Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

कैलालीमा पनि देखियो अफ्रिकन स्वाइन फिभर

खबरडबली संवाददाता

कैलाली । बङ्गुर र सुँगुरमा फैलिन थालेको ‘अफ्रिकन स्वाइन फिभर’ रोग कैलाली जिल्लामा पनि देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख डा नरेशप्रसाद जोशीले भजनी नगरपालिका–३ को बडिमालिका कृषि प्रवद्र्धन केन्द्र प्रालिको फार्ममा पालिएको बङ्गुर मरेपछि गरिएको परीक्षणबाट अफ्रिकन स्वाइन फिभर पोजिटिभ पुष्टि भएको जानकारी दिए। 

“कार्यालयमा मरेको बङ्गुरको शव परीक्षण र ¥यापिड टेस्ट कीटबाट अफ्रिकन स्वाइन फिभर पोजिटिभ भएको पुष्टि भएको छ”, उहाँले भन्नुभयो, “त्यसपछि थप परीक्षणका लागि नमूना सङ्कलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइँदा हिजो मात्रै अफ्रिकन स्वाइन फिभरको थप पुष्टि भएको हो ।” 
  
यो रोगको सङ्क्रमणपछि सुँगुर तथा बङ्गुरमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छट्पटाउने, चाल धरमराउने, तुहिनेजस्ता लक्षण भई बथानमा एकसाथ ठूलो सङ्ख्यामा सुँगुर, बङ्गुर तथा बँदेल मर्ने गरेको बताइएको छ । 
 
यो रोग खासगरी रोगी बङ्गुर तथा त्यसका पाठापाठी वा मासु, रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै सर्ने हुँदा रोग छिटो फैलिन सक्ने बताइएको छ । यो रोगविरुद्ध हालसम्म कुनै खोपको उत्पादन नभई प्रभावकारी उपचारको व्यवस्थासमेत नभएको अवस्थामा सङ्क्रमण फैलिएमा एकसाथ ठूलो सङ्ख्यामा बङ्गुर तथा सुँगुर मर्न गई ठूलो क्षति पुग्न सक्ने पशु चिकित्सले बताएका छन् । यो रोग पशुपन्छीबाट मान्छेमा नसर्ने बताइएको छ ।
  
पशु रोग अन्वेषण प्रयोगशाला धनगढीले बङ्गुर तथा सुँगुरपालन व्यवसायीलाई खोर र फार्ममा जैविक सुरक्षाका विधिको अवलम्बन गर्न, खोरलाई नियमितरूपमा सरसफाइ गरी चुना, ब्लिचिङ पाउडर, फर्मालिनजस्ता रसायन तथा सामग्रीको प्रयोग गरी निःसङ्क्रमण गर्न ध्यान दिनुपर्ने सल्लाह दिएको छ । 
 
यसैगरी रोगको शङ्का लागेका पशुलाई बथानबाट छुट्याएर अलग्गै राख्न, तिनको नमूना प्रयोगशालामा पठाउन र रोग प्रमाणित भएमा सो खोरमा रहेका पशुलाई नष्ट गर्न, मरेको पशुलाई खाडलमा गाड्नसमेत सल्लाह दिइएको छ । कार्यक्रममा पशुपन्छी विकास निर्देशनालयका निर्देशक डा वसन्तबहादुर सिंह, पशु चिकित्सक डा हेमराज अवस्थीलगायतले रोगको रोकथामका बारेमा प्रकाश पर्नुभएको थियो । 

कार्यक्रममा कैलाली र कञ्चनपुरका विभिन्न पालिकाका पशु सेवा शाखाका अधिकृत, बङ्गुर तथा सुँगुरपालन व्यवसाय गरिरहेका किसानलगायत सहभागी हुनुहुन्थ्यो । विसं २०७८ चैतमा नेपालका केही जिल्लामा देखिएको यो रोग सुदूरपश्चिम प्रदेशमा भने पहिलोपटक देखिएको हो । एक तथ्याङ्कअनुसार यो रोगका कारण अहिलेसम्म देशका विभिन्न क्षेत्रमा २५ हजारभन्दा बढी बङ्गुर तथा सुँगुर मरेको जनाइएको छ । 
 
खासगरी धेरै युवा यो बङ्गुर तथा सुँगुरपालनमा आकर्षित भएर अर्थोपार्जन गरिरहेको अवस्थामा रोग फैलिएमा ठूलो आर्थिक क्षति हुनसक्ने चिकित्सकको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंग्यायो

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...

एमालेले समानुपातिक सांसदको लागि १६ जनाको नाम सिफारिस गर्यो, को- को परे ?

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...

नेपालका शान्ति सैनिक सुरक्षित – लेबनानमा हवाई आक्रमण भए पनि मानवीय क्षति छैन

काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...

गुन्डुमा एमाले सचिवालय बैठक सुरु, बाबुको शोकमा रहेको अवस्थामै सहभागी भए ओली

काठमाडौँ ।  नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...

ललितपुर महानगरपालिकाको प्रशासनिक कामका लागि तीन वटा भवन तयार

ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...

इथानोल मिश्रित पेट्रोल: ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...

मध्यपूर्वको अस्थिरताप्रति सरकार सजग, विदेशमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...

लागु औषध ट्रामाडोल र स्पास्पेन सहित चौधरी पक्राउ

इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् ।  जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...

तीन महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: