Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

९३ वर्षका वृद्धः जो ओनसरीलाई भोट माग्दै हिंडेका छन्

भन्छन्, यो ठाउँको विकासका लागि तिमिले जित्नुपर्छ नानी

खबरडबली संवाददाता

काठमाडौ । पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीलाई ९३ वर्षीय वृद्धले जितको शुभकामना दिँदै माला लगाइदिएका छन् ।

काठमाण्डु–२ बाट सत्ता गठबन्धनकी साझा उम्मेदवार घर्तीलाई चुनावी घरदैलोका क्रममा शंकरापुर नगरपालिका–१ नाङ्लेभारे चापाबोटका ९३ वर्षीय देवदत्त दंगालले आशिर्वाद दिएका हुन् । ओनसरी गठबन्धनका तर्फबाट काठमाडौं–२ (ख) उम्मेदवार एकीकृत समाजवादीका नेता भरतप्रसाद फुयाँलसहित चुनावी घरदैलोका क्रममा काठमाण्डौंको विकट नाङ्लेभारे पुगेकी थिइन् । ओनसरी घरदैलोमा आएको सुनेपछि दंगाल आफैं फूलको माला बोकेर सडकमा उभिएका थिए ।

आफ्नो स्वागतमा वृद्ध उभिएको देखेपछि घर्तीले परेबाट गाडी साइड गर्न चालकलाई भनिन् । गाडीबाट ओर्लिएर नमस्कार गर्दै उनी दंगाल भएतिर गइन् । दंगाल दम्पत्तिले सयपत्री फूलको माला लगाएर घर्तीलाई जितको शुभकामना दिए  । ‘यो ठाउँको विकासका लागि तिमिले जित्नुपर्छ नानी, मलाई विश्वास छ तिमिले जित्छौ । छरछिमेक सबैतिर मैले तिमिलाई भोट दिनुपर्छ भनेको छु’, दंगालले भने । काठमाण्डौं भए पनि बत्ती मुनिको अँध्यारो सरह आफ्नो ठाउँ पछि परेकामा वृद्धले दुःखेसो पोखे । आफूहरुको पुस्ताले धेरै सास्ती खेप्नु परे पनि नाती÷पनाती पुस्तका लागि विकास गरिदिएको हेर्ने इच्छा रहेको दंगालले बताए । 

४६ वर्षीया ओनसरीले आफ्ना बाबुभन्दा पाका उमेरका वृद्धको स्वागत र आशिर्वादबाट खुसी हुँदै आफ्नो गलामा लगाएको माला दंगाललाई लगाइदिइन् र आशिर्वाद लागोस् भनिन् । उनले आफूले चुनाव जितेपछि काठमाण्डौं–२ को विकासबाहेक अरु कुरामा ध्यान नदिने भन्दै आश्वस्त पार्न खोजिन् । ‘विकासकै लागि यहाँ आएकी हुँ । हामीले यो क्षेत्रको विकासका लागि धेरै योजना बनाएका छौं, मौका पाएँ भने काम गरेर देखाउँछु ।’ छुट्ने बेलामा ओनसरीले वृद्धसँग तस्बिर चिखाउने इच्छा गरिन् । सामूहिक तस्बिर खिचाएपछि उनी हात हल्लाउँदै बिदा भइन् । ओनसरी गाडी चढ्नै लाग्दा वृद्धले भने, ‘जितेपछि फेरि आउनू है ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो: शशांक कोइराला

कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति गृहमन्त्रीको आपत्ति: उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन

काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...

धवलशमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिह्न त्रिभुज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुरु, देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको अध्यक्...

गगन थापालाई ७१ प्रतिशत मतले सभापति बनाउँछौं: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन मंसिरअघि नै सम्पन्न गर्नुपर्ने बताएका छन्। उनले प्रतिकूल परिस्थितिका...

हुम्लामा ५१ लाखभन्दा बढीको अवैध चिनियाँ मदिरा बरामद

हुम्ला । हुम्लामा प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध चिनियाँ मदिरा तथा बियर बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा...

मुख्यमन्त्री बनेपछि खगराज भट्टले भने– ‘खुसीभन्दा बढी जिम्मेवारी र चुनौतीको भारी महसुस भएको छ’

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपा नेता खगराज भट्टले आफूले पाएको जिम्मेवारीसँगै चुनौतीको भारीसमेत महसुस गरेको बताएका छ...

स्याङ्जामा बाढीले दुई जनालाई बगायो, एक बेपत्ता

स्याङ्जा। स्याङ्जामा अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले बिहीबार राति ग ११ प ८१८३...

पत्रकार किशोर श्रेष्ठलाई सोमबार सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको पक्राउसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनलाई बरामद गरिएका सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। ...

जाजरकोटमा बाढीको वितण्डा: पाँच परिवार प्रभावित, भेरी करिडोर अवरुद्ध

जाजरकोट । जाजरकोटमा लगातारको वर्षापछि तासुघाट खोलामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीले नलगाड नगरपालिका–१० रोलीमा घर तथा टहरा बगाउनुका साथै झ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending