Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

मंसिर ४ को निर्वाचनपछि माओवादी नेतृत्वको सरकार किन ?

खबरडबली संवाददाता

काठमाडौं । आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचन मार्फत नेपाली जनताले सङ्घ र प्रदेशहरूमा संसद एवम् सरकार निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्नेछ । प्रतिगमनको खतरा कायम रहन दिने वा नदिने, यथास्थितिमा देशलाई राखिराख्ने वा विकास एवम् समृद्धिको दिशामा फड्को मार्ने फैसला गर्नेछ । 

ने.क.पा. (माओवादी केन्द्र) को नेतृत्वमा मात्र परिवर्तन एवम् संविधानका उपलब्धिहरूको रक्षा र सामाजिक न्यायसहित समृद्धिको लक्ष्य प्राप्तिमा फड्को मार्न र समाजवादको आधार तयार पार्न सम्भव छ । यसमा निम्नलिखित कारण रहेका छन्ः

१. नेपालको लोकतान्त्रिक क्रान्तिलाई आधारभूत रूपमा पूर्णता दिने राजनीतिक परिवर्तनका सबै जसो एजेन्डाहरू – गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण, सामाजिक न्याय, समाजवाद उन्मुखता हाम्रो पार्टीले अघि सारेको, स्थापित गरेको र हासिल गर्न निर्णयक भूमिका खेलेको तथ्य घामजतिकै छर्लङ्ग छ ।

हाम्रो पार्टीको नेतृत्वदायी मुख्य भूमिकाबाट नै उत्पीडित वर्ग, मजदुर, किसान, महिला, आदिबासी जनजाति, मधेशी, दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, भाषिक, सांस्कृतिक सीमान्तकृत एवम् लोपोन्मुख समुदायको अधिकार र उपलब्धि सम्भव भएको हो । यस निम्ति हाम्रो पार्टी गौरव गर्दछ । राजनीतिक परिवर्तनको मूल मर्म भनेको यसलाई साधन र माध्यम बनाएर जनताको जीवन फेर्नु र नयाँ नेपाल बनाउनु हो । यस मर्मलाई आत्मसात् गर्दै व्यवस्थालाई रक्षा र अवस्थामा परिवर्तन ने.क.पा.(माओवादी केन्द्र) को नेतृत्वमा नै सम्भव छ ।

२. संविधानको प्रावधानको विरुद्धमा तत्कालीन प्रधानमन्त्री हैसियतमा दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चाल्नुभयो । प्रतिगामी कदमलाई असफल पार्न र प्रतिगमनको थप खतराको ढोका बन्द गर्न हाम्रो पार्टी ने.क.पा. (माओवादी केन्द्र) कै पहल र अगुवाइमा प्रतिगमन विरोधी सङ्घर्ष सफल हुन सकेको थियो । तसर्थ, नेपाली जनतालाई बारम्बार प्रतिगमन विरुद्धको सङ्घर्ष लागि रहनुपर्ने बाध्यता हटाउने कार्य ने.क.पा. (माओवादी केन्द्र) कै नेतृत्वमा मात्र सम्भव छ ।

३. हाम्रो पार्टी वर्तमान संविधान, लोकतन्त्र र परिवर्तनलाई ऐतिहासिक महत्त्त्वको क्रान्तिकारी उपलब्धि ठान्दछ र यसको रक्षा गर्न दृढ छ । साथै, हाम्रो पार्टी सामाजिक न्यायसहितको समृद्धि हासिल गर्दै समाजवादको आधार तयार पार्न र अन्ततः समाजवाद निर्माण गर्न प्रतिबद्ध छ ।

सामाजिक न्यायसहितको समृद्धिको तत्कालीन लक्ष्य र समाजवादको रणनीतिक लक्ष्य पूरा गर्न स्पष्ट एवम् दृढ शक्ति ने.क.पा. (माओवादी केन्द्र) मात्र हो । तसर्थ, हाम्रो पार्टीले राज्यको नेतृत्व गरे मात्र यो मूल कार्यभार पूरा गर्न सम्भव हुनेछ ।

४. तात्कालिक परिस्थितिको मागअनुसार कम्युनिस्ट एकता, संयुक्त मोर्चा र संयुक्त आन्दोलनको विकास गर्न र राष्ट्रिय मुद्दाहरूमा सम्बन्धित सबै शक्तिहरूलाई सहकार्य र एकता प्रक्रियामा ल्याउनसक्ने शक्ति ने.क.पा. (माओवादी केन्द्र) नै रहेको छ ।

सङ्कीर्ण, एकलकाँटे, जड, इतिहासमुखी, शुद्धतावादी वा यथास्थितिवादी शक्तिहरूबाट होइन, उद्देश्य एवम् लक्ष्यमा दृढ तर तात्कालिक परिस्थितिको मागअनुसार गतिशील ढङ्गले अधि बढ्न सक्षम ने.क.पा. (माओवादी केन्द्र) द्वारा नै परिस्थितिमा आउने उतार–चढावको सामना गर्दै आजको कार्यभार पूरा गर्नेगरी नेतृत्व दिन सक्षम छ । 

५. अध्यक्ष कमरेड प्रचण्डको छोटो प्रधानमन्त्रीत्व कालमा पनि राजनीतिक समस्या समाधानमा र विकास–निर्माणको क्षेत्रमा केही उल्लेखनीय कार्यहरू हुने सके । खासगरी दोस्रो कार्यकालमा मधेश आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराई छोटै समयमा पनि आर्थिक वृद्धि र सामाजिक विकासको आधार तयार गरियो ।

मुलुकलाई बर्सौंदेखिको लोडसेडिङबाट मुक्त तुल्याउने, काठमाडौं–निजगढ द्रुतमार्ग लगायतका ठुला आयोजनाहरूको निर्माण कार्य अघि बढाउने, चीनसँग वान बेल्ट वान रोड सम्झौतामा हस्ताक्षर गर्ने, प्रधानमन्त्री स्वयंले निर्माणाधीन ठुला आयोजनाहरूको अनुगमन गर्ने, राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनलाई प्रभावकारी तुल्याउन प्रक्रियागत सुधार गर्ने जस्ता कार्यहरू गरिए ।

यिनै पहलहरूको आधारमा चौधौं त्रिवर्षीय योजनाले राखेको लक्ष्यभन्दा बढी आर्थिक वृद्धि हासिल हुन सक्यो । यसबाट ने.क.पा. (माओवादी) को नेतृत्व भएमा छोटो समयमा पनि विकास र समृद्धिको दिशामा धेरै उपलब्धि हासिल गर्न सम्भव छ भन्ने शिद्ध भएको छ ।

६. ने.क.पा. (माओवादी केन्द्र) त्यस्तो पार्टी हो जो आफ्नो इतिहास, विगत र सफलतालाई बिर्संदैन बरू गर्व गर्छ, तर वर्तमानलाई मुख्य ठान्दछ । साथै, हाम्रो पार्टी आफ्ना सकारात्मक गुणचरित्र र सफलताहरूलाई दह्रो गरी पक्रंदै अघि बढ्छ । हाम्रो पार्टी त्यस्तो पार्टी हो जो आफ्नो गल्ती, कमजोरीहरू र अपर्याप्तताहरू विनम्रतापूर्व स्वीकार गर्दछ, जनतासामु इमानदारीपूर्वक आत्मालोचना गर्दछ र गल्ती–कमजोरी सच्याउँदै एवम् थप रूपान्तरित हुँदै अघि बढ्ने सङ्कल्प गर्दछ ।

सामाजिक न्यायसहितको समृद्धिको तात्कालिक मूल कार्यभार र समाजवाद निर्माणको रणनीतिक कार्यभार पूरा गर्न हाम्रो पार्टीले अध्यक्ष क. प्रचण्डको नेतृत्वमा वैचारिक–सांस्कृतिक रूपान्तरणको महाअभियानमा हेलिँदै अघि बढ्ने घोषणा २०७८ सालमा सम्पन्न आठौँ राष्ट्रिय महािधवेशनबाट गरेको छ । तसर्थ ने.क.पा. (माओवादी केन्द्र) बाट नै नेतृत्व र निकास सम्भव छ ।

७. ने.क.पा. (माओवादी केन्द्र) मा त्यस्तो नेतृत्व छ, जसले पछिल्लो आन्दोलन, परिवर्तन र शान्ति प्रक्रियाका सबै कालखण्ड र सन्दर्भको नेतृत्व गर्नु भएको छ । ने.क.पा. (माओवादी केन्द्र) का प्रमुख नेता अध्यक्ष कमरेड प्रचण्डले जनयुद्धको नेतृत्व गर्नुभयो, जनआन्दोलनसँग जनयुद्धको संयोजन गर्नुभयो, गिरिजाप्रसाद कोइरालासँगै शान्ति प्रक्रियाको संयुक्त नेतृत्व गर्नुभयो, संविधानसभाद्वारा संविधान निर्माणमा प्रमुख नेतृत्वदायी भूमिका खेल्नुभयो, संविधान कार्यान्वयनको प्रक्रियाको नेतृत्व गर्नुभयो र प्रतिगमन विरोधी सङ्घर्र्षको नेतृत्व गर्नुभयो ।

नेपालको समकालीन राजनीतिमा उहाँ मात्र एक्लो त्यस्तो नेता हुनुहुन्छ । तसर्थ, अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वको ने.क.पा. (माओवादी केन्द्र) बाट मात्र यतिबेला पनि राष्ट्रको नेतृत्व, निकास र विकास सम्भव छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ का लागि नेकपा (माओवादी केन्द्र) ले सार्वजनिक गरेको प्रतिबद्धतापत्रबाट ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जाँचबुझ आयोगको म्याद तेस्रोपटक थप्ने तयारी, चुनावी प्रभावको आशंकाबीच प्रतिवेदन अलपत्र पर्ने संकेत

काठमाडौं । जाँचबुझ आयोगको प्रतिवेदन समयमै तयार हुन नसकेपछि म्याद तेस्रोपटक थप गर्ने तयारी गरिएको छ। यसअघि दुईपटक गरेर ५० दिन म्याद थपिँदा पनि प्रतिवेद...

भारतको कोइलाखानीमा विस्फोट हुँदा मृत्यु भएका खोटाङका तीन जनाको शव ल्याउन समस्या, एक अझै बेपत्ता

खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा यहाँका तीन युवकले अकालमा ज्यान गुमाएका छन् भने अझै एक जना बेपत्ता भएका छन् । सो घटनामा अन...

अग्यौलीमा तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन  मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प...

इङ्ल्यान्डविरुद्ध नेपालले हारेर पनि जितेको एउटा खेल

काठमाडौं । भनिन्छ, जितको सदैव महत्त्व रहन्छ, हारले त मन मात्र खिन्न बनाउँछ। तर कहिलेकाहीँ जितनजिक पुगेर हार्नु पनि जितसरह हुने रहेछ। यस्तो हारले अंकमा...

चुनावमा पूर्वप्रधानमन्त्री ओली, प्रचण्ड र नेपालको दौडधुप , अरु अलमलमा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चार दशक लामो विरासत बोकेका पूर्वप्रधानमन्त्रीत्रय चुनावी दौडधुपमा छन् भने अन्यमा अलमल देखिएको छ । पूर्...

मकवानपुरमा १५ जनाले बुझाए इजाजत प्राप्त हतियार

बागमती । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुरमा १५ जनाले निजी प्रयोजनका लागि राखिएका हतियार बुझाएका छन् । प...

म्याग्दीमा ३१ करोड ६० लाखको सुन्तला उत्पादन

म्याग्दी । यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा ...

मनाङमा ३० मेगावाटको म्यार्दी आयोजना निर्माण हुने

काठमाडौँ । मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिकको बिचमा कूल ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुन...

अन्नपूर्ण क्षेत्रमा पर्यटकको ओइरो, २५ वर्षमा भित्रिए २६ लाख विदेशी

पोखरा । विश्वप्रसिद्ध पदयात्रा गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्लो २५ वर्षको अवधिमा २६ लाख ३२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्। अन्नपू...

निर्वाचन २४ दिन बाँकी: आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ । मतद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE