Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

भक्तपुर १ मा नेमकिपाको एकछत्र पकड, विरासत भत्काउने होडमा ठुला दल

खबरडबली संवाददाता

भक्तपुर । वि.सं २०४६ को प्रजातन्त्र पुनःस्थापनापछि सम्पन्न सबै निर्वाचनमा एउटै दलले जित्दै आएको निर्वाचन क्षेत्रमध्येको एक हो– भक्तपुर क्षेत्र नं १ । यहाँ २०४८ देखि लगातार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले निर्वाचन जित्दै आएको छ ।

यसपटक पनि नेमकिपाको बलियो र एकछत्र पकड देखिन्छ । यद्यपि यहाँ नेमकिपाको विरासत भत्काउन सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा नेकपा (माओवादी केन्द्र) का सुनील गोठे ‘बासु’ र नेकपा (एमाले) का नवराज गेलाल अघि सरेका छन् ।

यस क्षेत्रमा विसं २०४८, २०५१, २०५६, २०६४ र २०७० मा सम्पन्न निर्वाचनमा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले लगातार चुनाव जिते । वि.सं २०७४ मा भने बिजुक्छेले आफ्नो उत्तराधिकारीका रूपमा पार्टी सचिव प्रेम सुवाललाई अघि सारे । यसलाई धेरैले चासोका रूपमा लिएका थिए । विपक्षी दलहरूका लागि पनि एउटा परीक्षाकै घडी बनेको थियो । तर पनि बाजी सुवालले नै मारे । 

स्थानीय निर्वाचनमा

भक्तपुर क्षेत्र नं १ मा भक्तपुर र चाँगुनारायण नगरपालिका पर्दछ । गत वैशाखमा स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिका नेमकिपाले ‘क्लिनस्वीप’ गरेको थियो । दशवटा वडा रहेको भक्तपुर नगरपालिकाका केही वडामा सत्ता गठबन्धन र एमालेले समेत तालमेल गर्दा पनि एउटा वडा सदस्यसमेत जित्न सकेन । भक्तपुर नगरपालिकाको प्रमुख र उपप्रमुखलगायत वडाअध्यक्षमा उम्मेदवारी दिएका कांग्रेस, एमालेलगायत अन्य दलका उम्मेदवारको जमानतसमेत जफत भएको थियो ।

स्थानीय निर्वाचनमा नेमकिपालाई दुईवटा चुनौती देखिएको थियो । विसं २०७४ मा पनि ‘क्लिनस्वीप’ गरेको नेमकिपालाई यसपटक कुनै हालतमा ‘क्लिनस्वीप’ गर्न नदिने भन्दै वडा नं १ मा कांग्रेस, एमाले र माओवादी केन्द्रले तालमेल गरेका थिए, त्यसका बाबजुद पनि नेमकिपा भारी मतका साथ विजयी भयो । 

त्यसैगरी नगरपालिकाले सञ्चालन गरेको डेको मिवा इतापाके जग्गा एकीकरण आयोजना पीडितले छुट्टै समूह गठन गरी दुईवटा वडाको वडाध्यक्षसहित नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

२०७४ को मत परिणाम 

भक्तपुर–१ मा २०७४ को निर्वाचनमा नेमकिपाका सुवाल ३३ हजार ७६ मतका साथ विजयी हुनुभएको थियो । उहाँको प्रमुख प्रतिद्वन्द्वी कांग्रेसका बाबुराजा जोशीले १७ हजार आठ सय १८ र माओवादी केन्द्रका मिलन सुवालले १५ हजार तीन सय ७४ मत प्राप्त गरेका थिए ।

त्यसबेला सुवाललाई नेकपा एमालेको साथ थियो । यसपटक राजनीतिक समीकरण फेरिएको छ । २०७४ मा एमालेसँग वाम गठबन्धन गरेको माओवादी केन्द्र यसपटक कांग्रेससँग गठबन्धनमा छ । एमाले विभाजन भएको छ । यद्यपि भक्तपुर–१ मा एमाले विभाजन असर कम देखिन्छ । 

भक्तपुर १ मा कूल मतदाता

जिल्ला निर्वाचन कार्यालयका अनुसार भक्तपुर क्षेत्र नं १ मा कूल एक लाख एक हजार दुई सय ६१ मतदाता रहेका छन् । तीमध्ये ४९ हजार आठ सय ३९ पुरुष र ५१ हजार चार सय २२ महिला छन् ।

यसपटकको चुनावी मैदानमा

भक्तपुर–१ मा यसपटक नेमकिपाले पुनः सुवाललाई नै अघि सारेको छ भने सत्ता गठबन्धनका दलबाट गोठेलाई समर्थन गरेको छ । एमालेले पूर्व जिसस प्रमुखसमेत रहेका नवराज गेलाललाई अघि सारेको छ । 

यसैगरी राप्रपाका भरतबहादुर खड्का, राप्रपा नेपालका माधव खत्री, नेपालका लागि नेपाली पार्टीका अर्जुनप्रसाद नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपालका डम्बरबहादुर थिङ, नेकपा माओवादी लेलिनवादीका दीपक लामिछाने, मौलिक जरोकिलो पार्टीका बलराम प्रजापति, जनता समाजवादी पार्टी नेपालका हिरालाल खड्का र स्वतन्त्र उम्मेदवार सुलोचना छ्वाजु, पुष्पराम गेलाल, गोकर्णप्रसाद गेलाल र अर्जुन कोजू गरी १४ चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

उम्मेदवारका चुनावी एजेण्डा ?

नेमकिपाका सुवालले राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दालाई चुनावी एजेण्डाका रूपमा अघि सारेका छन् । उनले संसद् ऐन कानून र नीति निर्माण गर्ने थलो भएकाले मुलुकलाई आवश्यक र राष्ट्रियताको पक्षमा कानून बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले नीति–निर्माणमार्फत मुलुकलाई खाद्यान्न र ऊर्जामा आत्मनिर्भर बनाउने, विद्यालय तथा विश्वविद्यालयमा निःशुल्क शिक्षा अनिवार्य गर्ने, नेपालीको सम्पत्ति सिमाङ्कन गर्ने, विदेशमा सम्पत्ति राख्न नपाउने, नेपाली जनताको स्वास्थ्योपचार निःशुल्क गर्ने एजेण्डा रहेको जानकारी दिए ।

“नेपाललाई अमेरिकी उपनिवेश बनाउनबाट बचाउने, सिद्धान्तहीन गठबन्धन गरी सिंहदरबार कब्जा गर्नेलाई खबरदारी गरी देशघाती एमसिसी, एसपिपी र नागरिता विधेयकका पक्षधरलाई परास्त गर्न नेमकिपाको उम्मेदवारी हो”, उनले भने ।

 सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नुभएका गोठे र एमालेका उम्मेदवारका चुनावी एजेण्डा लगभग उस्तै छन् । भक्तपुरलाई सांस्कृतिक नगरीका रूपमा विकास गर्ने, युवालाई रोजगारी, पर्यटनको विकास, सडक पूर्वाधारको विकास, खानेपानीको समस्या समाधानलगायतका चुनावी एजेण्डा गोठे र गेलालले उठाएका छन् ।

यसका अतिरिक्त गोठेले संविधानको रक्षा र नीतिगत परिवर्तनका साथै क्षेत्र नं १ लाई देशको केन्द्रीय राष्ट्रिय बजेटमा पहुँच पुर्याउने प्रमुख एजेण्डा रहेको बताए ।

उनले चाँगुनारायण नपामा भौतिक पूर्वाधारको विकास गरी स्थानीय तामाङ र खस–आर्य समुदायको पहिचानसहितको बस्ती विकास गर्ने, क्षेत्र नं १ का बिजुलीका काठका खम्बा विस्थापित गर्ने, भक्तपुर नगरभित्र परम्परागत शैलीमा घर बनाउँदा बढी रकम लाग्ने हुनाले त्यसको आधा भाग राज्यले बेहोर्न लगाउने, भक्तपुरका विभिन्न सांस्कृतिक बाजागाजाको संरक्षणका लागि प्रतिष्ठानको विकास गरी भक्तपुर नगरलाई जीवित सङ्ग्राहालयका रूपमा विकास गर्ने मुख्य एजेन्डा रहेको बताए ।

एमालेका उम्मेदवार गेलालले केन्द्रीय घोषणापत्रमा भक्तपुर विकासका लागि जे राखिएको त्यो अनुसार गर्ने, पर्यटकीय क्षेत्रले परिचित चाँगुनारायण नपामा पर्यटक मार्गलाई व्यवस्थित बनाउने, विदेशी पर्यटकलाई लामो समय भक्तपुर बस्न मिल्ने गरी व्यवस्थित वातावरणको सिर्जना गर्ने एजेन्डा रहेको बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन

काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...

बुढीगंगाका मतदाता भेटघाटमा शेखर

विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...

दैलेखबाट कति ग्यास निकाल्न सकिन्छ ? नेपालमा नयाँ सरकार कुर्दै चीन

काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...

आजदेखि एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी फिल्डमा

काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, कसले मार्ला बाजी ?

बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...

निर्वाचन २२ दिन बाँकी: ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE