Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

'केटिले अर्को जन्मदर्ता बनाएको छु' भनेबितिकै शंका लागेर होटल जाने सोच बनाएका थिए सन्दीपले

आफू कुर्सीमा र पीडित भनिएकी किशोरी बेडमा सुतेको सन्दीपको जिकिर

खबरडबली संवाददाता

काठमाडौं । बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेले पीडित भनिएकी किशोरी र आफू राति एउटै कोठामा रहे पनि शारीरिक सम्बन्ध नराखेको बयान दिएका छन् ।

काठमाडौँ जिल्ला अदालतमा दायर अभियोगपत्रमा सन्दीपको उक्त बयान उल्लेख छ । नगरकोटबाट फर्कने क्रममा आफूले होस्टलमै निजलाई छोडिदिने उद्देश्यले होस्टेलको लोकेसन माग्दा निजले होस्टल बन्द भइसक्यो भनेपछि ‘होटल काठमाडौँ इन’ मा फोन गरी कोठा बुक गरिदिएको सन्दीपको भनाइ छ ।

उक्त होटलमा पुगेपछि आफूले निजलाई ‘तिमी जाँदै गर, म गाडी पार्किङ गरेर आउँछु’ भनेपछि निज गाडीबाट आफ्नो मोबाइल र मास्क लिई गएको र आफू गाडी पार्किङ गर्न गएको सन्दीपले बयानमा उल्लेख गरेका छन् । ‘मैले गाडी पार्किङ गरी होटलभित्र छिरी कोठाको बारेमा सोध्दा निजले कोठाको चाबी लिई पहिले नै कोठा नम्बर ४०७ मा गएकी रहिछन्, त्यसपछि म त्यही कोठामा गएँ,’ बयानमा सन्दीपले भनेका छन् ।

कोठामा एसी नचलेका कारण निज किशोरीले नै कोठा चेन्ज गर्न आग्रह गरेको र निजले भने अनुसार आफूले होटलको रिसेप्सनमा पुगेर अर्को कोठाको चाबी लिएर करिब २३ः५५ बजेतिर ३०५ नम्बरको कोठामा गएको सन्दीपको भनाइ छ ।

‘कोठामा पुगिसकेपछि म कुराकानी गर्नका लागी कुर्चीमा बसेँ भने म पछि निज आएर कोठाको ढोका लगाई भित्रबाट लक गरेकी थिइन्,’ बयानमा सन्दीपले भनेका छन्, ‘मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन, इट्स ओके भन्दै जवाफ फर्काइन् । मैले यो कुरालाई सामान्य रूपमा लिएर कुर्चीमा बसिरहेँ भने निज बेडमा बसिन् र कुराकानीकै बिचमा म फ्रेस हुनका लागि बाथरुम गई पुनः कुर्चीमा आई बसेँ ।’

त्यसपश्चात खेल जीवनका बारेमा निजसँग कुराकानी भएको सन्दीपले जनाएका छन् । कुराकानीकै क्रममा निजले आफ्नो बाबुआमाका कारण धेरै दुःख पाएको र घरको आर्थिक स्थितिसमेत राम्रो नरहेको बताएको सन्दीपको भनाइ छ ।

कुराकानी गर्दागर्दै बिहानको करिब ०३ः४५र०४ः०० बजेको सन्दीपले बयानमा भनेका छन् । सोही क्रममा निज किशोरीले आफू अहिले १९ वर्षको भएको र मलाई भविष्यमा धेरै कुराहरुमा सजिलो हुन्छ भनेर आमाबुबाको सहयोगमा उमेर घटाई अर्को जन्मदर्ता बनाएको समेत बताएको सन्दीपको भनाइ छ ।

‘यो कुरा सुन्दा निजमाथि शंका लागि तत्कालै होटल जाने सोच बनाएँ । त्यसपछि मैले निजलाई म अहिले होटल जान्छु, म तिमीलाई भोलि बिहान होस्टेलसम्म पु¥याइदिन आउँछु भन्दा निजले तपाई अहिले जाँदा आउँदा एक घण्टा जति लाग्छ, त्यतिबेलासम्म त म पनि जाने बेला हुन्छ, त्यो भन्दा बरु तपाई यही बस्नुस्, हामी यहीँ कुराकानी गरौँला भनी आग्रह गरिन्’ भनेर सन्दीपले बयानमा उल्लेख गरेका छन् ।

सन्दीपले बयानमा भनेका छन्, ‘त्यसपछि मलाई निजले भनेको कुरा पनि ठिक लाग्यो, जाँदा आउँदा अझ ढिलो हुन्छ, त्योभन्दा बरु अर्को कोठा लिन्छु, म त्यहीँ सुत्छु र बिहानै तिमीलाई बिहानै होस्टेल पुर्‍याई दिन्छु भन्दा समेत निजले मलाई अर्को कोठा लिन दिइनन् र निजले मलाई कोठामा मलाई एक्लै बस्न डर लाग्छ, तपाई बरु यही बस्नुस्, हामी यहीँ बसी अझै केही गफ गरौँला भनी कर गर्न थालिन् ।’

आफू धेरै बेर कुर्चीमा बसेको देख्दा निजले बेडमा आएर बस्नसमेत आग्रह गरेको तर आफूले ‘हैन म यहीँ ठिक छु’ भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्चीमा बसेको र निज बेडमै रहेको सन्दीपको भनाइ छ ।

‘मैले मेरो मोबाईलमा बिहानको ०६ः०० बजे अलार्म लगाई कुराकानी गर्दा गर्दै म कुर्चीमा निदाएँ । बिहान ०६ः०० बजे अलार्म बजेपछि म निद्राबाट ब्युँझिएर हेर्दा निज सुतेकी थिइन्, मैले निजलाई उठाएँ । म फेरि बाथरुममा फ्रेस भई आई निजलाई तिमी ब्रेकफास्टमा केही लिन्छौ भनी सोधेकोमा निजले मलाई तपाईलाई जान ढिलो हुन्छ, बरु म होस्टेलमा गएर खान्छु भन्ने कुरा गरेपछि करिब ०६ः४५ बजेतिर हामी होटलबाट निस्केका थियौँ,’ सन्दीपको भनाइ छ ।

त्यसपछि आफूले निजलाई निजकै होस्टल नजिक छाडेको र सोही साँझ आफूसहित क्रिकेट टिम केन्यातर्फ प्रस्थान गरेको सन्दीपले जनाएका छन् ।

‘केन्या गएको दिनसम्म हाम्रो स्न्याप च्याटमा कुराकानी भएको थियो । मैले निजलाई म अब आफ्नो काममा व्यस्त हुन्छु, गेममा फोकस गर्नुपर्छ भनेको थिएँ । त्यसपछि निजसँग मेरो कुराकानी भएको थिएन,’ सन्दीपले बयानमा भनेका छन् ।

भदौ २२ गते आफूले सामाजिक सञ्जालमार्फत एक्कासि निज पीडित भनिएकी किशोरीको दाइले म उपर जबरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएको थाहा पाएको उनको भनाइ छ ।

‘निजले आफ्नो १९ वर्ष पुगिसकेको र आफ्नो प्रेमीसमेत भएको बताएको हुनाले मैले साथीको नाताले निजसँग सतर्कता अपनाउनुको साथै निज उदास भएको देखेर गीतको माध्यमबाट सहज महसुस गराउने प्रयास समेत गरेको थिएँ । होटलको कोठामा बस्दा आ–आफ्नो स्थानमा छुट्टाछुट्टै बसी घरायसी व्यक्तिगत तथा पेशागत कुराकानी मात्र गरी बसेका हौँ,’ सन्दीपको बयानमा उल्लेख छ ।रातोपाटी

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टीलाई सामूहिक नेतृत्वमा विधिपूर्वक चलाउन अध्यक्षमा दाबी गरेको हुँ: ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले) नेता ईश्वर पोखरेलले पार्टीलाई ठीक ढंगले सञ्चालन गर्न अध्यक्ष पदमा दाबी गरेको बताएका छन्। महाधिवेशनको बन्दसत्र स्थलमा पत्रक...

दृढ अठोट र ऊर्जासहित आचरणशील र नेतृत्वको खाँचो छ : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गरेको छन्। उनले...

कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति हो: महामन्त्री थापा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण...

दर्जनभन्दा बढी बैंकले ब्याजदर घटाए, कसको कति ?

काठमाडौँ। एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्ति...

एमाले महाधिवेशनमा सहभागीलाई ब्रेड–फलफूलदेखि मासु–भातसम्मको व्यवस्था

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका लागि ब्रेड–फलफूलदेखि मासु–भातसम्मको खाना–नास्ताको व्यवस्था गरिएको छ। ख...

निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सरकारको प्रमुख दायित्व : गृहमन्त्री अर्याल

पोखरा। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकाले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जि...

सुनको भाउ २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ...

व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र एप्रुभ गर्ने कर्मचारीसहित दुई पक्राउ

काठमाडौं । व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’ गरेको आरोपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जना पक्राउ प...

कम मूल्यमा धान बिक्री गर्न बाध्य सप्तरीका किसान

सप्तरी। सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानहरूसँग सस्तोमा धान किनेर महँगोमा बेच्दै...

सिड्नी गोलीकाण्ड अपडेट: मृतकको सङ्ख्या १६ पुग्यो

काठमाडौँ। सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending