Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

सप्तरी प्रदेशसभा (ख)मा माओवादीका यादव र पूर्व माओवादीका महेश यादवबीच कडा प्रतिस्पर्धा

खबरडबली संवाददाता

सप्तरी । सप्तरीको निर्वाचन क्षेत्र २ को प्रदेशसभा (ख)मा पूर्वमन्त्रीसहित त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनबाट पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता उमेश यादव र जसपा–एमाले गठबन्धनबाट जसपा नेता लक्ष्मण यादव तथा जनमत पार्टीबाट पूर्व माओवादी नेता महेश यादवबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

पैतालीस हजार चार सय ७६ मतदाता रहेको यस क्षेत्रमा १४ उम्मेदवार चुनावी मैदानमा छन् । मुख्य प्रतिस्पर्धा भने महेश यादव, उमेश यादव र लक्ष्मण यादवबीच नै हुने मतदाताको अनुमान छ । यस क्षेत्रबाट नेमकिपाका महिदेव चौधरी, राप्रपा नेपालका फुदनलाल खंग, राप्रपाका फुलेन्द मण्डल, नेपाल सङ्घीय समाजवादी पार्टीका मो। परमुद, हाम्रो नेपाली पार्टीका खेलानन्दकुमार दास तथा स्वतन्त्रतर्फ सकुन्तलादेवी यादव, रिङ्कुदेवी यादव, गङ्गाराम यादव, नीरजकुमार शाही र दुर्गानन्द यादव पनि चुनावी मैदानमा छन्  ।
  
 यस क्षेत्रमा राजविराज नगरपालिकाका सबै १६ तथा महादेवा गाउँपालिकाका दुई वडा पर्दछन् । स्थानीयतहको निर्वाचनमा यस क्षेत्रमा जसपाले प्रमुख पदमा १० हजार तीन सय ४५ र एमालेले एक हजार तीन सय ८७ मत प्राप्त गरेको थियो ।  यस्तै माओवादीका प्रमुखका उम्मेदवारले पाँच हजार चार सय ४६, कांग्रेसका प्रमुखका उम्मेदवारले चार हजार सात सय ६७, लोसपाका प्रमुखका उम्मेदवारले तीन हजार चार सय ८१, एकीकृत समाजवादीका प्रमुखका उम्मेदवारले दुई हजार आठ सय ९० मत ल्याएका थिय ।

यस्तै जनमत पार्टीका प्रमुख पदका उम्मेदवारले एक हजार एक सय सात मत ल्याएका थिय । यस मतभारका आधारमा अहिल सत्ता गठबन्धनका उम्मेदवार बलिया देखिन्छन् । अघिल्लो चुनावमा यस क्षेत्रबाट सङ्घीय समाजवादी फोरम र राजपा गठबन्धनका साझा उम्मेदवार मनिष सुमन निर्वाचित भएका थिय । उनी यस पटक समानुपातिकतर्फ उम्मेदवार बनुभएको छ । त्यतिबेला उहाँका निकटतम प्रतिद्वन्द्वी रहेका माओवादी केन्द्रका महेश यादव अहिले माओवादी पार्टी त्यागेर जनमत पार्टीबाट उम्मेदार बनी दोस्रो पटक चुनावी मैदानमा छन्।

सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादीका उमेश यादव र जसपाका लक्ष्मण यादव पनि नगर क्षेत्रमा पकड बलियो बनाउन भरपूर्ण प्रयास गरिरहनुभएको छ । ग्रामीण क्षेत्रमा भने तीन वटै उम्मेदारको मतभार उस्तै उस्तै रहेको बताइन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...

पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला : ५ पूर्वमन्त्रीसहित ५५ जनामाथि ८ अर्ब भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...

नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...

धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते

धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending