Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार : मन्त्री भुसाल

खबरडबली संवाददाता

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा र सबलीकरण गर्नुपर्ने दायित्व प्रभावकारी ढङ्गबाट अगाडि बढाउनुपर्ने बताएकि छन् । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर निर्वाचन क्षेत्र नं ३ को उम्मेदवारका रुपमा आज साझा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले राजनीतिक उपलब्धिको संरक्षणका लागि संयुक्त सङ्घर्ष जारी राख्दै समुन्नत आर्थिक–सामाजिक विकासको महाअभियान सञ्चालन गर्नुपर्ने बताइन् ।  

नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्वपूर्ण आधार तयार भएको जनाउँदै उनले ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढेको र स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा पुगेको बताइन् । “भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भई जनताको जीवनस्तरमा केही सुधार आएको छ, यस्ता कार्यक्रमलाई अझ प्रभावकारी एवं गुणस्तरीय तुल्याई आर्थिक आधार सबल गर्नु हामी सबैको दायित्व हो”, उनले भनिन् “समृद्ध मुलुक, सम्पन्न नेपालीको सपना साकार गर्ने हाम्रो लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन जरुरी छ ।”

आसन्न निर्वाचनमार्फत जनअनुमोदित भएर राष्ट्रिय राजनीतिमा ललितपुरका जनताको प्रतिनिधित्व गर्ने दौडमा रहेको जनाउँदै उनले सदा झै अझ प्रभावकारी र सशक्त तथा सेवामैत्री, प्रगतिउन्मुख र स्वाभिमानी जनप्रतिनिधिका रुपमा आफूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास दिलान् । ललितपुरको कला, संम्पदा, संस्कृति र परम्परालाई यहाँको हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोड्नुपर्नेमा जोड दिँदै उहाँले आगामी पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार हुने दाबी गरिन्। 

“गुणस्तरीय जीवन समाजवादको प्रस्थान बिन्दु हो । त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरुपका नीति तथा कार्यक्रम तर्जुमा गर्न हामी प्रतिबद्ध छौँ”, मन्त्री भुसालले भनिन् ।

कार्यक्रममा ललितपुर क्षेत्र नं ३९१०का प्रदेशसभा सदस्य उम्मेदवार राजकाजी महर्जन, ९२०का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठलगायत समानुपातिक उम्मेदवारहरूको उपस्थिति थियो ।

गुणस्तरीय जीवनका तीन आधारस्तम्भ

प्रतिबद्धतापत्रमा अर्थतन्त्र, पर्यावरणरवातावरण र समाजलाई गुणस्तरीय जीवनका तीन आधारस्तम्भका रुपमा राखिएको छ । पर्यटनमा आधारित अर्थतन्त्र निर्माण, पर्यावरणमैत्री पूर्वाधार निर्माण र समातामूलक समाज निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । 

ललितपुरका अमूल्य कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्दै आकर्षक पर्यटकीय ‘प्रोडक्ट’ उत्पादनका लागि स्थानीय तथा सरोकारवाला निकायसँग व्यापक परामर्श गरेर स्पष्ट नीति निर्माण गरी कार्यान्वयन गरिने, ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार गरिने, रथ, जात्रा, पर्व, खाना, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवद्र्धन गरिने तथा हस्तकला ९मूर्ति, काष्ठ, चित्र० केन्द्रको स्तरोन्नति गरिने प्रतिबद्धतापत्रमा समावेश गरिएको छ । 

प्रतिबद्धतापत्रमा स्वच्छ पर्यावरणमा ललितपुरवासी रमाउन पाउनुपर्ने, स्वच्छ वातावरणमा रहेर सामाजिक–आर्थिक गतिविधि गर्न पाउनुपर्ने विषयलाई प्राथमिकता दिइएको छ । आगामी पाँच वर्षभित्र निर्माणाधीन बाग्मती, नख्खु, कर्मनासालगायत करिडोर सम्पन्न गरिने, विकास निर्माणका निकायहरुबीच उचित समन्वयका लागि नीतिगत पहल गरिने, गुणस्तरीय सुरक्षित सडक र सुविधा सम्पन्न यातायात व्यवस्था गरिने उल्लेख छ । कृषि पर्यटनको प्रवद्र्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिँचाइको व्यवस्था, कृषि उपजको व्यवस्थित सङ्कलन तथा बजारीकरण गरिनेछ । 

स्वतन्त्रतासहितको समतामूलक समाज निर्माणका लागि युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिकसहित सबै समुदायका लागि विशेष कार्यक्रम बनाएर कार्यान्वयन गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । हरेक श्रमको आर्थिक मूल्यको समानताका लागि नीति निर्माण गरी कार्यान्वयन, महिला हिंसाको उन्मूलन, हरेक क्षेत्रमा सुरक्षित महिला र बालबालिका, महिलाको वित्तीय अधिकार÷आर्थिक आत्मनिर्भरताका कार्यक्रम, स्थानीय युवाका लागि रोजगारमूलक तालिम, बहुराष्ट्रिय कम्पनीसँग युवा उद्यमीलाई जोडिने तथा ललितपुरमा रहेका विकास साझेदार संस्थाहरूसँग प्रभावकारी सहकार्य गर्दै थप नयाँ नियोगलाई आकर्षित गरिने प्रतिबद्धता छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागलुङबाट तीन महिला समानुपातिक सांसद

गलकोट। प्रतिनिधिसभाको समानुपातिक तर्फ बागलुङबाट तीन जना महिला सांसद बन्ने निश्चित भएको छ। बागलुङका दुई निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी ...

बाजुराका उच्च स्थानमा वर्षासँगै हिमपात

बाजुरा। बाजुराका उच्च स्थानमा वर्षासँगै हिमपात भएको छ। गत आईतबार बेलुकी पानीसँगै उच्च स्थानमा हिमपात परेको हो। जिल्लाका हिमाली, स्वामिकार्तिक खापर,...

बिहे भोजमा रसबरी घाँटीमा अड्किँदा युवकको मृत्यु

नयाँ दिल्ली । भारतको झारखण्ड राज्यस्थित जमशेदपुरमा आयोजित एक वैवाहिक समारोह अचानक शोकमा परिणत भएको छ। बिहेको भोजका क्रममा रसबरी खाने क्रममा एक युवकको ...

तीन महिनापछि पोखरा–जोमसोम उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ । मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चापसमेत न्यू...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

काठमाडौं । ड्रोन आक्रमणपछि आगलागी भएको कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्ष...

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: