Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

चितवनमा घरजग्गाका कारोबारमा झण्डै आधाले गिरावट

महानगरपालिकाले खुलायो जग्गाको कित्ताकाट

खबरडबली संवाददाता
चितवन । चितवनमा घर जग्गाको कारोबारमा गिरावट आएको छ । मालपोत कार्यालय भरतपुरका अनुसार पछिल्लो छ महिनाको अन्तरालमा घरजग्गा कारोबार झण्डै आधाले घटेको हो । 
 
गत वैशाखदेखि असोजसम्मको तथ्याङ्कअनुसार चितवनमा घरजग्गा कारोबार आधाले घटेको पाइएको कार्यालयका प्रमुख शेरबहादुर भण्डारीले बताए । बैंकबाट कर्जा पाउन कठिन र ब्याजदरमा वृद्धि हुँदा घरजग्गा कारोबार सिथिल बनेको उनको भनाइ छ । उननका अनुसार यो महिना त झन् २० प्रतिशत मात्र घरजग्गाको कारोबार भएको छ ।  
 
अहिले बैंक तथा वित्तीय संस्थाले लिलामीमा राखेका घरजग्गासमेत बिक्री नभएको व्यवसायीले बताउँदै आएका छन् । घरजग्गा किन्न खोज्ने पनि सहजै बैंकिङ कर्जा नपाउँदा यो अवस्थामा लगानी गरिहाल्ने मुडमा छैनन् । यो अवस्थामा घरजग्गाको मूल्य घट्ने आँकलन व्यवसायीको छ । त्यसकारण पनि खरिदकर्ता पर्ख र हेरको अवस्थामा छन् ।
 
तरलता अभावसँगै सरकारले भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएपछि जग्गा वर्गीकरणविना कारोबार गर्न पाइँदैन । सोही कारण घरजग्गा कारोबारको सङ्ख्या घटेको प्रमुख भण्डारीले बताए। भूमि व्यवस्था मन्त्रालयले आगामी मङ्सिर २३ गतेभित्र स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रभित्रको जग्गालाई कृषि क्षेत्र र गैरकृषि क्षेत्रमा छुट्याउनुपर्ने गरी पत्राचार गरेको थियो । 
 
घरजग्गा व्यवसायी सङ्घ चितवनका अध्यक्ष बाबुराम अधिकारीले चितवनमा घरजग्गा व्यवसायी र किसान दुवै समस्यामा परेको बताए । उनले भने, “किसानले बिरामी पर्दा, छोराछोरी विदेश पठाउँदा पनि आफ्नो जग्गा बेच्न पाएका छैनन् । अर्कोतर्फ सबै पालिकामा कित्ताकाट नखुल्दा पनि व्यवसायी र सर्वसाधारण पीडामा परेका छन् ।” 
 
उनले भने, “भरतपुर महानगरपालिकामा झण्डै पाँच सय लिखत निवेदन थन्किएर बसेका छन् । भित्रभित्र एउटा फाइलको रु ५० हजार लिएर सिफारिस गर्ने गरिएको छ ।” वडाले सिफारिस गरेपछि फेरि महानगरको प्राविधिकले हेर्ने त्यसले माथि प्रतिवेदन दिएपछि प्रमुख तथा उपप्रमुख रहेको अर्को समितिले अध्ययन गर्ने भनेर प्रक्रियालाई झन्झटिलो बनाएर नागरिकलाई दुःख दिने काम भएको उनले बताए । 
 
चितवनका अर्का व्यवसायी दिनेशकुमार चुके कित्ताकाटको समस्या नसुल्झँदा समस्या आएको बताए । उनले भने, “घरजग्गामा धेरै लगानी गरेका चितवनका व्यवसायी समस्यामा परेका छन् । स्थानीय तहको निगरानीमा किनबेच हुने व्यवस्था गर्नसकेमा राम्रो हुने थियो ।” 
 
लिखत पारित घट्दाको प्रत्यक्ष असर राजस्व सङ्कलनमा पनि परेको छ । मालपोत कार्यालय चितवनको तथ्याङ्क हेर्दा मालपोत कार्यालय चितवनमा वैशाख महिनामा एक हजार एक सय ३५ वटा लिखत पास भएकामा असोज महिनासम्म आउँदा चार सय ९६ वटा लिखत पास भएका छन् । जेठ महिनामा एक हजार एक सय ७० पुगेको लिखतको सङ्ख्या असार, साउन र भदौमा निरन्तर ओरालो लागेको हो । जुन घटेको तथ्याङ्क ५६।३० ले कम हो । वैशाखमा एक सय २५ वटा पास भएको माडी मालपोतको लिखत घटेर असोजमा ५९ मा झरेको थियो भने चार सय ५३ रहेको चनौली मालपोतको लिखित असोजमा एक सय ३५ मा झरेको थियो । पूर्वी चितवनको खैरहनी मालपोतमा पनि वैशाखमा २२८ रहेको सङ्ख्या घटेर असोजमा एक सय ३० मा घटेको तथ्याङ्कले देखाउँछ ।
 
उक्त अवधिमा मालपोत कार्यालय चितवनमा घरजग्गा कारोबारबाट उठ्ने राजस्वमा पनि झण्डै ५० प्रतिशत गिरावट आएको देखिन्छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चितवनमा गत वैशाखमा रु १० करोड ४५ लाख ४४ हजार एक सय ५२ राजस्व सङ्कलन भएकामा असोजमा घटेर रु छ करोड १९ लाख १३ हजार पाँच सय ८७ मात्र राजस्व सङ्कलन भएको छ । यो सङ्ख्या ४० प्रतिशत बढीले कम हो ।
 
मालपोत कार्यालय चितवनले यो आर्थिक वर्षको पछिल्लो तीन महिनामा एक हजार पाँच सय ८६ वटा मात्र जग्गा खरिद बिक्री भएको जनाएको छ । यो अवधिमा कार्यालयले रु २४ करोड ९६ हजार राजस्व सङ्कलन गरेको छ । 
 
महानगरपालिकाले खुलायो जग्गाको कित्ताकाट
 
भरतपुर महानगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । पाँच हजार वर्गमिटरभन्दा कम अर्थात् १४ कट्ठा १५ सम्म क्षेत्रफल भएको जग्गाको कित्ताकाट खुला गरिएको महानगरका उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए । जग्गा व्यवसायीसँग भएको मौखिक सहमतिपछि महानगरले बोर्ड बैठकबाट नै जग्गा कित्ताकाटको निर्णय गरेको अधिकारीले बताउनुभयो । भू–उपयोग नियमावली, २०७९ को नियम ८ मा भू–उपयोग क्षेत्र वर्गीकरण गर्ने आधार र मापदण्ड रहेको छ ।
 
यसै नियमावलीको अनुसूची १ को बुँदा क ९९० मा बसोबास, व्यावसायिक क्षेत्र वा अन्य उपयोग भएको क्षेत्रसँग जोडिएको भए तापनि कित्ताको क्षेत्रफल पाँच हजार वर्गमिटरभन्दा बढी अर्थात् १४ कट्ठा १५ धुरभन्दा बढी खेती गरिएको वा खनजोत गरिएको वा पर्ती बाँझो जग्गा कृषि क्षेत्र भनी उल्लेख गर्नुपर्ने व्यवस्था छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...

काठमाडौँमा बर्डफ्लु बढ्दै, एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम  विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ

विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...

म्याग्दीमा टिप्परको ठक्करबाट मजदुरको मृत्यु

म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ राताखोला स्थित ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा टिप्परको ठक्करबाट एक मजदुरको मृत्यु भए...

रवि लामिछानेलाई पूर्णबहादुर खड्काको बधाई

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट क...

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु

काठमाडौं । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९...

डे ब्रुएनाको गोलमा बेल्जियम न्युजिल्यान्डविरुद्ध ३–० ले अगाडि

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ३–० को सहज अग्रता बनाएको छ। बेल्जियमका लागि पहि...

सार्वजनिक बिदामा पनि खुल्ने मोदी गाउँपालिका कार्यालय

पर्वत । आर्थिक वर्षको अन्त्यमा बजेट तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँपालि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending