काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपाललाई सहयोगस्वरुप भारतले दुई सय थान सवारीसाधन उपलब्ध गराएको छ । अर्थमन्त्री जनार्दन शर्मालाई अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सरकारका तर्फबाट उपहारस्वरुप उपलब्ध गराइएका सवारी साधन (पीक भ्यान)को साँचो हस्तान्तरण गरे ।
ती सवारी साधनमध्ये एक सय २० वटा सुरक्षा निकाय र बाँकी निर्वाचन आयोगलाई उपलब्ध हुनेछ । भारतले विगत वर्षमा पनि निर्वाचनका समयमा यस प्रकारको सवारीसाधन उपलब्ध गराउँदैआएकामा हालसम्म दुई हजार चार सय सवारी साधन उपलब्ध गराइसकेको छ । त्यसमध्ये दुई हजार सुरक्षा निकाय र ४०० थान निर्वाचन आयोगलाई प्राप्त भएको थियो ।
हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री शर्माले मुलुकमा शान्ति, स्थायित्व र सामाजिक आर्थिकरुपान्तरण र लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन सामग्री महत्वपूर्ण रहेको बताए । उनले भने, “हामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम सघाँरमा छौँ । यो निर्वाचन नयाँ संविधान निर्माणपछिको दोस्रो अवधिको निर्वाचनले लोकतन्त्र सुदृढीकरण र आर्थिक सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”
नेपालको आग्रहमा भारत सरकारबाट उपहारस्वरुप ती सवारी साधन प्राप्त भएकामा धन्यवाद ज्ञापन गर्दै अर्थमन्त्री शर्माले भारत हाम्रो महत्वपूर्ण विकास साझेदार रहेको बताए ।
“छिमेकी हुनुका नाताले भूकम्प र कोभिड–१९को सङ्कटका समयमा पनि महत्वपूर्ण सहयोग भएको थियो । रासायनिक मल प्राप्त हुने चरणमा छ, त्यसका लागि पनि भारतलाई धन्यवाद छ । दुई देशबीचको व्यापार सन्तुलन गर्ने हाम्रो महत्वपूर्ण कार्यभार रहेको छ,” उनले भने, “नेपालको विद्युत् भारतीय बजारमा लैजानका लागि राजदूतले महत्वपूर्ण भूमिका निर्वाह गरेकोे छ । दुई देशबीचको सामाजिक, सांस्कृतिक, व्यापारिकसम्बन्ध विस्तारमा यस्ता सहयोगले सघाउनेछ ।”
राजदूत श्रीवास्तवले उपहारस्वरुप उपलब्ध गराइएका सवारीसाधन नेपाल र भारतबीचको सौहार्दपूर्ण सम्बन्धको प्रतिकारुपमा रहेको बताए । उनले भने, “नेपाल प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको आगामी निर्वाचनको तयारीमा जुटेको छ, चुनावी कार्यक्रममा सहयोगका रुपमा हामीले सवारीसाधन उपलब्ध गराउन पाएकामा खुसी व्यक्त गर्न चाहन्छौँ ।”
कार्यक्रममा गृहमन्त्रालयका सचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याललगायतको सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: