Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

'आश्वासन बाँडेका छैनौं, गर्न सक्ने काममा मात्रै प्रतिबद्धता जनाएका छौं' (अन्तर्वार्ता)

संविधानको रक्षा, स्थायित्व र देशलाई समृद्धितर्फ लैजान्छौँ

खबरडबली संवाददाता

मैले जनतामाझ पनि भनेको छु, म जनताको सेवा गर्नलाई अत्यधिक प्रयत्न गर्नेछु, गर्दा गर्दै कही असफल भइएला । तर जनताले ‘तैले गर्न नै चाहिनस्’ भन्ने आरोप म आउन दिन्नँ ।

बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट रामेछाप जिल्लाको प्रदेश सभा २ का साझा उम्मेदवार हुन् युवराज चौलागाई । 

२०३५ सालमा रामेछापको साविक गुन्सीभदौरे गाविस वडा नं. ३ स्वाँरा, हालको सुनापति गाउँपालिका वडा नं. १ स्थित जन्मिएका चौलागाई कक्षा ६ मा अध्ययन गर्दैगर्दा कलिलो उमेरमै अनेरास्ववियूबाट राजनीतिप्रति आकर्षित बने । 

तत्कालीन अवस्थाको राजनीतिक माहौल, उनको बालमस्तिष्कमा घुसेको पञ्चायत विरोधी भावले विद्रोही स्वभावका बन्दै गएका चौलागाई समाजको बेथिति, गरिबी, अन्यायका विरुद्धमा आवाज उठाउनुपर्छ भन्ने मान्यता राख्थे । राजनीतिमा लाग्न आफूलाई पढाउने शिक्षकहरुको भूमिका महत्वपूर्ण  रहेको बताउँछन् उनी ।

सानैदेखि पाठ्यपुस्तक, पत्रपत्रिका र राजनीतिक पुस्तकहरु अध्ययन गर्न रुचाउँथे । पाठ्यक्रम भन्दा बाहेकका पुस्तक÷पत्रपत्रिकाको अध्ययनबाट नै आपूmमा राजनीतिक दृष्टिकोण बनेको चौलागाईको भनाई छ । 

२०४६ सालदेखि निरन्तर राजनीतिमा सक्रिय चौलागाई २०५० सालमा शतलिङ्गेश्वर माध्यमिक विद्यालय गुन्सी भदौरेका इकाई समितिको अध्यक्ष बने । २०५२ सालमा अनेरास्ववियूको जिल्ला समिति कोषाध्यक्ष बने भने २०५४ सालमा अनेरास्ववियू क्रान्तिकारीको काभ्रे जिल्ला अध्यक्ष बनेका थिए । 

जनयुद्धपूर्व नै माओवादी धारबाट उदाएका चौलागाई २०५४ सालपछि विद्यार्थी नेताको रुपमा शहरमा माओवादी आन्दोलनका गतिविधिलाई सक्रिय रुपले सञ्चालन गर्दै आए । माओवादी आन्दोलनमा लागेकै कारण २०५५ सालदेखि २ वर्ष जेलजीवन बिताएका उनले जेलबाट रिहा भएपछि पार्टीकै काम पुनः सक्रिय बने । 

२०५८ सालमा अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य बनेका उनी २०६० मा केन्द्रीय कोषाध्यक्ष, २०६४ मा केन्द्रीय उपाध्यक्ष समेत बने । 

त्यस्तै २०५८ मा  तत्कालीन नेकपा माओवादी रामेछापका जिल्ला कमिटी सदस्य बनेका उनी २०५९ मा पार्टीको पूर्वाञ्चल क्षेत्रीय ब्यूरो सदस्य, २०६८ पछि विद्यार्थी संगठनबाट पुनः पार्टीको जिम्मेवारीमा फर्किएका उनी २०६९ सालमा पार्टीको केन्द्रीय समिति सदस्य बने । 

पार्टीको छैठौं र सातौँ महाधिवेशनबाट निर्वाचिन केन्द्रीय सदस्य बनेका उनी हाल नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य छन् । 

जनयुद्ध कालमा जनमुक्ति सेनामा कमिसार बनेका उनले जनमुक्ति सेनामा प्लाटुन कमिसार र कम्पनी कमिसार हुँदै बटालियन कमिसारसम्म भएर जनमुक्ति सेनाको नेतृत्व गरेका थिए । जनयुद्धकालीन समयमा विद्यार्थी संगठनको पूर्वी कमाण्ड इञ्चार्ज समेत भएर काम गरे ।

२०६९ सालदेखि २०७९ सालसम्म पार्टीको विदेश विभाग सचिव भएर काम गरेका चौलागाईले पार्टीको नेकपाकालिन समयमा ३ वर्ष प्रवास संगठनको अध्यक्ष समेत भए । कयौँ अन्तर्राष्ट्रिय गोष्ठी र सेमिनारहरुमा सक्रिय सहभागी भएका चौलागाई अन्तर्राष्ट्रिय मामलाको जानकार रहेका माओवादीका थोरै युवा नेताहरु मध्ये एक हुन् । 

त्रिभुवन विश्व विद्यालयबाट ग्रामिण विकास र राजनीतिशास्त्रमा स्नातकोत्तर (एम.ए.) सम्म पढेका चौलागाई पार्टीको केन्द्रीय  राजनीतिको युवा पुस्तामा प्रभावशाली नेताका रुपमा गनिन्छन् ।  
२०५१ सालको निर्वाचन बहिस्कार अभियानका क्रममा नेता चौलागाई चुनाव बहिस्कार अभियानको सक्रिय अभियन्ता थिए । 

२०६२÷६३ सालको जनआन्दोलमा काठमाडौंमा सक्रिय  रहेका नेता चौलागाई जनआन्दोलनका बेला काठमाडौको खुल्लामञ्चबाट राजतन्त्रको  विरुद्धमा भाषण गर्ने पहिलो नेता समेत हुन् ।  उनै नेता चौलागाई गरेको भएको गरिएको कुराकानीको अंशः

घरदैलो अभियानलाई कसरी अगाडि बढाइरहनु भएको छ ? 

हामीले तीन तहको निर्वाचन अभियानका कार्यक्रमहरु संचालन गरेका छौं । संघीय निर्वाचन क्षेत्र स्तरको निर्वाचन अभियान, प्रदेश र पालिका÷वडा स्तरीय निर्वाचन अभियान हामीले संचालन गरेका छौं । 

मेरो क्षेत्रमा प्रदेश स्तरीय निर्वाचन अभियान सम्पन्न भइसकेको छ, संघीय निर्वाचन क्षेत्र स्तरको निर्वाचन अभियान उत्तरार्धमा पुगेको छ । यो जारी छ । त्यस्तै पालिका स्तरीय, वडा स्तरीय अभियानहरु पनि जारी छ । जनताको घर दैलोमा पुगेका मतदाता शिक्षा दिने काम भइरहेको छ ।

अभियानमा जनपरिचालन गरिएको छ । गठबन्धनको राजनीति औचित्य पुष्टि गर्ने कामहरु गरेका छौं । जनतालाई प्रशिक्षित गर्ने काम गरेका छौं । जनताका गुनासाहरु सुन्ने, आफ्ना एजेण्डा प्रतिवद्धताहरु राख्ने काम गरेका छौं । 

जनतामाझ कस्ता एजेण्डाहरु लिएर जानुभएको छ ? 

हामीले जनतामाझ मूलतः दुई वटा कुरा भनेका छौं । एउटा संसदको सदस्यले गर्ने विधायिकी कामको बारेमा । राम्रो कानुन बनाउने, सो कानुनलाई राम्रो संयन्त्रमार्फत कार्यान्वयन गर्ने । अनुगमन गर्ने, सरकारी संयन्त्रहरुलाई बलियो बनाउने ।

लोकतन्त्रको आधारको रुपमा लोकतान्त्रिक संस्था वा प्रजातान्त्रिक संस्थाहरुलाई बलियो बनाउने जस्ता कुराहरुमा हाम्रो भूमिका औसतभन्दा माथि नै हुने कुरा हामीले जनतामाझ प्रतिवद्धता जनाएका छौं ।

दोस्रोमा जनताका आवश्यकता पूर्ति गर्ने । विकास निर्माणका कार्यहरुको वाहकको रुपमा भूमिका निर्वाह गर्ने बताएका छौं । जसमा स्थान विशेष अनुसारका विषयहरु छन् । जनताको माग पूर्वाधारहरुको विकासमा बढी रहेको छ र मेरो निर्वाचन क्षेत्रमा हाम्रो आवश्यकता पनि त्यही देखिन्छ अहिले । 

त्यस क्षेत्रको वस्तुगत समस्याहरु के के छन् ? जसलाई तपाईले निर्वाचित हुनभएपछि समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ? 

हामीले प्रतिवद्धता व्यक्त गरेका अधिकांश साझा कुरा भनेको सडक पूर्वाधारसँग सम्बन्धित छन् । जसमा नयाँ ट्र्याक खोल्ने कुरा कम छ, भएका सडकहरुको कालोपत्रे गर्ने कुरा बढी छ । सडकहरुको सतरीकरण गर्नेदेखि कालोपत्रे गर्नेसम्मका विषयहरु अलि बढी छन् । त्यसमा जिल्लाको रणनीतिक सडकहरुको पहिचान गर्ने कुरा एउटा चुनौति पनि देखिन्छ । जनताहरुले सबै सडकहरुमा एकै पटक कालोपत्रे गर्ने माग गर्नुभएको छ । 

त्यसमा रणनीतिक सडकहरुको छनौट गर्नुपर्ने स्थिती छ । हाम्रो सन्दर्भमा सिंगो जिल्लालाई पूर्व–पश्चिम जोड्ने सडक निर्माण गर्नुपर्ने छ । अर्काे रामेछाप भएर मध्य पहाडी लोकमार्ग जान्छ, यसलाई पालिकासम्म जोड्ने कुरा दोस्रो प्राथमिकतामा राखेका छौं । 

तेस्रोमा हामीले पर्यटकीय क्षेत्रहरुको पूर्वाधार विकास निर्माण गर्ने, शैलुङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, जसमा सडक कालोपत्रे देखि प्याराग्लाइडिङ स्थापना गर्ने, वस्तीहरुलाई समेटेर त्यहाँ चक्रपथ निर्माण गर्ने लगायतका विषयहरुलाई प्राथमिकतामा राखेका छौं । 

यो यस क्षेत्रमा अधिकांश कृषक हुनुहुन्छ, त्यसैले पनि कृषि क्षेत्रमा पनि बढी कुरा उठेको छ । समयमा मल, विउ, विजन पाउन नसकेको प्रति कृषक मतदाताहरुको केही आक्रोश पनि छ । प्राकृतिक विपद्देखि, वन्यजन्तु आक्रमणलगायत समस्यामा राज्यले वेवास्ता गरेको उहाँहरुको गुनासो पनि छ । 

उहाँहरुको समस्यालाई सुनेर त्यसलाई समाधान गर्नु जरुरी छ । त्यस्तै अर्काे ठूलो समस्या भनेको युवाको शिक्षा, युवाको रोजगारी, उहाँहरुको कमशल खालको आप्रवास वा वैदेशिक रोजगारी, खेलकुद, नेतृत्व विकासमा देखिएका विभिन्न समस्याहरुलाई पनि समाधान गर्नुछ । उहाँहरुको समस्याहरुलाई हामी समाधान गर्छाै भन्ने प्रतिवद्धता जनाएका छौं । 

भरसर नेपालीहरु वैदेशिक राजगारीमा जान नपरोस्, जानै परे पनि राम्रो काममा जानका लागि यहाँ सीप र तालिमहरुको व्यवस्था गर्न सकियोस् भन्ने कुराहरुमा हामी जोड दिन्छौं भनेका छौं । शिक्षामा सबैको पहुँच पुग्ने गरी विकास, रोजगारीमा सिर्जनालगायतका कुराहरु गर्नु जरुरी छ । त्यस्तै गाउँमा स्वास्थ्यगत पूर्वाधारहरु अत्यन्त कम छन् । 

भएकाहरुमा पनि विज्ञ डाक्टरहरु, राम्र स्वास्थ्यकर्मीहरु छैनन् । ल्याबलगायत टेक्निकल सपोर्टको कुराहरु छैनन् । सुविधानसम्पन्न अस्पताल पुग्नका लागि सडक तथा एम्बुलेन्सको सुविधा छैन । त्यसैले यि कुराहरुमा हामीले काम गर्नुछ । र, जनतालाई सेवा सुविधा दिनुछ ।

आगामी पाँच वर्षभित्र हामीले उल्लेख्य हदसम्म पूरा गर्ने र त्यसतर्फ अघि बढ्ने छौं । त्यस्तै यहाँ केही अल्पसंख्यक जातीहरु छन् । थामी, माझी, हेल्मो, हायू, पहरीलगायतका जातीहरुलाई राज्यको तर्फबाट विशेष राहत, उत्थानको प्याकेजका कार्यक्रमहरु ल्याएर उनीहरुको भाषा, संस्कृतिलगायत उनीहरुको समग्र विकासको कुरालाई अगाडि बढाउन जरुरी छ । 

चुनावको बेलामा सबैले विभिन्न एजेण्डाहरु बोकेर जनताको दैलोमा आउने र चुनाव जितेपछि पूरा गर्दैनन् भन्ने जनगुनासो छ, यसमा तपाई के भन्नुहुन्छ ? 

यस विषयमा जनताको सबैभन्दा बढी चासो छ । जनताले कडा टिप्पणीहरु पनि गरिरहनु भएको छ । ‘चुनावअघि नेताहरु खुट्टा ढोग्न आउँछौ, हामीलाई विभिन्न सपना बाँड्छौ, पछि अनुहार पनि देखाउँदैनौ, हाम्रो बीचमा आउँदैनौ’ भन्ने जस्ता कडा टिप्पणीहरु मैले पनि सुनेको छु । हाम्रै अगाडि बसेर भन्ने गर्नुभएको छ उहाँहरुले । 

हामीले काम गर्न नसक्ने प्रतिवद्धता गरेका छैनौं । नहुने प्रतिवद्धता गर्नु पनि हुँदैन । हामीले जे गर्न सक्छौं, त्यो प्रतिवद्धता गर्ने हो । 

नेपालको विकासको समग्र स्थितिलाई हेर्दा, १० वर्ष अगाडि सडक खेल्न पाए हुन्थ्यो भन्ने थियो, आज सडक विस्तार भएका छन्, बाटो खुलेका छन्, जनताले पक्की सडकको माग गर्नुभएको छ । त्यो कुरा स्वभाविक पनि हो । जायज छ र विकासक्रम अनुरुप नै छ । आगामी पाँच वर्षमा हामी सबै नसकौंला त मुख्य रणनीतिक सडकहरुको कालोपत्रे गर्नेपर्छ र त्यो हामी गर्न सक्छौं । 

मैले जनतामाझ पनि भनेको छु, म जनताको सेवा गर्नलाई अत्यधिक प्रयत्न गर्नेछु, गर्दा गर्दै कही असफल भइएला । तर जनताले ‘तैले गर्न नै चाहिनस्’ भन्ने आरोप म आउन दिन्नँ । 

यस्ता प्रतिवद्धताहरु त प्रतिपक्षीहरुले पनि जनतामाझ बाँडेका होलान् । जनताले तपाईलाई विश्वास किन गर्ने र मत किन दिने ? 

यो कुराको निर्णय गर्ने अधिकार हो । मलाई लाग्न उहाँहरुले मलाई नै मत दिनुहुन्छ । किनभने रामेछापको माटो, यहाँको आवश्यकता, यहाँको स्थिती मैले राम्रोसँग बुझेको छ । रामेछाप र देशकै परिवर्तनका लागि बीसौं वर्षदेखि म राजनीतिक अभियानमा सहभागी छु । पार्टीको केन्द्रीय नेतृत्वको तहमा छु ।

पढेको छु, देश–विदेशबाट अनुभवहरु लिएको छु, युवा हुँ, काम गर्ने जोश र जाँगर छ, लामो समय काम गर्न सक्ने उमेर अवस्था छ । पार्टीको उच्च राजनीतिक नेतृत्वसँग सिधा पहुँच र सम्पर्क, सहकार्य गर्न सक्छु । यसले गर्दा पनि जनताले मबाट निकै अपेक्षा गर्नुभएको छ र म त्यसलाई पूरा गर्न तत्पर पनि छु ।

मेरो प्रतिष्पर्धी भन्दा म राजनीतिक र अन्य विषयहरुले पनि एउटा अब्बल उम्मेदवार हुँ । त्यस्तै हाम्रो गठबन्धनका दलहरुको पनि साथ र सहयोग मिलेको छ । संविधानको रक्षा, स्थायित्व र देशलाई समृद्धितर्फ लैजान हामीले प्रयत्न गरेका छौं । यो कुरा जनताको हितमा छ । उहाँहरुले यो कुरा बुझ्नु भएको छ । 

६ महिना अगाडि सम्पन्न स्थानीय निर्वाचनको तथ्यांक हेर्ने हो भने हाम्रा निकटतम प्रतिद्वन्द्वी झण्डै १८ हजार मतले पछाडि हुनुहुन्थ्यो । त्यसैले यस पटक जित्ने उम्मेदवार युवराज चौलागाई नै हो । म त्यसमा विश्वस्त छु । मलाई माओवादी केन्द्र, नेपाली कांग्रेसलगायत नेकपा एमालेका केही असन्तुष्ट पक्षहरुले पनि मत दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

आम मतदाताहरुले कस्तो प्रतिक्रिया दिइरहनु भएको छ ? 

हामीलाई अभियानमा हिड्दा यति ठूलो स्वागत गर्नुहुन्छ । ठाउँ–ठाउँमा रोकेर दही खुवाउँदै जीतका लागि आशिर्वाद र शुभकामना दिनुहुन्छ । आफ्नो आस्था र धर्मअनुुसार हाम्रा लागि प्रार्थना, मन्दिरमा भाकल समेत गर्नुभएको खबर सुनाउनुहुन्छ ।

जनसमुदायहरुले फूल–मालाले स्वागत गर्नुहुन्छ । एउटै सभामा हजारौं मान्छेहरुको उपस्थिति हुन्छ । अभियानमा स्वतःस्फूर्त रुपमा सयौंको संख्यामा युवाहरु हिडिरहनु भएको छ । सामान्य कार्यालय सहयोगीको रुपमा काम गर्ने साथीहरु समेतले मलाई आर्थिक भार होला भनेर सोध्नुहुन्छ ।

सहयोग गर्नुहुन्छ, देश–विदेशबाट साथीहरुले मलाई आर्थिक, भौतिक रुपमा सहयोग गरिरहनु भएको छ । समग्रमा निकै उत्साहजनक छ । जनताको समर्थन, साथबाट मैले मैले निकै ठूलो सपोर्टको अनुभूति गरेको छु । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८५वर्षमा फर्कियो ७ वर्षअघि गुमेको दृष्टि

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...

जेनजी आन्दाेलन छानबिन आयोग प्रतिवेदन: भदौ २३ लाई कारबाही, २४ लाई उन्मुक्ति

काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...

बालेनलाई आज संसदीय दलको नेता चयन गर्दै रास्वपा, भोलि प्रधानमन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ ।  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending