Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

ललितपुरमा भोट माग्दै पम्फाले भनिन् : ललितपुरवासीको सेवक बन्न फेरि आएँ

खबरडबली संवाददाता

ललितपुर । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले ललितपुरवासी जनताको सेवकका रुपमा काम गर्ने दृढताका साथ आफू फेरि जनताको घरदैलोमा आएको बताएकी छन्। 

क्षेत्र नं ३ का विभिन्न स्थानमा आज आयोजित घरदैलो कार्यक्रममा उनले ललितपुरवासीको गुणस्तरीय जीवनयापन गर्नेअधिकारलाई व्यवहारतः कार्यान्वयन गर्न आफू लागि पर्ने बताइन्। 

आइतबार उनले ललितपुर महानगरपालिका वडा नं २६ को चिवहाल, ढोलाहिटी, जैनखेल र सुनाकोठी तथा वडा नं २७ को चौतारा, ओखाट र बालकुमारीका मतदातासँग अन्तरक्र्रिया गरिन्। 

घरदैलो अभियानका क्रममा उहाँले आफूले यसअघि थालनी गरेको विकासका कामलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन्। 

०७४ सालको निर्वाचनमा विजयी भएयता आफूले जनतासँग अन्तरक्रिया गर्दै जनअपेक्षा पूरा गर्न लागि पर्दै आएको दाबी गरिन्।  निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत क्षेत्र नं ३ का स्थानीयको विकासका आकाब्क्ष पूरा गर्न आफूले बजेट निकासा गरेको उनले  स्मरण गरिन्। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहेकी उनको पहलमा सो क्षेत्रमा थुप्रै विकासका काम भएका छन् । उनको विशेष पहलमा मच्छिन्द्रनाथ र कार्यविनायक जोड्ने झोलुब्गे पुल निर्माण सम्पन्न भएको छ । सो पुलले दुई सांस्कृृतिक सम्पदालाई एकापसमा जोडेको छ ।

सो स्थानमा पुल नहुँदा कार्यविनायक र मछिन्द्रबहाल पुग्ने पर्यटक एकअर्को स्थानमा जान कठिनाइ थियो । पुल बनेसँगै छोटो अवधिमा दुवै स्थानमा पुग्न सकिने भएको छ । पुल निर्माणसँगै आन्तरिक र बाह्य पर्यटकलाई दुवैस्थानको भ्रमणका लागि सहजीकरण हुने स्थानीयको भनाइ छ ।

अबको भिजन, गुणस्तरीय जीवन’ दृष्टिकोण प्रस्तुत गरिन्। ललितपुरको कला, संम्पदा, संस्कृति र परम्परालाई यहाँको हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोडेर आगामी पाँच
वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार गर्ने उनको दृढता छ ।

गुणस्तरीय जीवन समाजवादको प्रस्थान विन्दु रहेको, त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरुपका नीति तथा कार्यक्रम तर्जुमा गर्न आफू प्रतिबद्ध रहेको उम्मेदवार भुसालको भनाइ छ । 

प्रतिबद्धतापत्रमार्फत अर्थतन्त्र, पर्यावरण÷वातावरण र समाजलाई गुणस्तरीय जीवनका तीन आधारस्तम्भका रूपमा आगाडि सारेकी छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending