Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

कतार विश्वकपको विरोधमा किन प्रदर्शन भइरहेको छ ?

खबरडबली संवाददाता

काठमाडौं । आगामी मङ्सिर ४ (नोभेम्बर २०)बाट सुरु हुने विश्वकप फुटबलको निर्णायक खेल हेर्नको लागि विश्वभरिबाट १५ लाख फुटबल प्रेमीहरू कतार पुग्ने अनुमान गरिएको छ।

कठोर मुस्लिम कानुन पालना गर्ने यो खाडी राष्ट्रले समलैङ्गिक सम्बन्धमा लिएको अडानबारे कैयौँ गुनासाहरू सामना गरिरहनुपरेको छ।

इस्लामिक शरीया कानुन अन्तर्गत अनैतिक मानिने भएकाले समलिङ्गी गतिविधिहरू कतारमा गैरकानुनी छन्।

यस्तो गतिविधिमा संलग्नमाथि जरिवाना, सात वर्षसम्मको जेल सजाय वा मृत्युदण्ड सम्मको सजाय हुनसक्छ।

कतार विश्वकपका आयोजकले उक्त देश घुम्न र फुटबल हेर्नका लागि "सबैलाई स्वागत" भन्दै कसैलाई पनि भेदभाव नगरिने दाबी गरेका छन्।

यद्यपि कतार विश्वकपका प्रमुख कार्यकारी नसर अल खातुरले सरकारले समलिङ्गीबारे आफ्नो कानुन परिवर्तन नगर्ने उल्लेख गर्दै सबैलाई "आफूहरूको संस्कृति"को सम्मान गर्न आग्रह गरेका छन्।

उनले कतारमा समलिङ्गी हुन् वा परलिङ्गी कुनै पनि जोडीहरूको सार्वजनिक स्नेह साटासाटलाई तिरस्कार गरिने बताएका छन्।

ह्युमन राइट्स वाचले हालै प्रकाशित गरेको एउटा प्रतिवेदनले कतारी सुरक्षा निकायले यौनिक अल्पसङ्ख्यकभित्र फरक पहिचान भएका लेस्बियन, गे, र ट्रान्सजेन्डर समूहका मानिसहरूलाई पक्राउ गरिरहेको जनाएको छ। कतिपय अवस्थामा उनीहरूलाई आफ्नो यौनिक अभिमुखीकरण परिवर्तनका लागि समेत दबाव दिइएको प्रतिवेदनमा दाबी गरिएको छ।

कतारको सरकारले भने उक्त प्रतिवेदनमा झुटो आरोप लगाइएको दाबी गरेको छ।

विरोध

अस्ट्रेलियाको फुटबल टोलीले एउटा भिडिओ सार्वजनिक गर्दै कतारलाई समलिङ्गिबीचको सम्बन्ध गैरकानुनी करार गर्ने कानुन खारेज गर्न आग्रह गरेको छ।

उक्त भिडिओमा यो फुटबल टोलीले विश्वकपका लागि रङ्गशाला निर्माणमा खटिएका करिब ३०,००० आप्रवासी कामदारमाथि कतारी रोजगारदाताले गरेको व्यवहारको पनि आलोचना गरिएको छ।

भवन लगायतका पूर्वाधार निर्माण क्षेत्रमा स्वास्थ्य र सुरक्षाको लापरबाहीका कारण कैयौँ कामदारहरू घाइते हुनुका साथै कतिपयको मृत्यु समेत भएको थियो।

मानव अधिकारको सम्मानमा कतार चुकेको विरोधमा डेनमार्कका फुटबल खेलाडीहरूले आफूहरूले फिक्का कालो रङ्गका सामग्रीहरू मात्रै प्रयोग गर्ने बताएका छन्।

समलिङ्गी प्रतिकुल कतारी कानुनको विरोध गर्न इङ्ग्याण्डका क्याप्टेन ह्यारी केन सहित युरोपका नौ टोलीका क्याप्टेनहरूले हातमा वन लभ (एउटै माया) अङ्कित ब्यान्डहरू पाखुरामा बाँध्ने भएका छन्।

यसअघिको विजेता फ्रान्स भए पनि पेरिस सहित फ्रान्सका अन्य केही सहरहरूले विश्वकपका खेलहरू सार्वजनिक स्थानमा नदेखाउने भएका छन्।

ब्रिटिश लैङ्गिक अल्पसङ्ख्यक अधिकार अभियानकर्मी पिटर ट्याचेलले कतारको राजधानी दोहामा प्रदर्शन गर्दा आफूलाई पक्राउ गरेर सडक छेउमा नियन्त्रणमा राखिएको बताएका छन्।

तर कतारी सरकारले उनलाई पक्राउ गरिएको दाबी "पुरै झुटो" भएको बताएको छ।

विश्वकप आयोजकमा कतार किन छानियो?

सन् २०१० मा फुटबलको नियामक निकाय फिफाको २२ सदस्यीय कार्यकारी सदस्यहरूबीच भएको मतदानमा कतारले विश्वकप आयोजना गर्ने अधिकार जितेको थियो।

विश्वकप आयोजना गर्ने अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियाको प्रस्तावमध्ये कतार छानियो।

कतार विश्वकप आयोजना गर्ने पहिलो अरब राष्ट्र हो। आफ्नो देशमा विश्वकप आयोजना गर्ने पक्षमा फिफाका पदाधिकारीहरूको समर्थनका लागि ३० लाख युरो घुस दिएको आरोप लागे पनि दुई वर्षको अनुसन्धान पछि कतारले सफाइ पाएको थियो।

तत्कालीन समयमा फिफाका अध्यक्ष रहेका सेफ ब्लाटरले कतारलाई समर्थन गरेका थिए। तर पछि उनले फिफाले गलत निर्णय लिएको हुनसक्ने बताए।

कतारमा विश्वकपमा अपेक्षा

जम्मा २९ लाख जनसङ्ख्या रहेको कतार विश्वकै धनी देशहरूमध्येमा पर्छ। यो देशको प्रमुख आयस्रोत तेल तथा ग्यासको व्यापार हो।

कतारले यो प्रतियोगिताकै लागि मात्र सातवटा नयाँ रङ्गशाला निर्माण गरेको छ।

विश्वकपका लागि १०० वटा नयाँ होटेलहरू, नयाँ मेट्रो रेल र नयाँ सडकहरू बन्ने क्रम अझै जारी छ।पुरातनवादी मुस्लिम देश भएका कारण कतारमा मदिरा पिउन महँगा होटेलको बारमा पनि निषेध छ। यहाँ ५०० मिलिलिटर भन्दा कम बियरलाई १३ अमेरिकी डलरजस्तो पर्छ।

विश्वकपका आयोजकले रङ्गशालाको निश्चित क्षेत्रमा खेल सुरु हुनुभन्दा तीन घण्टा अघि र खेल सकिएको एक घण्टा पछिबाट मदिरा पिउन खुला गरिने बताएका छन्।

दोहामा ४० हजार जना अट्ने समर्थकहरू रहने क्षेत्रमा मदिरा उपलब्ध हुने छ। साथै मदिराले लट्ठ भएका समर्थकहरू गएर शान्त हुने क्षेत्र पनि रङ्गशालामा हुनेछ।

गर्मी याममा विश्वकप

विश्वकपका निर्णायक खेलहरू नोभेम्बर २० बाट डिसेम्बर १८ सम्म हुँदैछन् र यो समयमा कतारको तापक्रम २५ डिग्री सेल्सियस आसपास हुने गर्छ।

यदि सधैँजस्तो जुन र जुलाईमा विश्वकप कतारमा आयोजना गरिएको भए विश्वकपको समयमा तापक्रम ४० डिग्री सेल्सियस माथि हुने थियो र ५० डिग्रीसम्म पुग्न सक्थ्यो।

कतारले सुरुमा वातानुकूलित बन्द रङ्गशालामा खेल खेलाउने प्रस्ताव गरे पनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो।

नोभेम्बर र डिसेम्बर युरोपेली फुटबल क्लबहरूका लागि अन्त्यतै व्यस्त महिना हुन्।

तर यहाँका क्लबहरूबाट अग्रपङ्क्तिमा खेल्ने धेरै खेलाडीहरूलाई कतार विश्वकपमा खेल्नका लागि आफ्ना देशहरूले बोलाउँछन्। 

युरोपका चर्चित लिगहरू इङ्ल्याण्डको प्रिमियर लिग, इटलीको सिरी ए र स्पेनको ला लीगाले आफ्नो खेल सिजन अन्तर्राष्ट्रिय प्रतियोगिताको एक साता अघिबाट स्थगन गर्दैछन्।

विश्वकप सकिए पछि मात्र युरोपका खेलहरू पुन: सुरु हुनेछन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन

काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...

बुढीगंगाका मतदाता भेटघाटमा शेखर

विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...

दैलेखबाट कति ग्यास निकाल्न सकिन्छ ? नेपालमा नयाँ सरकार कुर्दै चीन

काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...

आजदेखि एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी फिल्डमा

काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, कसले मार्ला बाजी ?

बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...

निर्वाचन २२ दिन बाँकी: ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE