Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

हिउँ चितुवाको संख्यामा वृद्धिसँगै द्वन्द्व बढ्दै

खबरडबली संवाददाता

जाजरकोट । विसं २०७७ फागुन २८ गते उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५२ च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा परी मरे । गोठमै हिउँ चितुवा पसेपछि च्याङ्ग्रा सबै मारिए । विसं २०७८ माघ २३ गते राति साल्दाङ्कै लुरी गाउँका अर्का किसान प्रेमा गुरुङका ९८ वटा भेडाच्याङ्ग्रा हिउँ चितुवाको आक्रमण परेको थियो । 

वर्षेनी यहाँका किसानले पालेका भेडाच्याङ्ग्रा हिउँ चितुवाको सिकार बन्दै आएका छन् । करिव २५ हजारभन्दा बढी भेडाच्याङ्ग्रा रहेको उपल्लो डोल्पामा हिउँ शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट आएको हिउँ चितुवाले दुःख दिने गरेको पाइएको छ । सन् २०१७ देखि २०२२ सम्मा मात्र दुई हजारभन्दा बढी भेडाच्याङ्ग्रालाई खोरमै आएर हिउँ चितुवाले सिकार भएको निकुञ्जकै तथ्याङ्कमा उल्लेख छ । आधा समय हिउँले ढाक्ने उपल्लो डोल्पामा पशुपालन मुख्य आम्दानीको स्रोत रहेको छ । प्रतिघरमा ५० र अधिकतम ५ सयसम्म भेडाच्याङ्ग्रा पालन गरेर आर्थिकरुपमा सवल बन्न यहाँका स्थानीयवासीले भारी मेहनत गरिरहेका डब्लुडब्लुएफ नेपालका अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत चन्द्रजङ्ग हमालले बताए ।

हिउँ चितुवाको प्राकृतिक आहारामध्ये ४२ प्रतिशत घरपालुवा पशु चौपाया नै रहेको अधिकृत हमालले बताए । निकुञ्जभित्रका गाउँ भएका कारण पनि यहाँका पशु चौपाया हिउँ चितुवाको सिकार बढी हुने गरेका छ । बुढो हिउँ चितुवाले वन्यजन्तुको सिकार गर्न नसकेपछि घर पालुवा जनावरलाई आहार बनाउँदै आएको अधिकृत हमालले जानकारी दिए । निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार स्थानीयवासीसँग मिलेर पशुचौपाया जोगाउनका लागि काम गरिरहेका बताए । यो वर्ष पनि त्यो काम हुने उनले बताए । 


मारिएका च्याङ्ग्राको क्षर्तिपूर्तिका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ ९तेस्रो संशोधन २०७५०अनुसार निकुञ्जद्वारा राहत दिँदै आएको छ । साना र असुरक्षित घोर भएकै कारण हिउँ चितुवा सजिलै प्रवेश गरेर एक घण्टामै लाखौँको क्षति पुग्दै आएको छ । खोर निर्माणका लागि सरकारले नै विशेष प्राथमिकतामा राखेर सम्वोधन गरेमा यहाँका किसानलाई राहत पुग्ने हमालको भनाइ छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने छोल्फुमा सामुदायिक सुधारिएको खोर प्रयोग गरिरहेका पशुपालक किसानका अनुसार वन्यजन्तुबाट हुनसक्ने जोखिम न्यूनीकरणमा सहयोग पुगेको स्थानीय किसान तेन्जिङ ग्लजेन लामाले बताए । हिउँ चितुवा तीनरचार पटक खोरको छानामा आएर आक्रमण असफल भएको किसानले बताएका छन् । 

पहिले परम्परागत खुल्ला खोरमा राख्दा पशु चौपायालाई हिउँ चितुवाले आक्रमण गर्नसक्ने डरले रातमा राम्रोसँग सुत्न पनि नपाउने किसान अहिले सुधारिएको गोठका कारण ढुक्क भएर सुत्न पाएको उनले बताए । निकुञ्जभित्र रहेका सबै गाउँमा पशु बिमा गरेर यहाँका किसानलाई राहत उपलब्ध गराउन सके पशुको हानी कम गर्न सकिने राम्रो उपाय रहेको छ । अहिले पनि केही किसानले बिमा गरेका कारण पशुमा भएको क्षति वापत राहत बुझ्दै आएका छन् । बिमा कार्यक्रममा किसानले तिरेको प्रिमियम रकम र पशु बिमा समितिमा भएको अक्षयकोषको ब्याजबाट समितिले वन्यजन्तु पीडित परिवारलाई राहत दिने व्यवस्था गर्दै आएको छ । 

समुदायबाट सञ्चालित पशु बिमा कार्यक्रमलाई नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ सँग एकीकृत गरी सञ्चालन गर्न सके वन्यजन्तुबाट पीडित परिवारले दीगोरूपमा राहत हुने अधिकृत हमालले बताए । अधिकृत हमालका अनुसार पशु मूल्यको थोरै प्रतिशत प्रियिम ९बिमाङ्क रकम० तिरी किसानले प्रिमियम रकमको धेरै गुणा राहत लिन सक्छन् । उपसमितिले पशु बिमा प्रिमियम र अक्षयकोषको ब्याजबाट हुने आम्दानी हेरी राहतको दर वृद्धि गर्न पनि सक्छ । यो कार्यक्रम पशु बिमा उपसमितिले समुदायसँग छलफल गरी निर्माण गरेका निर्देशिकाबाट चल्छन् । उपसमितिले उक्त निर्देशिका समयसापेक्ष परिमार्जन गर्दै समुदाय सुहाउँदो बनाउन सक्छन् । माथिल्लो डोल्पाका संरक्षण अभियन्ता स्वर्गीय ठिल्ले लोन्डुप लामाले निकुञ्जमा हुने द्वन्द्वका विषयमा तत्कालिन प्रधानमन्त्री केपी ओली समक्ष जानकारी गराएका थिए । 

उपल्लो डोल्पामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित अर्थमन्त्री जनार्दन शर्मा भ्रमणमा जाँदा त्यहाँका स्थानीयवासीले पशु पालन व्यवसायलाई दिगो बनाउनका लागि पहल गरिदिन गरेको आग्रहअनुसार यो आर्थिक वर्षमा लागू हुने गरी पशुपालनलाई व्यवसाहिकरुपमा लिन बजेटको व्यवस्था गरिएको छ । हिमाली सहरको अवधारणाका साथै उपल्लो डोल्पामा पशुपालन व्यवसायलाई विकास गर्न बजेट बिनियोजन गरी काम सुरु गर्न लागिएको छ । निकुञ्जभित्र गाउँ भएका कारण यहाँ भारी क्षति हुँदै आएको छ । 

फोक्सुण्डोमा हिउँ चितुवाका लागि आहारा पर्याप्तता

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको सङ्ख्या बढेको पाइएको छ । सन् २००९ मा उच्च प्रविधिबाट गरिएको सर्वेक्षणअनुसार ११० देखि १३० को हाराहारीमा हिउँ चितुवा रहेको थियो । सन् २०१९ मा गरिएको सर्वेक्षणको नतिजा सार्वजानिक गरिएको छैन । सर्वेक्षण गरिएको तथ्याङ्क सार्वजानिक नगरिए पनि कम्तिमा ७० वटाको सङ्ख्यामा बढेको हुन सक्ने आँकलन गरिएको छ । 

यस्तै हिउँ चितुवाको मुख्य आहारको रुपमा रहेको नाउर सङ्ख्यासमेत २०२१ को गणनाअनुसार चार हजार पाँच सय भन्दाबढी रहेको निकुञ्जले जनाएको छ । एक हिउँ चितुवाले वर्षमा ४० वटा जति नाउरको सिकार गर्ने गर्दछ । यो हिसाबले निकुञ्जमा भएका नाउरको सङ्ख्या मापन गर्दा हिउँ चितुवाको आहारा पर्याप्तता भएको पाइएको छ । प्रत्येक वर्ष नाउरको गणना गरिँदै आएको संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए । हिउँ चितुवाको उमेरको आधारमा नाउरको सङ्ख्या सिकार हुने भण्डारीले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, तीन अर्बमाथीको कारोबार

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

भिजिट भिसा प्रकरण: रमेश लेखकसहित उच्चपदस्थ कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...

दवाडी र खापुङसँग जाँचबुझ आयोगले लिन थाल्यो बयान

काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...

सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...

पूर्वमुख्यसचिव अर्यालको जवाफ: शान्तिपूर्ण आन्दोलनको नाममा निषेधाज्ञा उल्लंघन भयो

अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ

डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवारमा देउवाको एकल सिफारिस

डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...

भदौ २४ मा थप ‘क्याजल्टी’ हुन नदिन बालुवाटार छोडेँ: ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...

आशा छ - मेरो विरुद्ध कोही नउठुन् र निर्विरोध जितूँ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...

भिजिट भिसा तस्करी प्रकरण: सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending