काठमाडौं । भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा शहर अधिक प्रभावित भएका छन् ।
मुस्लिम मिन्डानाओ ९बीएआरएमएम० को बाङ्सामोरो स्वायत्त क्षेत्रका आन्तरिक एवं स्थानीय सरकार मन्त्री नागुइब सिनारिम्बोका अनुसार दातु ओडिन सिनसुआतमा ४२ जनाको मृत्यु भएको छ । पूर्वी प्रान्त क्यामेरिन्स सुरमा शनिबार बिहान आएको आँधी नाल्गामा परेर पाँच जनाले ज्यान गुमाएका छन् ।
बाढी प्रभावित क्षेत्रमा उद्धारका काम जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जानकारी उनले दिएका छन् । कुसियोङमा एघार जना बालबालिकाको शव उद्धारकर्मीले माटोको ढिस्कोबाट निकालेका उनले बताए । कुसियोङका ६० जना हराइरहेका छन् ।
मागुइन्डानाओ प्रान्तीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयका प्रमुख नसरुल्लाह इमामले स्थानीय बासिन्दाको उद्धारका निम्ति सेना र प्रहरी तैनाथ गरिएको बताएका छन् । हालसम्म सात हजारभन्दा बढी बाढी पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । फिलिपिन्समा यो वर्षको बाढीपहिरामा परी दुई सय ४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १०:४८
मुस्ताङ। यहाँको मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ । विसं २०२२ मा पहिचान भएको यस गाउँको नाम हो साङ्ता । पछि पत्ता लागेका कारण यहाँको साङ्...
मंसिर २४ गते, २०८२ - १०:२९
सप्तरी। सप्तरीबाट हराएका एक सयभन्दा बढी बालबालिका, महिला तथा ज्येष्ठ नागरिक फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ । साढे तीन वर्षको अवधीमा...
मंसिर २४ गते, २०८२ - १०:१९
भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि कानुनी प्रक्रिया पूर...
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...
मंसिर २३ गते, २०८२ - १६:५४
कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...
मंसिर २३ गते, २०८२ - १६:३६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...
मंसिर २३ गते, २०८२ - १६:२३
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...
मंसिर २३ गते, २०८२ - १६:११
विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...
मंसिर २३ गते, २०८२ - १५:५२
काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...
मंसिर २३ गते, २०८२ - १५:३४
चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...




प्रतिकृया लेख्नुहोस्: