कास्की । मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि कास्की जिल्लाका संवेदनशील मतदानस्थल तथा केन्द्रको जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ ।
समितिले आज मादी गाउँपालिकाअन्तर्गत वडा नं ३ ताङतिङस्थित वडा कार्यालयको नयाँ भवन, वडा नं ४ याङजाकोटस्थित सीताराम माध्यमिक विद्यालय, वडा नं २ ताङतिङस्थित हिमालय मिलन मावि सहितका तीन ठाँउमा मतदानस्थलको अनुगमन गरेको हो ।
टोलीले मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङसँग यस क्षेत्रको अवस्था लगायतमा जानकारी लिएको थियो ।
अनुगमनमा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको नेतृत्वमा कास्कीका सुरक्षा निकायका प्रमुखहरू, भगवती दल गुल्मका गणपति प्रमुख सेनानी सञ्जयकुमार खत्री, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक अजय केसी, सशस्त्र प्रहरी उपरीक्षक विजय केसी, उपअनुसन्धान निर्देशक मनोज ढकाल तथा जनप्रतिनिधि पत्रकार लगायतको उपस्थिति थियो ।
जिल्लाका अधिकांश मतदानस्थलको अनुगमन सकिएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा एक सय ५० मतदानस्थल र तीन सय ४४ मतदान केन्द्र रहेका छन् ।
मतदान केन्द्रको व्यवस्थापन तथा सहज मतदानका लागि गर्न सकिने उपायका विषयमा कास्कीस्थित सम्पूर्ण मतदान केन्द्रमा जनप्रतिनिधि तथा स्थानीय समुदायसँग सुरक्षा समितिले छलफल गरेको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार टोलीले कास्कीका एक सय ५० मतदानस्थलका अधिकांश मतदान केन्द्रको अनुगमन सम्पन्न गरिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: