Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

‘आश्वासन धेरै पाइयो, विकासको अनुभूति भएन’

खबरडबली संवाददाता

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–२ सहलकोटस्थित सुकेकोटका रनबहादुर राना उमेरले ७२ वर्षको भए । आफ्नो जीवनकालमा विभिन्न समयमा भएको निर्वाचनमा मतदान गरे । उनी मताधिकार प्रयोग गर्न पाउने उमेरदेखि नै लगातार विभिन्न तहका निर्वाचनमा सहभागी भई मतदान गर्दै आएका छन् । तर गाउँमा  विकासको परिवर्तन नहुँदा उनी चिन्तित छन्। 

यसपटक आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश तहको निर्वाचनमा मत माग्न उम्मेदवारहरू उनको घरदैलोमा पुगेका छन् । आफूले जानेदेखि नै सुनाएका, आश्वासन दिएका पुरैना योजना लिएर विभिन्न राजनीतिक दलका उम्मेदवार, नेता, कार्यकर्ता, स्वतन्त्र उम्मेदवार गाउँका नागरिकलाई विभिन्न योजना लिएर विश्वस्त पार्न आउने गरेको राना बताउँछन् ।

“चुनावका बेला जहिल्यै उही पुरानू योजना लिएर उम्मेदवार आउँछन्, निर्वाचन जितेर गएपछि काम केही गर्ने होइनन्, नेताको अनुहार देख्नै पाइँदैन”, उनले भने, “सामान्य आधारभूत आवश्यकता पूरा नभएको ठाउँमा ठूला–ठूला विकासका योजना सुनाएर हामी गाउँका जनतालाई सधैं भ्रममा पारिरहेका छन् ।”

गाउँमा दीर्घकालीन योजना बनाएर काम थालनी गर्ने हो भने धेरै कुराको विकास हुने ज्येष्ठ नागरिक रानाको भनाइ छ । यस गाउँमा ऐतिहासिक थुप्रै गुफाहरू छन् । यिनीहरुको संरक्षण नहुँदा यो ठाउँ सधैँ ओझेलमा परिरहेको छ । गुफा संरक्षण गरेर राम्रोसँग सञ्चालन गर्न सकेको खण्डमा आम्दानीको दरिलो आयस्रोत बन्ने उनी बताउँछन् । 

गाउँमा हिउँदयाममा सडक गुडे पनि वर्षायामका बेला सधैँ सास्ती नागरिकले भोगिरहनुपरेको छ । खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य, बाटोजस्ता सामान्य आधारभूत कुरा अझै पनि परिपूर्ति हुनसकेको छैन । जसले गर्दा यहाँबाट स्थानीय अन्यत्र बसाइँसराइ गएका छन् । बोलेका कुरा पूरा गर्न नसक्ने तर चुनाव आउँदैपिच्छे गाउँमा केन्द्रित भई स्थानीयलाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरिँदा यसपटकको चुनावमा यहाँका मतदाता खासै उत्साहित देखिँदैनन् ।

अहिलेको समयमा पनि गाउँमा खानेपानी, बिजुली, सडक, शिक्षा, स्वाथ्यजस्ता समस्यासँग नागरिक जुधिरहेका छन् । आधारभूत आवश्यकता गाउँमा नहुँदा हामी जनता सधैं अन्धकारमा नै जीवन जिउनु परिरहेको बताउछिन्, बीना गाहा । 

“पाँच वर्षअघि भएको सङ्घ र प्रदेशको चुनावमा उम्मेदवारले खानेपानी धारा घर घरमै पुर्याइदिन्छौँ भनेका कुरा भाषणमा मात्रै सीमित बन्यो, अहिले पनि गाउँमा पर्याप्त खानेपानीको सुविधा छैन, एकवटा धारा पाँच–सात घरपरिवारले प्रयोग गर्नुपर्छ, कहिलेकाहीँ त अभावमा पानी उपयोग गर्नै पाइँदैन”, उनले गुनासो पोखिन्।

विद्युत् सेवा नहुँदा सोलार प्रणालीबाट बत्ती बालिए पनि पर्याप्त मात्रामा उपयोग गर्न स्थानीयले पाएका छैनन् । चुनावका बेला ल्याएका योजना कार्यान्वयन नहुँदा स्थानीयले उम्मेदवारलाई जनताको मन जितेर काम गर्न सुझाव दिएका छन् । चुनावका बेला गाउँ केन्द्रित हुने उम्मेदवार निर्वाचन जितेर सत्तामा पुगेपछि गाउँ नफर्कने, गाउँका समस्या सरकारसमक्ष नपुर्याउँदा विकासमा सधैं पछाडि परिरहेको तिलिसरा राना बताउँछिन् ।

गाउँमा राम्रो विद्यालय नहुँदा छोराछोरी सहरबजारमा भाडामा राखेर पढाउनुपर्ने बाध्यता स्थानीयवासीले भोग्नुपरेको तिलिसराले बताइन् । उचित शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, सडकको राम्रो प्रबन्ध भयो भने स्थानीयले गाउँ छाड्दैनथे । सामान्य आधारभूत समस्याका कारण गाउँका उर्वरशील जमिन, थाकथलो नै छाड्न बाध्य छन् ।

सहलकोट क्षेत्रमा घरबास (होमस्टे) सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रशस्त सम्भावना छ । हरियाली डाँडाकाँडाले भरिएको, उत्तरतर्फ कालीगण्डकी नदी बहेको, हिमालको मनोरम दृश्यले सबैलाई लोभ्याउने प्राकृतिक सौन्दर्यता छ । 

अघिल्ला वर्षका निर्वाचनमा गाउँमा होमस्टे सञ्चालन गर्ने योजना ल्याउँदा ग्रामीण भेगका नागरिकमा ठूलो आशा र उत्साह छायो । सो आशाले स्थानीयले मतदान गरे तर अहिलेसम्म यहाँ घरबासको काम भने हुनसकेको छैन । अब पनि जनतालाई आफ्नो पक्षमा मतदान गर्न विभिन्न प्रलोभन देखाउँदै आश्वासन नदिन यहाँका स्थानीयको विभिन्न दलका नेता, कार्यकर्ता, स्वतन्त्र उम्मेदवारसँग आग्रह छ ।

गाउँमा शिक्षाको कमीका कारण बालविवाहमा कमी आउन सकेको छैन । चेतनाको स्तरवृद्धि गर्न विभिन्न शिक्षामूलक कार्यक्रम अति आवश्यक छ । परिवारमा अशिक्षाको कमीले सानै उमेरमा घरजम गर्ने क्रम गाउँमा विद्यमान नै छ । सो समस्याको समाधानतर्फ अबका नेतृत्वले प्राथमिकता दिनुपर्ने स्थानीयको माग छ ।

सङ्घ र प्रदेश तहको निर्वाचनका चुनावी प्रचारात्मक कार्यक्रम गाउँघर केन्द्रित बनेको छ । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि विभिन्न दलका उम्मेदवार, स्वतन्त्र उम्मेदवार, नेता, कार्यकर्ता आफ्नो पक्षमा मतदान गर्न गाउँ–गाउँमा पुगेका छन् । मतदाताले अघिल्ला निर्वाचनका बेला गरेका बाचा, प्रतिबद्धताअनुसार गाउँमा काम नभएको असन्तुष्टि पोखिरहेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...

रवि–बालेन अब ‘एउटै गाडी’मा

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...

रवि र बालेनबीच ‘वान–टु–वान’ वार्ता, निवासमा भेट गराएका आशिफले भने : कथाको सुखद् सुरूआत भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending