Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

मिदिमखोला मोटरेवल पुल सम्पन्न

खबरडबली संवाददाता

लमजुङ । मिदिमखोला मोटरेवल पुल निर्माण सम्पन्नसँगै यहाँका स्थानीयवासीको दैनिकी फेरिएको छ । 

गण्डकी प्रदेश सरकारको सहयोगमा जिल्लाको क्व्होलासोथर गाउँपालिका –८ घाम्राङ र वडा २ मालिङ जोड्ने मिदिमखोला पुल केही दिनअघि निर्माण सम्पन्नसँगै स्थानीयको आवातजावतमा समय छोटिएसँगै यतिबेला दैनिक पनि फेरिएको हो । पुल नहुँदा अन्य स्थानबाट घुमेर घण्टौँ समय लाग्ने गरे पनि सो समयभन्दा झन्डै तीन/चार घण्टा समय छोटिएपछि यहाँका स्थानीयवासीको दैनिकी पनि सहज बन्न पुगेको हो ।

खोलाले पालिकालाई दुई भागमा बाँडे पनि मिदिमखोला पुलले जोडेको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए । उनले भने  “विशेष गरी पसगाउँ, सिङ्दीका जनता पालिका केन्द्र र जिल्ला सदरमुकामसम्म पुग्नलाई सहज बनाएको छ । सँगसँगै वडा नं २ मालिङ र ४ नम्बरको वडाका जनतालाई पोखरासम्म सिधा बाटो जानसक्ने भएको छ ।”

बेँसीसहरबाट जाँदा उदिपुरको झन्झटिलो बाटो व्योहोर्नु नपर्ने भएको उनको  भनाइ थियो । छोटो बाटो टक्सार रामबजार हुँदै पोखरा जानलाई समेत सहज बनाएको उनको भनाइ छ । त्यस्तै, मान्छे बिरामी हुँदा, स्थानीयवासीको उत्पादित वस्तु बजारसम्म पु¥याउन यो पुल मेरुदण्डको रुपमा स्थापित भएको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

स्थानीयवासी सुलबहादुर विकले पुल निर्माणले आवतजावत सहज भएसँगै यहाँका स्थानीयवासी हर्षित भएको बताए । पूर्वाधार विकास कार्यालयमार्फत प्रदेश सरकारको रु सात करोड दश लाख बीस हजारमा सो पुल निर्माण सम्पन्न गरेको पूर्वाधार कार्यालय लमजुङका प्रमुख सुमन गिरीले बताए । उनका अनुसार ७० मिटर लम्बाइ र ६ मिटर चौडाइको यस पुलको दुवैतर्फको पिलर उठाउने, तारजाली लगाउने, सुपर स्ट्रक्चरको ढलान कार्यलगायत सम्पूर्ण कार्य सम्पन्न भएसँगै केही दिनअघिदेखि सवारीसाधन चल्न थालेको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending