Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

ज्येष्ठ नागरिकलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध

खबरडबली संवाददाता
मध्यविन्दु  । नवलपरासीपूर्वको मध्यविन्दु नगरपालिका–९ की पुतलीकुमाल ७५ वर्ष पुगिन् । उमेर ढल्कँदै गएपछि विभिन्न स्वास्थ्य समस्याले उनी पीडित भएकीमा स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि खुसी भएकी छन् । स्वास्थ्यकर्मीले घरमै आएर उच्च रक्तचाप, सुगर, दमलगायत रोग जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराएका छन् ।
 
सोही वडाकै ७८ वर्षीय रोशन सिंहलाई पनि उच्च रक्तचाप र दमको समस्या छ । आफैँ अस्पताल पुगेर औषधि लिन उनलाई समस्या थियो । गत साउनदेखि स्वास्थ्यकर्मी घरमै आएर जाँच गरी औषधि दिन थालेपछि उनी पनि खुसी भएका छन् । 
 
उक्त नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा कार्यक्रम समावेश गरी नगरभित्रका १५ वटै वडामा गत साउनदेखि यपचारात्मक कार्यक्रम सञ्चालन गरेको छ । उक्त नगरपालिकामा चालु आर्थिक वर्षदेखि महिनाको एक पटक ज्येष्ठ नागरिकको घर घरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्न थालिएको हो । प्रत्येक महिनको २० देखि २४ गतेसम्म स्वास्थ्यकर्मी घरघरमै स्वास्थ्य परीक्षणका गर्ने क्रममा उनीहरुको  मासिक स्वास्थ्य र अवस्थाबारे  अभिलेख राखिनका साथै  आवश्यक परामर्श प्रदान गर्ने पनि गरिएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख ख्यामबहादुर क्षेत्रीले बताए । “घरघरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत नगरभित्रका करिब दुई हजार तीन सय ज्येष्ठ नागरिकले लाभ लिएका छन्”, उनले भने, “यसबाट अशक्त, अपाङ्ग, दीर्घरोगी र पहाडी क्षेत्रका ज्येष्ठ नागरिकलाई अझ प्रभावकारी भएको महसुस गरिएको छ ।”
 
भौगोलिक दृष्टिले विकट पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकदेखि आर्थिक अवस्था कमजोर भएका घरपरिवारले यस कार्यक्रमबाट लाभ लिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए ।
 
जनताका बीचमा गरिएको प्रतिबद्धताअनुसार ज्येष्ठ नागरिकलाई घरआँगनमै स्वास्थ्य परीक्षण गर्न १५ वटै वडामा स्वास्थ्यकर्मीको टोली गाउँगाउँ खटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पहिलो चरणमा उहाँहरूको स्वास्थ्य परीक्षण गरी सामान्य औषधि वितरण गरिरहेका छौँ । स्वास्थ्य चौकीमा निःशुल्क नपाइने औषधि पनि खरिद गरेर वितरण गर्दै आएका छौँ ।” 
 
पहिलो चरणमा सबै ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था, सेवन गरिरहेको औषधिको विवरणलगायत आधारभूत तथ्याङ्क टिपोट गरी लगत सङ्कलन गरिएको छ । सबै लाभग्राहीको छुट्टाछुट्टै रेकर्ड फाइल तयारी गरी अवस्था विश्लेषण गर्ने गरिएको छ । प्रत्येक ६÷६ महिनामा विशेषज्ञ चिकित्सकसहित घरघरमा स्वास्थ्य परीक्षण गरिएको र घरघरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणमा खटिने स्वास्थ्यकर्मीलाई विशेष प्रोत्साहान भत्तासमेत उपलब्ध गराइएको नगरपालिकाका सूचना अधिकारी सुमनराज रेग्मीले बताउनुभयो । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending