बाह्रविसे । सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोधलाई बाह्रविसे नगरपालिकामा स्थानीय भव्य स्वागत र सत्कार गरेका छन् ।
पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको गृह नगर बाह्रविसेमा सुबोधलाई आम नागरिकले फूल, माला, खादा लगाइदिए ।
शुक्रबार नेता बस्नेतकै आग्रहमा उनको निवास पँलातीमा बास बसेका सुबोधले शनिबार विहानै कर्थलीबाट घरदैलो तथा मतदाता भेटघाट सुरु गरेका थिए । प्रदेश सभातर्फ सिन्धुपाल्चोक १ का उम्मेदवार मसिना खड्का भण्डारीसहित घरदैलोमा पुगेका उनलाई मतदाताले मालैमालाले गला भरिदिए ।
कर्थलीमा स्वतस्फूर्त बाजा सहित उपस्थित समूदायबाट शुभकामना र आशिर्वाद थापेर दुरुमथली पुगेका उनलाई त्यहाँ जम्मा भएका नेता कार्यकर्ता र सर्वसाधारणले भव्य स्वागत गरेर शुभकामना दिए । दोलंसा ठेनासामा ठूलो संख्यामा उपस्थित स्थानीयले सुबोध र मसिनालाई उसैगरि चौरीको चमर र बाजागाजा सहित स्वागत गरे । जितका लागि अग्रिम शुभकामना दिए । बुधेपा, सिम्ले र क्षमादेवीमा भएका कोणसभा र घरदैलोमा सुबोध जस्तो युवा उम्मेदवार पाउनु गर्वको विषय भन्दै जनताले फूल माला र खादा लगाइदिएर अभिनन्दन गरे । घोर्थलीमा मिन बहादुर तामाङले सुबोध र मसिनालाई सगुग खुवाए । सञ्चारकर्मीहरुको जिज्ञासामा उनले यसअघि आफूले सगुन खुवाएका नेताले कहिल्यै चुनाव नहारेको सुनाए ।
मतदाताको अपार समर्थन र मायाँ पाएका सुबोधले हरेक भेटघाटामा पाँच बर्ष पाँच मिनेट पनि विश्राम नगरी साझा उम्मेदवार भएर काम गर्ने प्रतिवद्धता जनाए । सांसद भएको मान्छे कति धेरै गाउँमा लखर लखर हिँडेको भन्नेगरि गाउँ बस्तिमा आउने बाचा गरे । नीति निर्माण र तीनवटै सरकारको समन्वयमा विकासका काम गर्ने बताए ।
आइतबार सिंगार्चे, गाती, मान्द्रा, सोताङ, डाँडाकटेरी र भिमेश्वर मन्दिरमा आयोजित मतदाता भेटघाट कार्यक्रममा स्थानीयको मायाँ र समर्थन अझ बेजोड थियो । बाली नाली थन्क्याउने बेलामा समेत जनताको ठूलो उपस्थिति र सत्कार एवं सम्मानले सुबोधलाई बाह्रविसेले अनुमोदन गरेको देखिन्थ्यो । नेता मोहन बहादुर बस्नेतको विशेष निर्देशनमा उनलाई बाह्रविसेमा अन्य पालिकाको तुलनामा धेरै र विशेष स्वागत सत्कार गरिएको गठबन्धनका एक नेताले जानकारी दिए । मोहन दाइले हाम्रा साझा उम्मेदवार सुबोलाई सत्कारमा कमि नगर्नु भन्नुभएको छ, कांग्रेसका एक नेताले भने । हामी दुबै जितेपछि मोहन बस्नेत गृहमन्त्री सुबोध क्षेत्र नं १ का साझा उम्मदेवार माधव सापकोटा सुबोधले मंसिर ४ को चुनाव पछि नेता मोहन बहादुर बस्नेत गृहमन्त्री बन्ने उद्घोस गरेका छन् ।
बस्नेतको गृहगाउँ ठूलो पँलातीस्थित क्षमादेवी मन्दिर परिसरमा आयोजित चुनावी सभालाई शनिबार साँझ सम्बोधन गर्दै सुबोधले आफू र मोहन बस्नेत दुबैले चुनाब जित्ने र बस्नेत गृहमन्त्री बन्ने बताए । झमक्क साँझ परिसक्स्दा समेत उपस्थित ठूलो संख्याका स्थानीयकाबिच सुबोधले क्षेत्र नं १ मा आफूले र २ मा बस्नेतले चुनाव जित्ने बताउँदै जित पछि बस्नेतले गृहमन्त्रालयको जिम्मेवारी पाउने चर्चा गरे । महत्वपूर्ण मन्त्रालय सहित बस्नेतले जिल्ला र देशकै विकास गर्ने क्षमता राख्ने उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - १३:४९
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको अध्यक्...
श्रावण २९ गते, २०८३ - १३:३२
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन मंसिरअघि नै सम्पन्न गर्नुपर्ने बताएका छन्। उनले प्रतिकूल परिस्थितिका...
श्रावण २९ गते, २०८३ - १२:४४
हुम्ला । हुम्लामा प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध चिनियाँ मदिरा तथा बियर बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा...
श्रावण २९ गते, २०८३ - १२:१९
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपा नेता खगराज भट्टले आफूले पाएको जिम्मेवारीसँगै चुनौतीको भारीसमेत महसुस गरेको बताएका छ...
श्रावण २९ गते, २०८३ - ११:५९
स्याङ्जा। स्याङ्जामा अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले बिहीबार राति ग ११ प ८१८३...
श्रावण २९ गते, २०८३ - ११:२७
काठमाडौं । पत्रकार किशोर श्रेष्ठको पक्राउसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनलाई बरामद गरिएका सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। ...
श्रावण २९ गते, २०८३ - ११:०८
जाजरकोट । जाजरकोटमा लगातारको वर्षापछि तासुघाट खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले नलगाड नगरपालिका–१० रोलीमा घर तथा टहरा बगाउनुका साथै झ...
श्रावण २९ गते, २०८३ - १०:५३
काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे । सामाजिक सञ्जा...
श्रावण २८ गते, २०८३ - १७:२९
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्...
श्रावण २८ गते, २०८३ - १७:२३
रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने ...



प्रतिकृया लेख्नुहोस्: