Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

बाह्रविसेमा सुबोधलाई अपार समर्थन

खबरडबली संवाददाता

बाह्रविसे । सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोधलाई बाह्रविसे नगरपालिकामा स्थानीय भव्य स्वागत र सत्कार गरेका छन् । 

पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको गृह नगर बाह्रविसेमा सुबोधलाई आम नागरिकले फूल, माला, खादा लगाइदिए ।  

शुक्रबार नेता बस्नेतकै आग्रहमा उनको निवास पँलातीमा बास बसेका सुबोधले शनिबार विहानै कर्थलीबाट घरदैलो तथा मतदाता भेटघाट सुरु गरेका थिए । प्रदेश सभातर्फ सिन्धुपाल्चोक १ का उम्मेदवार मसिना खड्का भण्डारीसहित घरदैलोमा पुगेका उनलाई मतदाताले मालैमालाले गला भरिदिए । 

कर्थलीमा स्वतस्फूर्त बाजा सहित उपस्थित समूदायबाट शुभकामना र आशिर्वाद थापेर दुरुमथली पुगेका उनलाई त्यहाँ जम्मा भएका नेता कार्यकर्ता र सर्वसाधारणले भव्य स्वागत गरेर शुभकामना दिए । दोलंसा ठेनासामा ठूलो संख्यामा उपस्थित स्थानीयले सुबोध र मसिनालाई उसैगरि चौरीको चमर र बाजागाजा सहित स्वागत गरे । जितका लागि अग्रिम शुभकामना दिए । बुधेपा, सिम्ले र क्षमादेवीमा भएका कोणसभा र घरदैलोमा सुबोध जस्तो युवा उम्मेदवार पाउनु गर्वको विषय भन्दै जनताले फूल माला र खादा लगाइदिएर अभिनन्दन गरे । घोर्थलीमा मिन बहादुर तामाङले सुबोध र मसिनालाई सगुग खुवाए । सञ्चारकर्मीहरुको जिज्ञासामा उनले यसअघि आफूले सगुन खुवाएका नेताले कहिल्यै चुनाव नहारेको सुनाए ।  

मतदाताको अपार समर्थन र मायाँ पाएका सुबोधले हरेक भेटघाटामा पाँच बर्ष पाँच मिनेट पनि विश्राम नगरी साझा उम्मेदवार भएर काम गर्ने प्रतिवद्धता जनाए । सांसद भएको मान्छे कति धेरै गाउँमा लखर लखर हिँडेको भन्नेगरि गाउँ बस्तिमा आउने बाचा गरे । नीति निर्माण र तीनवटै सरकारको समन्वयमा विकासका काम गर्ने बताए ।  

आइतबार सिंगार्चे, गाती, मान्द्रा, सोताङ, डाँडाकटेरी र भिमेश्वर मन्दिरमा आयोजित मतदाता भेटघाट कार्यक्रममा स्थानीयको मायाँ र समर्थन अझ बेजोड थियो । बाली नाली थन्क्याउने बेलामा समेत जनताको ठूलो उपस्थिति र सत्कार एवं सम्मानले सुबोधलाई बाह्रविसेले अनुमोदन गरेको देखिन्थ्यो । नेता मोहन बहादुर बस्नेतको विशेष निर्देशनमा उनलाई बाह्रविसेमा अन्य पालिकाको तुलनामा धेरै र विशेष स्वागत सत्कार गरिएको गठबन्धनका एक नेताले जानकारी दिए । मोहन दाइले हाम्रा साझा उम्मेदवार सुबोलाई सत्कारमा कमि नगर्नु भन्नुभएको छ, कांग्रेसका एक नेताले भने । हामी दुबै जितेपछि मोहन बस्नेत गृहमन्त्री  सुबोध क्षेत्र नं १ का साझा उम्मदेवार माधव सापकोटा सुबोधले मंसिर ४ को चुनाव पछि नेता मोहन बहादुर बस्नेत गृहमन्त्री बन्ने उद्घोस गरेका छन् । 

बस्नेतको गृहगाउँ ठूलो पँलातीस्थित क्षमादेवी मन्दिर परिसरमा आयोजित चुनावी सभालाई शनिबार साँझ सम्बोधन गर्दै सुबोधले आफू र मोहन बस्नेत दुबैले चुनाब जित्ने र बस्नेत गृहमन्त्री बन्ने बताए । झमक्क साँझ परिसक्स्दा समेत उपस्थित ठूलो संख्याका स्थानीयकाबिच सुबोधले क्षेत्र नं १ मा आफूले र २ मा बस्नेतले चुनाव जित्ने बताउँदै जित पछि बस्नेतले गृहमन्त्रालयको जिम्मेवारी पाउने चर्चा गरे । महत्वपूर्ण मन्त्रालय सहित बस्नेतले जिल्ला र देशकै विकास गर्ने क्षमता राख्ने उनको भनाइ थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची: बालेनको भागमा ४० जना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसद सूचीमा बालेन शाह पक्षका ४० जनाको नाम समावेश गर्ने सहमति भएको छ। आइतबार बिहान रास्व...

थाइल्यान्ड–कम्बोडिया सीमा युद्धविराम

बैङ्कक। थाइल्यान्ड र कम्बोडियाले विवादित सीमाक्षेत्रमा हप्तौँदेखि जारी लडाइँ अन्त्य गर्न शनिबार नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । दिउँसो...

चिसोले महोत्तरीका विद्यालय बन्द

महोत्तरी। अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्...

मेयर बालेन २ हप्तापछि काठमाडौँ महानगरको जिम्मेवारी छोड्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी दुई हप्ताभित्र आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन्। फागुन २१ गते हुने भनि...

हिल्सा सिमकोटको इलिङ काँध सडक एक महिना बन्द

हुम्ला । जिल्लाको उत्तरी क्षेत्र हिल्सा सिमकोटको नाम्खा गाउँपालिका–४ को इलिङ काँध सडक एक महिना बन्द गरिएको छ । उक्त सडक स्तरोन्नति गर्ने कार्य सुरु भए...

निर्वाचनअघि मेयर पदबाट बालेनले दिनुपर्छ राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह संसदीय राजनीतिमा प्रवेश गर्ने भएका ...

तथ्यमा आधारित समाचार अझ विश्वसनीय हुन्छ: मुख्यमन्त्री आचार्य

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्व...

समानुपातिकतर्फको बन्द सूची पेस गर्ने तयारी पूरा, आजदेखि दलले आयोगमा सूची बुझाउने

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने सम्बन्धमा सबै तयारी पूरा भएको निर्वाचन आयोगले जना...

मोरङमा गाँजासहित दुई भारतीय पक्राउ, नियन्त्रणका लागि हवाई फायर

विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ। शनिबा...

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending