Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

‘आश्वासन धेरै पाइयो, विकासको अनुभूति भएन’

खबरडबली संवाददाता

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–२ सहलकोटस्थित सुकेकोटका रनबहादुर राना उमेरले ७२ वर्षको भए । आफ्नो जीवनकालमा विभिन्न समयमा भएको निर्वाचनमा मतदान गरे । उनी मताधिकार प्रयोग गर्न पाउने उमेरदेखि नै लगातार विभिन्न तहका निर्वाचनमा सहभागी भई मतदान गर्दै आएका छन् । तर गाउँमा  विकासको परिवर्तन नहुँदा उनी चिन्तित छन्। 

यसपटक आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश तहको निर्वाचनमा मत माग्न उम्मेदवारहरू उनको घरदैलोमा पुगेका छन् । आफूले जानेदेखि नै सुनाएका, आश्वासन दिएका पुरैना योजना लिएर विभिन्न राजनीतिक दलका उम्मेदवार, नेता, कार्यकर्ता, स्वतन्त्र उम्मेदवार गाउँका नागरिकलाई विभिन्न योजना लिएर विश्वस्त पार्न आउने गरेको राना बताउँछन् ।

“चुनावका बेला जहिल्यै उही पुरानू योजना लिएर उम्मेदवार आउँछन्, निर्वाचन जितेर गएपछि काम केही गर्ने होइनन्, नेताको अनुहार देख्नै पाइँदैन”, उनले भने, “सामान्य आधारभूत आवश्यकता पूरा नभएको ठाउँमा ठूला–ठूला विकासका योजना सुनाएर हामी गाउँका जनतालाई सधैं भ्रममा पारिरहेका छन् ।”

गाउँमा दीर्घकालीन योजना बनाएर काम थालनी गर्ने हो भने धेरै कुराको विकास हुने ज्येष्ठ नागरिक रानाको भनाइ छ । यस गाउँमा ऐतिहासिक थुप्रै गुफाहरू छन् । यिनीहरुको संरक्षण नहुँदा यो ठाउँ सधैँ ओझेलमा परिरहेको छ । गुफा संरक्षण गरेर राम्रोसँग सञ्चालन गर्न सकेको खण्डमा आम्दानीको दरिलो आयस्रोत बन्ने उनी बताउँछन् । 

गाउँमा हिउँदयाममा सडक गुडे पनि वर्षायामका बेला सधैँ सास्ती नागरिकले भोगिरहनुपरेको छ । खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य, बाटोजस्ता सामान्य आधारभूत कुरा अझै पनि परिपूर्ति हुनसकेको छैन । जसले गर्दा यहाँबाट स्थानीय अन्यत्र बसाइँसराइ गएका छन् । बोलेका कुरा पूरा गर्न नसक्ने तर चुनाव आउँदैपिच्छे गाउँमा केन्द्रित भई स्थानीयलाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरिँदा यसपटकको चुनावमा यहाँका मतदाता खासै उत्साहित देखिँदैनन् ।

अहिलेको समयमा पनि गाउँमा खानेपानी, बिजुली, सडक, शिक्षा, स्वाथ्यजस्ता समस्यासँग नागरिक जुधिरहेका छन् । आधारभूत आवश्यकता गाउँमा नहुँदा हामी जनता सधैं अन्धकारमा नै जीवन जिउनु परिरहेको बताउछिन्, बीना गाहा । 

“पाँच वर्षअघि भएको सङ्घ र प्रदेशको चुनावमा उम्मेदवारले खानेपानी धारा घर घरमै पुर्याइदिन्छौँ भनेका कुरा भाषणमा मात्रै सीमित बन्यो, अहिले पनि गाउँमा पर्याप्त खानेपानीको सुविधा छैन, एकवटा धारा पाँच–सात घरपरिवारले प्रयोग गर्नुपर्छ, कहिलेकाहीँ त अभावमा पानी उपयोग गर्नै पाइँदैन”, उनले गुनासो पोखिन्।

विद्युत् सेवा नहुँदा सोलार प्रणालीबाट बत्ती बालिए पनि पर्याप्त मात्रामा उपयोग गर्न स्थानीयले पाएका छैनन् । चुनावका बेला ल्याएका योजना कार्यान्वयन नहुँदा स्थानीयले उम्मेदवारलाई जनताको मन जितेर काम गर्न सुझाव दिएका छन् । चुनावका बेला गाउँ केन्द्रित हुने उम्मेदवार निर्वाचन जितेर सत्तामा पुगेपछि गाउँ नफर्कने, गाउँका समस्या सरकारसमक्ष नपुर्याउँदा विकासमा सधैं पछाडि परिरहेको तिलिसरा राना बताउँछिन् ।

गाउँमा राम्रो विद्यालय नहुँदा छोराछोरी सहरबजारमा भाडामा राखेर पढाउनुपर्ने बाध्यता स्थानीयवासीले भोग्नुपरेको तिलिसराले बताइन् । उचित शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, सडकको राम्रो प्रबन्ध भयो भने स्थानीयले गाउँ छाड्दैनथे । सामान्य आधारभूत समस्याका कारण गाउँका उर्वरशील जमिन, थाकथलो नै छाड्न बाध्य छन् ।

सहलकोट क्षेत्रमा घरबास (होमस्टे) सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रशस्त सम्भावना छ । हरियाली डाँडाकाँडाले भरिएको, उत्तरतर्फ कालीगण्डकी नदी बहेको, हिमालको मनोरम दृश्यले सबैलाई लोभ्याउने प्राकृतिक सौन्दर्यता छ । 

अघिल्ला वर्षका निर्वाचनमा गाउँमा होमस्टे सञ्चालन गर्ने योजना ल्याउँदा ग्रामीण भेगका नागरिकमा ठूलो आशा र उत्साह छायो । सो आशाले स्थानीयले मतदान गरे तर अहिलेसम्म यहाँ घरबासको काम भने हुनसकेको छैन । अब पनि जनतालाई आफ्नो पक्षमा मतदान गर्न विभिन्न प्रलोभन देखाउँदै आश्वासन नदिन यहाँका स्थानीयको विभिन्न दलका नेता, कार्यकर्ता, स्वतन्त्र उम्मेदवारसँग आग्रह छ ।

गाउँमा शिक्षाको कमीका कारण बालविवाहमा कमी आउन सकेको छैन । चेतनाको स्तरवृद्धि गर्न विभिन्न शिक्षामूलक कार्यक्रम अति आवश्यक छ । परिवारमा अशिक्षाको कमीले सानै उमेरमा घरजम गर्ने क्रम गाउँमा विद्यमान नै छ । सो समस्याको समाधानतर्फ अबका नेतृत्वले प्राथमिकता दिनुपर्ने स्थानीयको माग छ ।

सङ्घ र प्रदेश तहको निर्वाचनका चुनावी प्रचारात्मक कार्यक्रम गाउँघर केन्द्रित बनेको छ । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि विभिन्न दलका उम्मेदवार, स्वतन्त्र उम्मेदवार, नेता, कार्यकर्ता आफ्नो पक्षमा मतदान गर्न गाउँ–गाउँमा पुगेका छन् । मतदाताले अघिल्ला निर्वाचनका बेला गरेका बाचा, प्रतिबद्धताअनुसार गाउँमा काम नभएको असन्तुष्टि पोखिरहेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending