Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

हिउँ चितुवाको संख्यामा वृद्धिसँगै द्वन्द्व बढ्दै

खबरडबली संवाददाता

जाजरकोट । विसं २०७७ फागुन २८ गते उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५२ च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा परी मरे । गोठमै हिउँ चितुवा पसेपछि च्याङ्ग्रा सबै मारिए । विसं २०७८ माघ २३ गते राति साल्दाङ्कै लुरी गाउँका अर्का किसान प्रेमा गुरुङका ९८ वटा भेडाच्याङ्ग्रा हिउँ चितुवाको आक्रमण परेको थियो । 

वर्षेनी यहाँका किसानले पालेका भेडाच्याङ्ग्रा हिउँ चितुवाको सिकार बन्दै आएका छन् । करिव २५ हजारभन्दा बढी भेडाच्याङ्ग्रा रहेको उपल्लो डोल्पामा हिउँ शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट आएको हिउँ चितुवाले दुःख दिने गरेको पाइएको छ । सन् २०१७ देखि २०२२ सम्मा मात्र दुई हजारभन्दा बढी भेडाच्याङ्ग्रालाई खोरमै आएर हिउँ चितुवाले सिकार भएको निकुञ्जकै तथ्याङ्कमा उल्लेख छ । आधा समय हिउँले ढाक्ने उपल्लो डोल्पामा पशुपालन मुख्य आम्दानीको स्रोत रहेको छ । प्रतिघरमा ५० र अधिकतम ५ सयसम्म भेडाच्याङ्ग्रा पालन गरेर आर्थिकरुपमा सवल बन्न यहाँका स्थानीयवासीले भारी मेहनत गरिरहेका डब्लुडब्लुएफ नेपालका अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत चन्द्रजङ्ग हमालले बताए ।

हिउँ चितुवाको प्राकृतिक आहारामध्ये ४२ प्रतिशत घरपालुवा पशु चौपाया नै रहेको अधिकृत हमालले बताए । निकुञ्जभित्रका गाउँ भएका कारण पनि यहाँका पशु चौपाया हिउँ चितुवाको सिकार बढी हुने गरेका छ । बुढो हिउँ चितुवाले वन्यजन्तुको सिकार गर्न नसकेपछि घर पालुवा जनावरलाई आहार बनाउँदै आएको अधिकृत हमालले जानकारी दिए । निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार स्थानीयवासीसँग मिलेर पशुचौपाया जोगाउनका लागि काम गरिरहेका बताए । यो वर्ष पनि त्यो काम हुने उनले बताए । 


मारिएका च्याङ्ग्राको क्षर्तिपूर्तिका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ ९तेस्रो संशोधन २०७५०अनुसार निकुञ्जद्वारा राहत दिँदै आएको छ । साना र असुरक्षित घोर भएकै कारण हिउँ चितुवा सजिलै प्रवेश गरेर एक घण्टामै लाखौँको क्षति पुग्दै आएको छ । खोर निर्माणका लागि सरकारले नै विशेष प्राथमिकतामा राखेर सम्वोधन गरेमा यहाँका किसानलाई राहत पुग्ने हमालको भनाइ छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने छोल्फुमा सामुदायिक सुधारिएको खोर प्रयोग गरिरहेका पशुपालक किसानका अनुसार वन्यजन्तुबाट हुनसक्ने जोखिम न्यूनीकरणमा सहयोग पुगेको स्थानीय किसान तेन्जिङ ग्लजेन लामाले बताए । हिउँ चितुवा तीनरचार पटक खोरको छानामा आएर आक्रमण असफल भएको किसानले बताएका छन् । 

पहिले परम्परागत खुल्ला खोरमा राख्दा पशु चौपायालाई हिउँ चितुवाले आक्रमण गर्नसक्ने डरले रातमा राम्रोसँग सुत्न पनि नपाउने किसान अहिले सुधारिएको गोठका कारण ढुक्क भएर सुत्न पाएको उनले बताए । निकुञ्जभित्र रहेका सबै गाउँमा पशु बिमा गरेर यहाँका किसानलाई राहत उपलब्ध गराउन सके पशुको हानी कम गर्न सकिने राम्रो उपाय रहेको छ । अहिले पनि केही किसानले बिमा गरेका कारण पशुमा भएको क्षति वापत राहत बुझ्दै आएका छन् । बिमा कार्यक्रममा किसानले तिरेको प्रिमियम रकम र पशु बिमा समितिमा भएको अक्षयकोषको ब्याजबाट समितिले वन्यजन्तु पीडित परिवारलाई राहत दिने व्यवस्था गर्दै आएको छ । 

समुदायबाट सञ्चालित पशु बिमा कार्यक्रमलाई नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ सँग एकीकृत गरी सञ्चालन गर्न सके वन्यजन्तुबाट पीडित परिवारले दीगोरूपमा राहत हुने अधिकृत हमालले बताए । अधिकृत हमालका अनुसार पशु मूल्यको थोरै प्रतिशत प्रियिम ९बिमाङ्क रकम० तिरी किसानले प्रिमियम रकमको धेरै गुणा राहत लिन सक्छन् । उपसमितिले पशु बिमा प्रिमियम र अक्षयकोषको ब्याजबाट हुने आम्दानी हेरी राहतको दर वृद्धि गर्न पनि सक्छ । यो कार्यक्रम पशु बिमा उपसमितिले समुदायसँग छलफल गरी निर्माण गरेका निर्देशिकाबाट चल्छन् । उपसमितिले उक्त निर्देशिका समयसापेक्ष परिमार्जन गर्दै समुदाय सुहाउँदो बनाउन सक्छन् । माथिल्लो डोल्पाका संरक्षण अभियन्ता स्वर्गीय ठिल्ले लोन्डुप लामाले निकुञ्जमा हुने द्वन्द्वका विषयमा तत्कालिन प्रधानमन्त्री केपी ओली समक्ष जानकारी गराएका थिए । 

उपल्लो डोल्पामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित अर्थमन्त्री जनार्दन शर्मा भ्रमणमा जाँदा त्यहाँका स्थानीयवासीले पशु पालन व्यवसायलाई दिगो बनाउनका लागि पहल गरिदिन गरेको आग्रहअनुसार यो आर्थिक वर्षमा लागू हुने गरी पशुपालनलाई व्यवसाहिकरुपमा लिन बजेटको व्यवस्था गरिएको छ । हिमाली सहरको अवधारणाका साथै उपल्लो डोल्पामा पशुपालन व्यवसायलाई विकास गर्न बजेट बिनियोजन गरी काम सुरु गर्न लागिएको छ । निकुञ्जभित्र गाउँ भएका कारण यहाँ भारी क्षति हुँदै आएको छ । 

फोक्सुण्डोमा हिउँ चितुवाका लागि आहारा पर्याप्तता

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको सङ्ख्या बढेको पाइएको छ । सन् २००९ मा उच्च प्रविधिबाट गरिएको सर्वेक्षणअनुसार ११० देखि १३० को हाराहारीमा हिउँ चितुवा रहेको थियो । सन् २०१९ मा गरिएको सर्वेक्षणको नतिजा सार्वजानिक गरिएको छैन । सर्वेक्षण गरिएको तथ्याङ्क सार्वजानिक नगरिए पनि कम्तिमा ७० वटाको सङ्ख्यामा बढेको हुन सक्ने आँकलन गरिएको छ । 

यस्तै हिउँ चितुवाको मुख्य आहारको रुपमा रहेको नाउर सङ्ख्यासमेत २०२१ को गणनाअनुसार चार हजार पाँच सय भन्दाबढी रहेको निकुञ्जले जनाएको छ । एक हिउँ चितुवाले वर्षमा ४० वटा जति नाउरको सिकार गर्ने गर्दछ । यो हिसाबले निकुञ्जमा भएका नाउरको सङ्ख्या मापन गर्दा हिउँ चितुवाको आहारा पर्याप्तता भएको पाइएको छ । प्रत्येक वर्ष नाउरको गणना गरिँदै आएको संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए । हिउँ चितुवाको उमेरको आधारमा नाउरको सङ्ख्या सिकार हुने भण्डारीले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...

काठमाडौँमा बर्डफ्लु बढ्दै, एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम  विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ

विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...

म्याग्दीमा टिप्परको ठक्करबाट मजदुरको मृत्यु

म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ राताखोला स्थित ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा टिप्परको ठक्करबाट एक मजदुरको मृत्यु भए...

रवि लामिछानेलाई पूर्णबहादुर खड्काको बधाई

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट क...

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु

काठमाडौं । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९...

डे ब्रुएनाको गोलमा बेल्जियम न्युजिल्यान्डविरुद्ध ३–० ले अगाडि

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ३–० को सहज अग्रता बनाएको छ। बेल्जियमका लागि पहि...

सार्वजनिक बिदामा पनि खुल्ने मोदी गाउँपालिका कार्यालय

पर्वत । आर्थिक वर्षको अन्त्यमा बजेट तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँपालि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending