Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

धनुषामा प्रदेश निर्वाचन कार्यालयको निर्देशनलाई अवज्ञा गर्दै साधारणसभा गरियो

खबरडबली संवाददाता

धनुषा । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले प्रदेश निर्वाचन कार्यालयको निर्देशनलाई अवज्ञा गर्दै साधारणसभा सम्पन्न भएको छ ।

साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई निर्वाचनपश्चात मात्र उक्त कार्यक्रम गर्ने गरी तत्काललाई स्थगन गर्न प्रदेश निर्वाचन कार्यालयले शनिबार बिहान मात्र निर्देशन दिएको थियो । निर्वाचन कार्यालयको निर्देशनलाई सो संस्थाले अटेर गरेको पाइएको छ । निर्वाचन कार्यालयको निर्देशनपश्चात पनि संस्थाको १५औँ वार्षिक साधारणसभा शनिबार दिउँसो सम्पन्न भएको हो । संस्थाका अध्यक्ष रुमाकुमारी सिंहको अध्यक्षता तथा पूर्वअध्यक्ष रामसेवक महतोको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

प्रदेश निर्वाचन कार्यालयले सो संस्थाले महेन्द्र उच्च मावि ढल्केबरमा गर्न लागेको साधारणसभा सम्बन्धमा मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रतीन्द्र डङ्गोललाई निर्वाचनपश्चात मात्र उक्त कार्यक्रम गर्ने गरी तत्काललाई स्थगन गराउन निर्देशन दिएको थियो ।

यस सम्बन्धमा जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले कार्यक्रम सम्बन्धमा आफूलाई कुनै जानकारी नरहेको बताए । “महेन्द्र उच्च मावि ढल्केबरमा गर्न लागेको साधारणसभा सम्बन्धमा आचारसंहिता उल्लङ्घन हुने भनी उजुरी प्राप्त भएपछि निर्वाचनपश्चात मात्र उक्त कार्यक्रम गर्ने गरी तत्काललाई स्थगन गर्न मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएका थियौँ, उनले भने, “हाम्रो निर्देशनका बाबजुद त्यो कार्यक्रम कसरी आयोजना गरियो, विस्तृत बुझेर मात्र केही भन्न सक्छु ।” साधारणसभामा संस्थाको आयव्यय तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ

पाटन । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस...

एनपिएलमा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ प्रदान गरिने

काठमाडौँ। नेपाल प्रिमियर लिग ९एनपिएल० दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’...

प्रतिशोध होइन, शाक्यजीकै सहमतिमा सरुवा गरेको हो : कुलमान घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले कसैप्रति प्रतिशोध राखेर काम नगरेको स्पष्ट बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजद्व...

धम्कीबाट डराउँदैनौं, भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासन स्थापनाका उद्देश्यसहित बनेको स्पष्ट गरेकी छन्। उनले भ्रष्टाचारविरुद्ध आ...

अन्तिमपटक चुनाव लड्ने इच्छा छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट नै उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्। उनले यो चु...

बाजुराको रिलामा भाइरल ज्वरोका बिरामी बढ्दै

बाजुरा। बाजुराको बडीमालिका नगरपालिका –४ रिलामा भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । यहाँका झण्डै १८० घरपरिवारमा भाइरल ज्वरोका बिरामीहरु रहेका छन् । पछि...

हिउँदयाममा बाँसस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

मुस्ताङ। यहाँको मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ । विसं २०२२ मा पहिचान भएको यस गाउँको नाम हो साङ्ता । पछि पत्ता लागेका कारण यहाँको साङ्...

सप्तरीबाट हराएका १११ जना अझै बेपत्ता

सप्तरी। सप्तरीबाट हराएका एक सयभन्दा बढी बालबालिका, महिला तथा ज्येष्ठ नागरिक फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ । साढे तीन वर्षको अवधीमा...

अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ ।  कुनै पनि कानुनी प्रक्रिया पूर...

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending