Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सप्तरी–२ मा उपेन्द्र यादव, सिके राउत र ठाकुरबीच त्रिपक्षीय प्रतिस्पर्धा, यस्तो छ लेखाजोखा

खबरडबली संवाददाता

राजविराज । अँगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नं २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का केन्द्रीय सदस्य जयप्रकाश ठाकुर चुनावी मैदानमा छन् ।

यहाँबाट दुई पार्टीका अध्यक्ष र एक केन्द्रीय सदस्य चुनावी मैदानमा उत्रेपछि सबैको चासो र चर्चाको विषय बनेको छ । डा राउतले पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको छन् । जसपा अध्यक्ष यादव र लोसपा केन्द्रीय सदस्य ठाकुरले भने यसअघि पनि उम्मेदवारी दिएका थि । वाम–लोकतान्त्रिक गठन्धनबाट लोसपाका उम्मेदवार ठाकुर छन् भने विपक्षी गठबन्धन एमाले–जसपाबाट जसपाका अध्यक्ष यादव उम्मेदवार छन् । जनमत पार्टीका अध्यक्ष डा राउत एक्लै चुनावी मैदानमा छन्। तीनै उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यादव यसै क्षेत्रका निर्वतमान प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले २०७४ सालको निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीको गठबन्धन तथा नेपाली कांग्रेससमेतको सर्मथनमा उम्मेदवार दिनुभएको थियो । उहाँ २१ हजार छ सय २० मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उमेश यादवले ११ हजार पाँच सय ८० मत प्राप्त गर्नुभएको थियो । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवारी दिनुभएका जयप्रकाश ठाकुरले नौ हजार चार सय ५९ मत प्राप्त गर्नुभएको थियो ।

यसपटक परिस्थिति र गठबन्धन फेरिएको छ । विसं २०७४ को निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादव अहिले फरक सत्ता गठबन्धनबाट क्षेत्र नं २ ९ख० मा उम्मेदवार हुनुहुन्छ । अर्का पुराना प्रतिस्पर्धी जयप्रकाश ठाकुर वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनी जसपा अध्यक्ष यादवसँग प्रतिस्पर्धामा उत्रनुभएको छ । अघिल्लो चुनावमा स्वतन्त्र उम्मेदवारी दिई पराजित भएका ठाकुरले लोसपा प्रवेश गरेपछि सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेको हो ।

जसपाले यसअघि कट्टरविरोधी मान्दै आएको एमालेसँग गठबन्धन गरेको छ । लोसपा सत्ता गठबन्धनसँग छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ पाएकाले आफू झन् बलियो भएको ठाकुरको भनाइ छ । राजविराज नगरपालिकासहित महदेवा, छिन्नमस्ता र तिलाठी गाउँपालिका पर्ने यस क्षेत्रमा पछिल्लो स्थानीय तहको निर्वाचनमा दुई गाउँपालिकामा लोसपा र एक गाउँपालिकामा कांग्रेसले जित हात पारेको थियो ।

राजविराज नगरपालिकामा भने जसपाले जित हात पारेको थियो । गत स्थानीय तहको निर्वाचनमा जसपाले १५ हजार तीन सय ७५ र एमालेले तीन हजार छ सय ९३ मत प्राप्त गरेको थियो । यस्तै कांग्रेसले १३ हजार तीन सय १५, लोसपाले १३ हजार पाँच सय ४८, माओवादी केन्द्रले सात हजार सात सय ७६ र एकीकृत समाजावादीले तीन हजार दुई सय ७१ मत ल्याएको थियो ।

हालै समपन्न स्थानीय तहको मत जोड्दा एमाले–जसपा गठबन्धनका पक्षमा १९ हजार ६८ मत देखिन्छ भने सत्ता गठबन्धनको मत ३६ हजार आठ सय ९२ पुग्छ । यस आधारमा आफ्नो जीत सुनिश्चित रहेको सत्तापक्षीय गठबन्धनका साझा उम्मेदवार ठाकुरको भनाइ छ ।

जनमत पार्टीका अध्यक्ष डा राउतको उम्मेदवारीले सत्तागठबन्धन र विपक्षी गठबन्धनको धैरै मत तान्ने अनुमान गरिएको छ । बेरोजगार युवालाई स्वदेशमै रोजगारी, किसानको समस्या समाधान, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारलगायत विषयमा गरेको प्रतिबद्धताले जनताले यसपटक आफूलाई अवसर प्रदान गर्ने राउतको भनाइ छ । उनले भने, “जनताले पुराना नेतालाई होइन, मलाई सहयोग गर्नेमा विश्वस्त छु ।”

जसपा अध्यक्ष यादव भने २०७४ सालको निर्वाचन जितेपछि आफूले यस क्षेत्रको विकासका लागि निस्वार्थ भई धेरै काम गरेकाले जनताले यसपटक पनि विजयी गर्ने विश्वास व्यक्त गर्नुहुन्छ । कृषि विश्वविद्यालय, जीर्ण अवस्थामा रहेको गजेन्द्रनारायण सिंह अस्पालतमा सुधार, नर्सिङ कलेज, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको तयारी, विभिन्न सडक सञ्जालको निर्माण र विस्तारलगायत संरचनाको निर्माण र स्थापनाको काम गरेकाले जनताले आउँदा  पाँच वर्षका लागि मौका दिने उनको भनाइ छ ।

जसपा अध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष डा राउत दुवैको घर यसै क्षेत्रअन्तर्गतको महदेवा गाउँपालिकामा पर्छ । सत्ता गठबन्धनका उम्मेदवार ठाकुरको घर भने यसै क्षेत्रको राजविराज नगरपालिकामा पर्छ । सप्तरी निर्वाचन क्षेत्र नं २ मा ५१ हजार ३७ पुरुष, ४४ हजार तीन सय ५५ महिला तथा अन्य दुई मतदाता छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending