Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

म आफै प्रत्यक्ष निर्वाचन लड्ने चाहाना हुँदाहुँदै लड्न पाइन्ः डा महत

खबरडबली संवाददाता

लेखनाथ । नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले आफु प्रत्यक्ष निर्वाचन लड्ने चाहाना हुँदाहुँदै  लड्न नपाएको जनाएका छन् । 

नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतले भने,“राजनीतिक दल मात्र होइन, नेपाली जनतालेसमेत कांग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन् । कांग्रेस सरकारमा भएकै समयमा विद्यालय, कलेज, सडक, विद्युत्, अस्पताल र एयरलायन्स  व्यापक मात्रामा विस्तार भए, अब कांग्रेस गाउँका सडक बाह्रैमहिना सञ्चालन गर्ने योजनाका साथ अगाडि बढ्छ” । 

अघिल्लो सरकारले फुस्रा आश्वासन मात्र दिएर काम केही नगरेको र कोभिडको समयमा समेत भ्याक्सिन छिटो ल्याउनुपर्नेमा कमिसनको चक्करमा लाग्दा जनताले समयमा भ्याक्सिन नपाएको नेता महतको आरोप थियो ।

पछिल्ला दिनमा अन्य पार्टीभन्दा कांग्रेस नै ठिक भनेर जनता कांग्रेसप्रति आकर्षित भएको उनको भनाइ थियो ।  संविधानको रक्षा, मानव अधिकार, व्यक्ति स्वतन्त्रता र लोकतन्त्रको संरक्षण कांग्रेसले मात्र गर्न सक्ने भनाइ उनको छ ।

देशैभरि पाँच दलीय गठबन्धनका उम्मेदवार उठेका र यो वा त्यो पार्टी नभनी ती उम्मेदवारलाई जिताउन सक्रिय रुपमा लाग्न कांग्रेसका नेता तथा कार्यकर्तालाई उनले आग्रहसमेत गरे । “सबै पार्टीलाई सिट बाँड्दा कांग्रेसले सबै सिटमा उम्मेदवार उठाउने कुरा आएन, कांग्रेसभित्र एक से एक नेता उम्मेदवार हुन लायक छन्, अहिले टिकट पाइन भनेर असन्तुष्ट बन्न भएन”, नेता महतले भने, “म आफैको प्रत्यक्ष निर्वाचन लड्ने चाहाना हुँदाहुँदै  लड्न पाइन् ।” 

पाँच दलीय गठबन्धन राजनीतिक आवश्यकता भएको उनको भनाइ थियो । उनले भने, “एक्लै चुनाव लडेर भन्दा गठबन्धनबाट लड्दा धेरै सिट जित्न सकिने भएकै कारण निर्वाचनमा पाँच दलीय गठबन्धन रोज्नु परेको हो ।” संविधानको रक्षा र राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धन अगाडि बढेको उनको भनाइ थियो । 

प्राप्त उपलब्धिको रक्षा गर्दै यही संविधानलाई टेकेर समयको माग अनुसार संविधान संशोधन गर्ने कांग्रेसको लक्ष्य रहेको जानकारी पनि डा महतले दिए । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डीला सङ्ग्रौलाले निर्वाचनमा एक भोटले पनि ठूलो महत्व राख्ने हुँदा आगामी मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गरे । “काम गर्ने पार्टी कांग्रेस हो, तर जनतामाझ प्रचारप्रसार गर्न नसक्दा पछि परेका छौँ”, डा सङ्ग्रौलाले भने ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending