Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

सप्तरी प्रदेशसभा (ख)मा माओवादीका यादव र पूर्व माओवादीका महेश यादवबीच कडा प्रतिस्पर्धा

खबरडबली संवाददाता

सप्तरी । सप्तरीको निर्वाचन क्षेत्र २ को प्रदेशसभा (ख)मा पूर्वमन्त्रीसहित त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनबाट पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता उमेश यादव र जसपा–एमाले गठबन्धनबाट जसपा नेता लक्ष्मण यादव तथा जनमत पार्टीबाट पूर्व माओवादी नेता महेश यादवबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

पैतालीस हजार चार सय ७६ मतदाता रहेको यस क्षेत्रमा १४ उम्मेदवार चुनावी मैदानमा छन् । मुख्य प्रतिस्पर्धा भने महेश यादव, उमेश यादव र लक्ष्मण यादवबीच नै हुने मतदाताको अनुमान छ । यस क्षेत्रबाट नेमकिपाका महिदेव चौधरी, राप्रपा नेपालका फुदनलाल खंग, राप्रपाका फुलेन्द मण्डल, नेपाल सङ्घीय समाजवादी पार्टीका मो। परमुद, हाम्रो नेपाली पार्टीका खेलानन्दकुमार दास तथा स्वतन्त्रतर्फ सकुन्तलादेवी यादव, रिङ्कुदेवी यादव, गङ्गाराम यादव, नीरजकुमार शाही र दुर्गानन्द यादव पनि चुनावी मैदानमा छन्  ।
  
 यस क्षेत्रमा राजविराज नगरपालिकाका सबै १६ तथा महादेवा गाउँपालिकाका दुई वडा पर्दछन् । स्थानीयतहको निर्वाचनमा यस क्षेत्रमा जसपाले प्रमुख पदमा १० हजार तीन सय ४५ र एमालेले एक हजार तीन सय ८७ मत प्राप्त गरेको थियो ।  यस्तै माओवादीका प्रमुखका उम्मेदवारले पाँच हजार चार सय ४६, कांग्रेसका प्रमुखका उम्मेदवारले चार हजार सात सय ६७, लोसपाका प्रमुखका उम्मेदवारले तीन हजार चार सय ८१, एकीकृत समाजवादीका प्रमुखका उम्मेदवारले दुई हजार आठ सय ९० मत ल्याएका थिय ।

यस्तै जनमत पार्टीका प्रमुख पदका उम्मेदवारले एक हजार एक सय सात मत ल्याएका थिय । यस मतभारका आधारमा अहिल सत्ता गठबन्धनका उम्मेदवार बलिया देखिन्छन् । अघिल्लो चुनावमा यस क्षेत्रबाट सङ्घीय समाजवादी फोरम र राजपा गठबन्धनका साझा उम्मेदवार मनिष सुमन निर्वाचित भएका थिय । उनी यस पटक समानुपातिकतर्फ उम्मेदवार बनुभएको छ । त्यतिबेला उहाँका निकटतम प्रतिद्वन्द्वी रहेका माओवादी केन्द्रका महेश यादव अहिले माओवादी पार्टी त्यागेर जनमत पार्टीबाट उम्मेदार बनी दोस्रो पटक चुनावी मैदानमा छन्।

सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादीका उमेश यादव र जसपाका लक्ष्मण यादव पनि नगर क्षेत्रमा पकड बलियो बनाउन भरपूर्ण प्रयास गरिरहनुभएको छ । ग्रामीण क्षेत्रमा भने तीन वटै उम्मेदारको मतभार उस्तै उस्तै रहेको बताइन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेविरुद्धको संगठित अपराध अभियोग हटाउन पर्सा अदालतको अनुमति

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...

एमालेले असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन गर्ने

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...

सुधन गुरुङ र महावीर पुनले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...

कार दुर्घटनामा भारतीय पर्यटक घाइते

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् ।  डुम...

पृथ्वी राजमार्गको गल्छीमा पर्यटक माइक्रो र कार ठोक्किँदा सात जना घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...

विपक्षी दलको बैठक जारी, को कोे सहभागी भए ?

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी ...

सुधन गुरुङ र महावीर पुनले शपथ लिँदै

काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...

मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन वितरण, स्वदेशी वस्तु प्रवर्द्धनमा सरकारको जोड

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान...

बागमतीबाट रास्वपाको प्रदेश अधिवेशन सुरु

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबा...

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending