Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

मेलापातमा भोट माग्दै उम्मेदवार

खबरडबली संवाददाता

कालिकोट । कालीकोटका मतदातालाई आगामी मङ्सिर ४ गतेको चुनावभन्दा मेलापातकै चटारो बढी छ । यही कात्तिक र मङ्सिर महिनामा अन्नबाली भित्र्याउने र अन्नबाली लगाउने समय भएकाले मतदातालाई  मेलापातकै चटारो भएको हो ।

धानबाली भित्र्याउने र गहुँबाली लगाउने महिना भएकाले मतदाता खेतीबालीमा व्यस्त रहने गरेका छन् । मतदाता कोही गहुँबाली लगाउने कोही धानबाली भित्र्याउन खेतबारीमा रमाउने गरेका छन् ।

कालीकोट नरहरिनाथ गाउँपालिका–९ लालुका भीमबहादुर रावलले गहुँबाली लगाउन र  धानबाली भित्र्याउन व्यस्त रहेको बताए ।  “अहिले हामी बाली लगाउने र भित्र्याउने काममा व्यस्त छौँ ।”, उनले भने, “दुई महिना त बाली लगाउने महिना हो । त्यसैले गाउँका प्रायः सबै खेतबारीमा रहने गरेका छन् ।”

गाउँमा चुनाव प्रसार–प्रचारका लागि नेता तथा कार्यकर्ता पुग्ने गरेका छन् ।  रास्कोट नगरपालिका–५ का नयाँरुप फडेराले भने, “गाउँमा माइकिङ गरेर भोट मागेको त सुन्छौँ, तर दलहरूका चुनावीसभामा जान पाएका छैनौँ”, उनले भन, “दलहरूका एजेण्डाका विषयमा जानकारी कम छ, त्यसैले कसलाई मत दिने हो अन्योलता कायमै छ ।”

दलकाहरूका चुनावी एजेण्डामात्र होइन, मेलापातका काममा व्यस्त रहँदा मतदाता शिक्षाबारेमा पनि जानकारी नभएको पचालझरना गाउँपालिका–१ सिकुका रामबहादुर बोगटीले बताए । “मतदान कसरी गर्ने हो, त्यो विषयमा पनि हामीलाई जानकारी कोही आएका छैनन्”, उनले भने, “मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुने सम्भावना बढी रहन्छ ।”

मतदाता मेलापातमा व्यस्त भएका कारणले दलका नेता तथा उम्मेदवार खेतबारीमै गएर मत माग्ने गरेको र आफूहरूले मतदाता शिक्षालगायतका काम अगाडि बढाएको नेकपा एमालेका कालीकोट जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेले जानकारी दिए । 

“मतदाता अहिले घर, गाउँ, टोलमा भेटिँदैनन् । सबै खेतबारीको काममा व्यस्त रहनुभएको छ”, उनले भने, “प्रचारमा खटिएका कार्यकर्ता तथा उम्मेदवार खेतबारीमै गएर मतदातासँग आफ्नो चुनावी एजेण्डा र मतदाता भेटघाट गरिरहनुभएको छ ।”

मतदातासँग राजनीतिक दल तथा उम्मेदवारले छलफल गर्न नपाउँदा मतदाताले राम्रो उम्मेदवार छान्न र मतदानमा मत बढी बदर हुने सम्भावना रहने नेपाल बार एशोसिएशन कालीकोटका अध्यक्ष दमनराज बमले बताए । 

“दलका उम्मेदवारले मतदातासँग अन्तरक्रिया तथा छलफल गर्न पाउनुभएन भने राम्रो उम्मेदवार छान्न पनि सकस हुन्छ”, उनले भने, “मतदानमा मत पनि बढी बदर हुने सम्भावना पनि उत्तिकै रहन्छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending