद्धता जनतासमक्ष पु¥याएका छन् । 

जिल्लाको मुहार फेर्न सकिने खालका प्रमुख रणनीतिक योजनालाई ‘गेमचेन्जर’ योजनाका रुपमा र अन्य नियमित योजनालाई महत्वपूर्ण योजनाका रुपमा समेटेर सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा बूढीगण्डकी आयोजना निर्माणदेखि उत्तरी गोरखाको नुब्री क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण गर्नेसम्मका योजना परेका छन् । 

प्रमुख रणनीतिक योजनामध्ये लामो समयदेखि बन्द भएको पालुङटार विमानस्थल पुनःसञ्चालन गर्ने तथा पालुङटारलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने प्रतिबद्धता अध्यक्ष दाहालले व्यक्त गरेको हो । त्यस्तै बहुउद्देसीय राष्ट्रिय गौरवको एक हजार दुई सय मेघावाट क्षमताको जलासययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयन गर्ने, च्याङ्ली कृषि तथा वन विश्वविद्यालयअन्तर्गतको कृषि क्याम्पस सञ्चालन गर्ने तथा जिल्लाभित्रका सबै विद्यालय तथा क्याम्पसमा प्राविधिक शिक्षा विस्तार र शिक्षा क्षेत्रका समस्या समाधान गरी समग्र शैक्षिक विकासलाई अगाडि बढाउने उल्लेख छ । 

रणनीतिक योजनामा ९रुइला नाका० तिब्बतको सिमाना जोड्ने बेनीघाट–आरुघाट–लार्के सडकखण्ड पनि परेको छ । सो सडकखण्ड निर्माण पूरा गर्ने, जिल्लाभित्र रहेका ठूलाठूला खेतीयोग्य टारमा पम्पिङ, लिफ्टििङ तथा नहरको योजनामार्फत सिञ्चाइलाई व्यवस्थित गरी कृषि उत्पादन वृद्धि गर्ने र जिल्लालाई उत्पादनमा आत्मानिर्भर बनाउने प्रमुख रणनीतिक योजनामा परेको अध्यक्ष प्रचण्डका प्रचार संयोजक माओवादीका केन्द्रीय सदस्य हरिराज अधिकारीले जानकारी दिए ।

 त्यस्तै लिगलिगकोट, सिरानचोक गोरखा दरबार, मनकामना, बारपाकलगायत ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यलाई समेटेर पर्यटन सर्किटको रुपमा विकास गर्ने । गोरखा र उत्तरी गोरखालाई हिमालय पर्यटनको रुपमा विकास गर्ने पनि उक्त रणनीतिक योजनामा उल्लेख गरिएको छ । सार्वजनिक गरिएका ‘गेमचेन्जर’ योजनामा चुमभ्याली र नुब्री भ्यालीलाई हिमाली सहरको रुपमा विकास गर्ने, रुइला नाका नियमित रुपमा सञ्चालन हुने सुनिश्चिततासहित नुब्री क्षेत्रमा अन्तरदेशीय सुख्खा बन्दरगाह स्थापना गरिने तथा गोरखकाली रबर उद्योगलाई नयाँ ढङ्गबाट व्यवस्थित गरी पुनःसञ्चालन गर्न ठोस् पहल गर्ने उल्लेख छ । अध्यक्ष प्रचण्डले प्रमुख रणनीतिक महत्वका १० योजना र अन्य महत्वपूर्ण ४५ योेजनालाई आफ्नो प्रतिबद्धता पत्रमा समेटेको छन् । 

 अन्य महत्वपूर्ण योेजनामा पालुङटार, हर्मी, छोप्राक, गाँखु, श्रीनाथकोट, जौवारी, रातामाटा, मुच्चोक, सिम्जुङ, ध्याच्चोकलाई वैकल्पिक साहायक मार्गको रुपमा कालोपत्र गरिने, ध्याम्पेसाल–देउराली–ताकु– स्वाँरा– सौरपानी–बारपाक–ध्याचोक–सिरानडाँडा–ओलाङ हुँदै लमजुङ दूधपोखरी सडक निर्माण प्रक्रिया अघि बढाइने उल्लेख छ ।

त्यस्तै गोरखा सदरमुकामबाट लमजुङ जोड्ने सबैभन्दा छोटो बाटो पन्थडी–कटहरे साइलीटार सडक कालेपत्र, ग्रामीण सडक निर्माण तथा स्तरोन्नति, बारपाक–बाह्रकिलो–लाप्राक हँुदै माछाखोलासम्मको सडक कालोपत्र, मध्यपहाडी लोकमार्गमा पर्ने गोरखाखण्ड कालोपत्रलगायत योजना पनि  रणनीतिक योजनामा समेटिएको छ । पालुङटार नगरपालिकामा कृषि पर्यटन, जडीबुटीको सङ्कलन प्रशोधन केन्द्र स्थापना, बहुप्राविधिक शिक्षालय स्थापना, सामुदायिक विद्यालयमा खेलकुद, विद्यार्थीको सांस्कृतिक क्षमताको अभिवृद्धिका लागि घुम्ती शिक्षक नियुक्ति, कलेज तथा विद्यालयको भौतिक पूूर्वाधारको विकास, सामुदायिक स्वयसेवी शिक्षकको व्यवस्था पनि उक्त योजनामा परेको छ ।

अध्यक्ष दाहालको प्रतिबद्धतामा ज्येष्ठ नागरिक र अशक्तलाई सामुदायिक स्वास्थ्य इकाईमार्फत घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने, सिरानचोक गाउँपालिकामा आयुर्वेद अनुसन्धान, तालिम केन्द्र र अस्पताल स्थापना गर्ने, जिल्लाभित्रका अस्पतालको स्तरोन्नतिमा जोड दिँदै स्वास्थ्य सेवामा जनताको सहज पँहुच पु¥याउने, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गरी समग्र जनताको हित र सेवामा सर्मपित गराउन पहल गरिने, जनयुद्ध र जनआन्दोलनका शहीद परिवार, बेपत्ता परिवार तथा घाइते, अपाङ्गता भएकाको समस्या समाधान गरिने सबै द्धन्द्वपीडितलाई न्याय, सम्मान र परिपुरणका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका काम पूरा गर्न पहल गर्ने प्रतिबद्धता उनले गरेको छन् ।  

अध्यक्ष दाहालले सार्वजनिक गरेकोे प्रतिबद्धता पत्रमा कृषि, पशुपालन, जडीबुटी, फलफूल खेती, अलैँची खेती, सुन्तला खेती, घरेलु हस्तकला, घरबास ९होमस्टे०, साना उद्योग तथा घरेलु उद्योग प्रवद्र्धन गर्दै स्थानीयस्तरमा युवालाई स्वरोजगारी बनाउने योजना छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

बाँकेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।  नौबस्स्ता...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending