Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

विकासको चाहना राख्ने जनताको मत मलाई आउँछ: नेता सिटौला

खबरडबली संवाददाता

झापा । नेपाली कांग्रेस नेता एवं झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले विकास र समृद्धि चाहने जनताको मत आफूले पाउने बताएका छन्। झापाको भद्रपुरमा आज पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै नेता सिटौलाले विगत पाँच वर्षमा झापा क्षेत्र नं ३ मा कुनै पनि विकासका गतिविधि नभएका आरोप लगाउँदै विकासप्रतिको चाहना राख्ने जनताले आफूलाई यसपटक मत दिएर विजय गराउने बताए।

“पहिलो संविधानसभाबाट संविधान आउन सकेन, म त्यो चुनावमा पराजित भएको थिएँ”, उनले भने, “दोस्रो संविधानसभाको निर्वाचनमा संविधान बनाउने प्रतिबद्धता जनाए, जनताले मलाई विश्वास गरे, विजय भएँ र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेँ ।”

संविधान निर्माण भए पनि संविधानले निर्दिष्ट गरेका लक्षित वर्गको हकअधिकार सुनिश्चित नभएको उनले बताए । “यो निर्वाचनबाट लोकतन्त्र चाहने पक्षको विषय हुन्छ, गठबन्धनको सरकार बन्छ”, संविधानको वास्तविक कार्यान्वयन हुन नसकेको बताउँदै उनले भने, “त्यो सरकारले संविधानको पूर्ण कार्यान्वयनसँगै मुलुकमा लोकतान्त्रिक समाजवाद स्थापित गर्छ ।”

मुलुकमा कांग्रेस र कम्युनिष्ट मिलेर गणतन्त्र ल्याएको उल्लेख गर्दै नेता सिटौलाले राजतन्त्र फ्याँक्ने शक्तिले राजतन्त्रको पक्षधरसँग सहकार्य गर्नु आश्चर्यको कुराको भएको जनाए। 

उनले विसङ्गतिपूर्व राजनीतिले देशलाई विकास र निकास दिन नसक्नेसमेत औँल्याउनुभयो । सत्ता–गठबन्धनबारे चर्चा गर्नुहुँदै नेता सिटौलाले गठबन्धनका हरेक काम इमान्दारीपूर्वक हुने÷भइरहेको बताए । “गठबन्धनले राम्रो काम गरेको छ”, उनले भने, “गठबन्धन सफल हुन्छ, हाम्रो जीत पक्का छ ।” समाजका विभिन्न क्षेत्रका जनता आफूलाई जिताउन तल्लीन रहेको नेता सिटौलाको भनाइ छ । विसं २०४८ देखि आफू चुनावी राजनीतिमा रहेको बताउँदै नेता सिटौलाले हारे पनि जीते पनि झापा क्षेत्र नं ३ मै रहेर राजनीतिमा सक्रिय रहेको सुनाए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...

काठमाडौँमा बर्डफ्लु बढ्दै, एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम  विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ

विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...

म्याग्दीमा टिप्परको ठक्करबाट मजदुरको मृत्यु

म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ राताखोला स्थित ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा टिप्परको ठक्करबाट एक मजदुरको मृत्यु भए...

रवि लामिछानेलाई पूर्णबहादुर खड्काको बधाई

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट क...

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु

काठमाडौं । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९...

डे ब्रुएनाको गोलमा बेल्जियम न्युजिल्यान्डविरुद्ध ३–० ले अगाडि

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ३–० को सहज अग्रता बनाएको छ। बेल्जियमका लागि पहि...

सार्वजनिक बिदामा पनि खुल्ने मोदी गाउँपालिका कार्यालय

पर्वत । आर्थिक वर्षको अन्त्यमा बजेट तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँपालि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending