काठमाडौ । पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीलाई ९३ वर्षीय वृद्धले जितको शुभकामना दिँदै माला लगाइदिएका छन् ।
काठमाण्डु–२ बाट सत्ता गठबन्धनकी साझा उम्मेदवार घर्तीलाई चुनावी घरदैलोका क्रममा शंकरापुर नगरपालिका–१ नाङ्लेभारे चापाबोटका ९३ वर्षीय देवदत्त दंगालले आशिर्वाद दिएका हुन् । ओनसरी गठबन्धनका तर्फबाट काठमाडौं–२ (ख) उम्मेदवार एकीकृत समाजवादीका नेता भरतप्रसाद फुयाँलसहित चुनावी घरदैलोका क्रममा काठमाण्डौंको विकट नाङ्लेभारे पुगेकी थिइन् । ओनसरी घरदैलोमा आएको सुनेपछि दंगाल आफैं फूलको माला बोकेर सडकमा उभिएका थिए ।
आफ्नो स्वागतमा वृद्ध उभिएको देखेपछि घर्तीले परेबाट गाडी साइड गर्न चालकलाई भनिन् । गाडीबाट ओर्लिएर नमस्कार गर्दै उनी दंगाल भएतिर गइन् । दंगाल दम्पत्तिले सयपत्री फूलको माला लगाएर घर्तीलाई जितको शुभकामना दिए । ‘यो ठाउँको विकासका लागि तिमिले जित्नुपर्छ नानी, मलाई विश्वास छ तिमिले जित्छौ । छरछिमेक सबैतिर मैले तिमिलाई भोट दिनुपर्छ भनेको छु’, दंगालले भने । काठमाण्डौं भए पनि बत्ती मुनिको अँध्यारो सरह आफ्नो ठाउँ पछि परेकामा वृद्धले दुःखेसो पोखे । आफूहरुको पुस्ताले धेरै सास्ती खेप्नु परे पनि नाती÷पनाती पुस्तका लागि विकास गरिदिएको हेर्ने इच्छा रहेको दंगालले बताए ।
४६ वर्षीया ओनसरीले आफ्ना बाबुभन्दा पाका उमेरका वृद्धको स्वागत र आशिर्वादबाट खुसी हुँदै आफ्नो गलामा लगाएको माला दंगाललाई लगाइदिइन् र आशिर्वाद लागोस् भनिन् । उनले आफूले चुनाव जितेपछि काठमाण्डौं–२ को विकासबाहेक अरु कुरामा ध्यान नदिने भन्दै आश्वस्त पार्न खोजिन् । ‘विकासकै लागि यहाँ आएकी हुँ । हामीले यो क्षेत्रको विकासका लागि धेरै योजना बनाएका छौं, मौका पाएँ भने काम गरेर देखाउँछु ।’ छुट्ने बेलामा ओनसरीले वृद्धसँग तस्बिर चिखाउने इच्छा गरिन् । सामूहिक तस्बिर खिचाएपछि उनी हात हल्लाउँदै बिदा भइन् । ओनसरी गाडी चढ्नै लाग्दा वृद्धले भने, ‘जितेपछि फेरि आउनू है ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १३:५७
काठमाडौँ । एमालेको ११औं महाधिवेशनमा उपमहासचिव पदका दाबेदार योगेश भट्टराईले आफूले व्यक्तिगत रूपमा उम्मेदवारी दिएको बताएका छन्। भट्टराईले आफ्नो समूहब...
मंसिर ३० गते, २०८२ - १३:४७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो प्यानलबाट लेखराज भट्टलाई उपमहासचिव पदको उम्मेदवार बनाउने तयारीमा रहेका छन्। सोमबार बिहान ओली ...
मंसिर ३० गते, २०८२ - १३:२४
काठमाडौं । नेकपा (एमाले) नेता ईश्वर पोखरेलले पार्टीलाई ठीक ढंगले सञ्चालन गर्न अध्यक्ष पदमा दाबी गरेको बताएका छन्। महाधिवेशनको बन्दसत्र स्थलमा पत्रक...
मंसिर ३० गते, २०८२ - १३:१४
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गरेको छन्। उनले...
मंसिर ३० गते, २०८२ - १३:०३
ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण...
मंसिर ३० गते, २०८२ - ११:४७
काठमाडौँ। एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्ति...
मंसिर ३० गते, २०८२ - ११:४१
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका लागि ब्रेड–फलफूलदेखि मासु–भातसम्मको खाना–नास्ताको व्यवस्था गरिएको छ। ख...
मंसिर ३० गते, २०८२ - ११:३२
पोखरा। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकाले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जि...
मंसिर ३० गते, २०८२ - ११:२५
काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ...
मंसिर ३० गते, २०८२ - ११:१७
काठमाडौं । व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’ गरेको आरोपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जना पक्राउ प...




प्रतिकृया लेख्नुहोस्: