Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

कोदोको ढिडो र सिस्नोको तरकारीको स्वाद पस्कदै गुरुङ घरबास

खबरडबली संवाददाता

नवलपरासी । स्थानीय संस्कृति र परिकार पस्किएर पाहुनाको स्वागतसँगै आर्थिकस्तर विकासका लागि खोलिएका कतिपय घरबासलाई आधुनिकताले छुँदै गएको छ । 

स्थानीय संस्कृति, रहनसहन र खानाका परिकार छाडेर आवासीय घरमा परिणत भएका त्यस्ता घरबासका लागि नवलपुरको लहापेमा रहेको गुरुङ घरबास सिकाइको केन्द्र बनेको छ । जिल्लाको दुर्गम पहाडी क्षेत्रमा रहेको गुरुङ घरबासले पाहुनालाई स्थानीय परिकारको स्वाद चखाउँदै आएको छ । त्यतिमात्रै होइन, स्थानीय संस्कृति रहनसहन प्रस्तुत गरी पाहुनालाई आकर्षित गर्दै आएको छ । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रअन्तर्गत बौदीकाली गाउँपालिका–६ लहापेमा पर्ने गुरुङ घरबासले अझै पनि घरबासको मर्मलाई कायम राख्दै आएको छ । पूर्व–पश्चिम राजमार्गको कावासोतीबाट करिब ३० किलोमिटर उत्तरमा पर्ने यस घरबासमा पुग्ने पाहुनाको रोजाइमा कोदोको ढिडो, सिस्नोको तरकारी र तामाको अचार पर्ने गरेको छ । 

घरबासमा आएका पाहुनाको रोजाइमा परेका ती परिकारको स्वाद चखाइरहेका छन् गुरुङ घरबासका सञ्चालक । 

“यहाँ आउने पाहुनाले यहाँको स्थानीय खान के पाइन्छ भन्ने गर्नुहुन्छ, हामीकहाँ कोदोको ढिँडो र सिस्नोको तरकारी मुख्य हो भन्दा उहाँहरू खुसी हुँदै त्यही माग्नुहुन्छ”, घरबास सञ्चालक पवित्रा गुरुङले भने । 

कतिपयका लागि सिस्नोको तरकारी खाएको अनुभवसमेत नहुने हुँदा त्यसको माग गर्ने उहाँले बताए। यससँगै स्थानीयरूपमा उत्पादन गरिएका खाद्यान्न तथा तरकारी, स्थानीय जातका कुखुराका परिकार घरबासमा बस्ने पाहुनालाई प्रदान गर्ने गरिएको बताए ।
 
“हामीले घरबासमा स्थानीयतालाई जोगाउन कोसिस गरिरहेका छौँ, त्यो खानाका परिकारमा मात्रै होइन, मनोरञ्जनका लागि प्रस्तुत गरिने सांस्कृतिक प्रस्तुतिमा समेत ग्रामीण कला, संस्कृति र रहनसहनलाई समेट्ने गरेका छौँ”, सञ्चालक गुरुङले भने। 

 मनोरञ्जनका लागि झाम्रे, कुरुवालगायत लोकगीतसहितका सांस्कृतिक कार्यक्रम पाहुनाका लागि प्रस्तुत गर्ने गरिएको उहाँको भनाइ छ । ती गीतमा स्थानीय विषयवस्तु, जीवनका सुख, दुःखका भोगाइ पर्ने गरेका छन् ।

धौबादी फलाम खानीको उत्तरी सिमाना लहापेमा पर्ने गुरुङ घरबास अग्लो पहाडको काखमा छ । प्राकृतिकरूपमा मनोरम स्थानमा पर्ने गुरुङ घरबास यहाँ रहेका १० घरपरिवार मिलेर विसं २०७३ देखि सञ्चालनमा ल्याएका हुन् । पहाडी क्षेत्रमा पर्ने यहाँको घरबासमा नवलपुरसहित आसपासका जिल्लाबाट समेत पाहुना आउने गरेका छन् । 

मुख्यगरी नवलपुरका राजमार्ग आसपास र चितवनबाट गर्मीको समयमा पाहुना लहापेस्थित घरबासमा आउने गरेका छन् । गर्मी छल्न बजार धेरैजसो यहाँ आउने गरेको गुरुङ घरबासका अध्यक्ष यमबहादुर गुरुङले बताए ।

गर्मी समयमा यहाँको मौसम चिसो हुने हुँदा पाहुनाको आगमन धेरै हुने बताए । गुरुङ घरबासमा आउने आँखै अगाडि लमतन्न परेका अन्नपूर्ण, माछापुच्छ, धवलागिरि हिमशृङ्खलाका दृश्यावलोकन गर्न पाउँदा खुसी व्यक्त गर्ने गरेको अध्यक्ष गुरुङले बताए। 

“यहाँबाट मुख्यगरी विभिन्न हिमाल नजिकै देखिन्छ, यहाँ आउने जो–कोहीको मन हिमशृङ्खलाका दृश्यले तान्ने गर्दछ, पहाडी टाकुरा उस्तै देखिन्छन्”, अध्यक्ष गुरुङले भने, “यसकारण यहाँ आउने पाहुनाले रमाइलो महसुस गर्ने गर्दछन् ।” घरबासमा आएका पाहुना पहाडी पाखामा पैदलयात्राको अनुभवसहित मृग र घोरल अवलोकन गर्न पाउने उनको भनाइ छ । 

वर्षाको समयमा पहिराका कारण बाटो अवरुद्ध हुँदा भने घरबास सुनसानजस्तै हुने गरेको अध्यक्ष गुरुङले बताए। “वर्षामा बाटो छेकिन्छ, बाटोको स्तरोन्नति गरे बाह्रै महिना घरबासमा सहजरूपमा पाहुना आउन सक्थे, यसका लागि सरोकारवालाले पहल गरिदिए हुन्थ्यो”, उनले भने।

दश घरमा घरबास सञ्चालन गरिएको यहाँ २० वटा आवासीय कोठा छन् । एउटा कोठाको रु तीन सय ५० देखि रु चार सयसम्म लिने गरेको घरबास सञ्चालक चमकुमारी गुरुङले बताउनुभयो । घरबास सञ्चालनपछि जीविकोपार्जनमा सहयोग पुगेको उहाँले बताए। 

पहाडी क्षेत्रमा अन्य रोजगकारको अवसर नहुने भए पनि घरबास सञ्चालनपछि आयआर्जनको माध्यम बनेको उनले बताए। यसले घरपरिवारको आर्थिक गर्जो टार्न सहयोग पुग्दै आएको सञ्चालक गुरुङले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending