Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

मेलापातमा भोट माग्दै उम्मेदवार

खबरडबली संवाददाता

कालिकोट । कालीकोटका मतदातालाई आगामी मङ्सिर ४ गतेको चुनावभन्दा मेलापातकै चटारो बढी छ । यही कात्तिक र मङ्सिर महिनामा अन्नबाली भित्र्याउने र अन्नबाली लगाउने समय भएकाले मतदातालाई  मेलापातकै चटारो भएको हो ।

धानबाली भित्र्याउने र गहुँबाली लगाउने महिना भएकाले मतदाता खेतीबालीमा व्यस्त रहने गरेका छन् । मतदाता कोही गहुँबाली लगाउने कोही धानबाली भित्र्याउन खेतबारीमा रमाउने गरेका छन् ।

कालीकोट नरहरिनाथ गाउँपालिका–९ लालुका भीमबहादुर रावलले गहुँबाली लगाउन र  धानबाली भित्र्याउन व्यस्त रहेको बताए ।  “अहिले हामी बाली लगाउने र भित्र्याउने काममा व्यस्त छौँ ।”, उनले भने, “दुई महिना त बाली लगाउने महिना हो । त्यसैले गाउँका प्रायः सबै खेतबारीमा रहने गरेका छन् ।”

गाउँमा चुनाव प्रसार–प्रचारका लागि नेता तथा कार्यकर्ता पुग्ने गरेका छन् ।  रास्कोट नगरपालिका–५ का नयाँरुप फडेराले भने, “गाउँमा माइकिङ गरेर भोट मागेको त सुन्छौँ, तर दलहरूका चुनावीसभामा जान पाएका छैनौँ”, उनले भन, “दलहरूका एजेण्डाका विषयमा जानकारी कम छ, त्यसैले कसलाई मत दिने हो अन्योलता कायमै छ ।”

दलकाहरूका चुनावी एजेण्डामात्र होइन, मेलापातका काममा व्यस्त रहँदा मतदाता शिक्षाबारेमा पनि जानकारी नभएको पचालझरना गाउँपालिका–१ सिकुका रामबहादुर बोगटीले बताए । “मतदान कसरी गर्ने हो, त्यो विषयमा पनि हामीलाई जानकारी कोही आएका छैनन्”, उनले भने, “मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुने सम्भावना बढी रहन्छ ।”

मतदाता मेलापातमा व्यस्त भएका कारणले दलका नेता तथा उम्मेदवार खेतबारीमै गएर मत माग्ने गरेको र आफूहरूले मतदाता शिक्षालगायतका काम अगाडि बढाएको नेकपा एमालेका कालीकोट जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेले जानकारी दिए । 

“मतदाता अहिले घर, गाउँ, टोलमा भेटिँदैनन् । सबै खेतबारीको काममा व्यस्त रहनुभएको छ”, उनले भने, “प्रचारमा खटिएका कार्यकर्ता तथा उम्मेदवार खेतबारीमै गएर मतदातासँग आफ्नो चुनावी एजेण्डा र मतदाता भेटघाट गरिरहनुभएको छ ।”

मतदातासँग राजनीतिक दल तथा उम्मेदवारले छलफल गर्न नपाउँदा मतदाताले राम्रो उम्मेदवार छान्न र मतदानमा मत बढी बदर हुने सम्भावना रहने नेपाल बार एशोसिएशन कालीकोटका अध्यक्ष दमनराज बमले बताए । 

“दलका उम्मेदवारले मतदातासँग अन्तरक्रिया तथा छलफल गर्न पाउनुभएन भने राम्रो उम्मेदवार छान्न पनि सकस हुन्छ”, उनले भने, “मतदानमा मत पनि बढी बदर हुने सम्भावना पनि उत्तिकै रहन्छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending