काठमाडौं । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
अदालतले नाबालिगमाथि बलात्कार आरोप लागेका लामिछानेलाई तत्काल प्राप्त प्रमाणहरुको आधारमा निर्दोष मान्न नसकिने ठहर गरेको छ । अदालतका न्यायाधीश माधव प्रसाद घिमिरेको इजलासले तत्काल प्राप्त प्रमाणहरुको आधारमा प्रतिवादी निर्दोष रहेछन् भन्ने मान्न नसकिने ठहर गर्दै लामिछानेलाई कारागार कार्यालय जगन्नाथदेवल पठाउन आदेश दिएको हो ।
अदालतले सीसीटीभी फुटेज, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रतिवादीको बयान व्यहोराबीच अपसमा तादात्मयता रहेको तथ्य देखिएको जनाएको छ । यस्तै होस्टलमा बस्ने पीडितले आफ्नो बारेमा होस्टललाई कुनै जानकारी नदिइ बाहिर गएको देखिएको पनि अदालतको आदेशमा निष्कर्ष निकालिएको छ । यसतर्फ सन्दीपले सोको कुनै जानकारी नगराएको र प्रतिवादीले घटनाको भोलिपल्ट अन्तर्राष्ट्रियस्तरमा क्रिकेट खेल्न जाँदै गर्दाको आफ्नो गहन जिम्मेवारीलाई नहेरी, पब्लिक स्टाटसलाई समेत ख्याल गर्नुपर्नेमा ध्यान नदिएको देखिएको अदालतको भनाइ छ ।








यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...
चैत्र ४ गते, २०८२ - १४:१५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीका सांसदहरूलाई अनुशासन उल्लंघन गरे फिर्ता बोलाउने चेतावनी दिएका छन्। ...
चैत्र ४ गते, २०८२ - १३:५४
खोटाङ । खोटाङको कपिलासगढी गाउँपालिका–२, खार्तम्छा बालाबेँसीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पास्टर काजीबहादु...
चैत्र ४ गते, २०८२ - १३:४३
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको सरकार विरुद्...
चैत्र ४ गते, २०८२ - १३:३८
मुस्ताङ। अत्यधिक चिसोसँगै कोरला नाकाको ब्यवसाय छाडेर पोखरा गएका उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, छोसेरका पेमा छिरिङ गुरूङ दुई महिनापछि ब्यवसा...
चैत्र ४ गते, २०८२ - १३:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ललितपुरको ग्वार्कोस्थित अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छन्। रास्वपाले हि...
चैत्र ४ गते, २०८२ - १३:१७
बागलुङ। बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । बुधबार गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपह...
चैत्र ४ गते, २०८२ - १३:०६
खोटाङ । खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको छ। काठमाडौंबाट शव बोकेर गाउँ पुगेको उक्त हेलिकोप...
चैत्र ४ गते, २०८२ - १२:०८
वाशुलिङ बैतडी । भीरबाट लडेर जिल्लामा एक युवकको मृत्यु भएको छ । पाटन नगरपालिका–३ गुजरका २६ वर्षीय नरेश कोलीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी ...


प्रतिकृया लेख्नुहोस्: