कास्की । पोखरा महानगरले पार्किङ प्रयोजनका लागि मुख्य सडक आसपासका खाली जग्गा भाडामा लिने भएको छ ।
महानगरले सुचना जारी गर्दै न्युरोडलगायत मुख्य सडक आसपासमा घरजग्गा पार्किङ प्रयोजनका लागि भाडामा दिन इच्छुक जग्गाधनीलाई निवेदन दिन आग्रह गरेको हो । इच्छुक जग्गाधनीले निवेदनपत्र, जग्गाधनी दर्ता पुर्जाको प्रमाणपत्र, जग्गाको नापी नक्सा, जग्गा धनीको नागरिकताको छाँयाप्रतिसहित आवेदन दिन सक्ने महानगरले बताएको छ ।
निवेदन पत्रमा अपेक्षित भाडा पनि उल्लेख गर्नुपर्ने महानगरले जनाएको छ । अबको ३० दिनभित्रमा इच्छुकले आवेदन दिन सक्नेछन् । पोखरा महानगरका मुख्य सडक क्षेत्रमा डेडिकेटेड पार्किङको अभावमा सवारीसाधनहरु सडकमा नै पार्किङ हुने गरेका छन् ।
सडकमा महानगरले ठेक्का नै लगाएर सशुल्क पार्किङ सञ्चालन गर्ने गरेको छ । सवारी कर तिर्दा सडक दस्तुर भनेर तिर्दै आएका सर्वसाधारणले पार्किङका लागि पनि सोही सडकमा थप शुल्क लाग्दा दोहोरो शुल्क तिर्न परेको भन्दै गुनासो गर्दै आएका छन् ।
पछिल्लो स्थानीय तह निर्वाचनमार्फत निर्वाचित भएका महानगरका मेयर धनराज आचार्यले पार्किङ शुल्क हटाउने बताए पनि अहिलेसम्म महानगरका सडकमा पार्किङ शुल्क भने उठिरहेकै छ । महानगरले गत मंसिर १४ मा सडक पार्किङका लागि ठेकेदार कम्पनी फेवा सावित्री जेभीसँग ३ करोड १६ लाख ७० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: