Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

किसान भन्छन्– पहिले सुन्तला पाकेपछि कहाँ लैजाने भन्ने हुन्थ्यो अहिले बगैँचाबाटै सुन्तला बिक्री

खबरडबली संवाददाता

नवलपरासी । नवलपुरको बौदीकाली–५ बबकका सुन्तला किसान देउबहादुर रानालाई यसपटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । अघिल्ला वर्षहरूमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने भएपनि अहिले बगैँचाबाटै सुन्तला बिक्री हुँदा उनी खुसी छन् । व्यापारीले बगैँचाबाटै सुन्तलाको मूल्य गरी खरिद गरेपछि उनलाई सुन्तलाले बजार पाएन भन्ने चिन्ता यसपटक हटेको छ । “पहिले सुन्तला पाकेपछि कहाँ लैजाने भन्ने हुन्थ्यो, अहिले बोटबाट टिपेपछि, यहीबाट जोखेर व्यापारीले लैजाँदा बजारको समस्या हटेको छ”, उनले भने, “यसले बेच्ने समस्या हटेको छ, हामी खुसी छौँ ।”

नवलपुरको बबक सुन्तला खेतीका लागि जिल्लाको प्रख्यात ठाउँ हो । यहाँका हरेक घरपरिवारले धेरै–थोरै सुन्तला लगाउने गरेका छन् । जिल्लाको पहाडी क्षेत्रका बबक, राइकोट, जौवारीलगायतका क्षेत्रमा राम्रो सुन्तला उत्पादन हुने गरेको छ । अहिले सुन्तला किसानले सुन्तला टिप्न सुरु गरेका छन् । अघिल्ला वर्षमा बजारका समस्या झेलेका यस क्षेत्रका किसानले अहिले कतिपय व्यापारी बगैँचामै पुग्ने कतिपयले फोनको भरमा सुन्तला माग गरेपछि किसानले टिपेर पठाइदिने गरेका छन् । यसले गर्दा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ । 

सुन्तला बिक्रीमा अहिले समस्या नभएको र कावासोती, नारायणगढलगायतका व्यापारीले गाउँबाटै खरिद गरिदिँदा किसानलाई सहजता भएको सुन्तला किसान गेसबहादुर रानाले बताए । व्यापारीको मागअनुसार स्थानीयरूपमा सुन्तला सङ्कलन गरी गाडीमा राखेर बजारसम्म पुर्याए मात्रै हुने उनले बताए । व्यापारीले गाउँमै सुन्तलाको मूल्य तय गरी लैजाने गरेको उनको भनाइ छ । “व्यापारीले माग रामै गरिरहेका छन्, यही मूल्य तय गरी जोखेर पठाएमात्रै हुन्छ, कुन बजारमा लगेर बेच्ने भन्ने चिन्ता अहिले छैन”, उनले भने । 

किसान आफैँले सुन्तला बजारमा पुर्याउँदा मूल्य निर्धारण कति हुने, कुन ठाउँ लैजाने भन्ने चिन्ता हुने गरेकामा गाउँबाटै मूल्य तय गरी व्यापारीको मागअनुसार पठाउने गरेको उनको भनाइ छ । गाउँका विभिन्न स्थानमा स्थानीय व्यक्तिले सुन्तला सङ्कलन गरी सोही ठाउँबाट खरिद बिक्री गर्दै आएका छन् ।

बबकका सुन्तला किसानले अहिले प्रतिकिलो रु ५५ का दरले सुन्तला बगैँचाबाट बिक्री गर्दै आएका छन् । यो मूल्य राम्रो भएको सुन्तला किसान गेसबहादुर रानाले बताए । गत वर्षभन्दा राम्रो नै मूल्य किसानले प्राप्त गरेको उनको भनाइ छ ।

यस वर्ष गत वर्षभन्दा सुन्तलाको फलसमेत राम्रो लागेको किसानको भनाइ छ । सुन्तलाको फूल खेल्ने समयमा मौसम अनुकूल हुँदा र रोग किराको प्रकोप नलाग्दा यस वर्ष सुन्तला उत्पादन राम्रो भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नवलपुरका प्रमुख विष्णु शर्माले बताए। यस वर्ष गत वर्ष एक हजार २०  मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष २० प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको उनको भनाइ छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाका पहाडी क्षेत्रका विभिन्न वडा समेटेर सुन्तला जोन कार्यक्रमसमेत सञ्चालन गरिएको छ । जसअन्तर्गत किसानलाई प्राविधिक सहयोग साथै विभिन्न अनुदान प्रदान गर्ने गरिएको छ । यसले पनि सुन्तला उत्पादन बढाउन सहयोग पुगेको उनको भनाइ छ ।

गत वर्षभन्दा सुन्तला उत्पादन हुने क्षेत्रसमेत क्रमशः वृद्धि हुँदै गएको कार्यालय प्रमुख शर्माले बताए । जिल्लाको बौदिकाली, बुलिङ्टार, गैँडाकोटको पहाडी क्षेत्रमा गरी करिब सात हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफूल खेती हुँदै आएको उनको भनाइ छ ।

गत वर्ष किसानले एक हजार २० मेट्रिक टन सुन्तला बिक्रीबाट किसानले रु पाँच करोड १० लाख आम्दानी गरेकामा यस वर्ष किसानको आम्दानीसमेत वृद्धि हुने अपेक्षा गरिएको छ । जोन कार्यक्रम सञ्चालन गरी किसानलाई सहयोग प्रदान गर्न थालेपछि सुन्तला खेतीतर्फ पहाडका किसानको आकर्षण बढ्दो छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending