Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

हिउँ छिचोल्दै उपल्लो डोल्पामा खाद्यान्न ढुवानी

खबरडबली संवाददाता

डोल्पा । डोल्पाको छार्का ताङसोङ गाउँपालिका–६ का श्यामा तेन्जिन गुरुङलाई आफ्नो घरमा खाद्यान्न कसरी पु¥याउने चिन्ताले सताएको छ । कात्तिक महिनादेखि उपल्लो डोल्पाका अधिकांश बस्तीमा हिमपात भएर बाटो बन्द हुने भएपछि गुरुङलाई जसरी नि चिसो मौसममा परिवार पाल्नका लागि खाद्यान्नको जोहो गर्नुपरेको हो । 


उनको घरमा आठ जनाको परिवार छ । वर्षमा एक पटक मात्र पाक्ने अन्न उवाले सबै घर परिवारलाई पाल्न मुस्किल भएपछि सदरमुकाम दुनैबाट चामल ढुवानी गरेर गाउँ सम्मा लिनुपर्ने गुरुङको बाध्यता हो । सदरमुकाम सम्मा मात्र सडक सञ्जाल जोडिएका कारण उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्ने उपयुक्त माध्यम घोडा, खच्चड र चौँरीको सहारा नै हुन् । उनीजस्तै डोल्पोबुद्ध–१ का फुर्बा लामालाई समेत खाद्यान्न जम्मा गर्नकै पिरलो छ । हिमपातले बाटो बन्द नहुँदै खाद्यान्न जोहो गर्नु उनलाई बाँच्नका लागि सङ्र्घषजस्तै भएको छ ।

आर्थिकरुपमा बलियो भएका यहाँका स्थानीयवासी उपल्लो डोल्पाबाट अन्यत्र अस्थायीरुपमा बसाई सरे पनि निम्न आर्थिक अवस्था रहेका उपल्लो डोल्पाका सर्वसाधारण हिउँमै प्राकृतिक नाकाबन्दीमा परेर भए पनि थाकथलोमा बस्दै आएको लामाले जानकारी दिए । मङ्सिर ४ गते हुने चुनावको अन्य ठाउँमा भारी चिन्ता भए पनि उपल्लो डोल्पामा खाद्यान्न जोहोदेखि हिउँले कति समयभित्र बाटो बन्द गर्ला भन्ने चिन्ता बढी रहेको लामाको भनाइ छ । 

उपल्लो डोल्पाका तीनवटा पालिकामा कुन समयमा हिमपात हुन्छ वा मौसम बिग्रिन्छ थाहा नै नहुने गरेको शे फोक्सुण्डो गाउँपालिका–२ का पेम्मा ग्याल्छेल लामाले बताए । उनले भने, “सुविधा सम्पन्न ठाउँमा गफ लगाएजस्तो हाम्रो ठाउँमा छैन, भनेको समयमा औषधि, खानेकुरा, यातायातको सुविधा पाइँदैन । अब प्रकृतिले नै हामीलाई नाकाबन्दी लगाउँदै छ । भोट पनि कसरी खसाउने हो, समयमै हिउँ बढी परेमा मतदान केन्द्र सम्मा जानसमेत मुस्किल होला ।” उपल्लो डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री केन्द्रमा चामलसमेत छैन । लामो समयदेखि उपल्लो डोल्पामा चामल अभाव भए पनि व्यापार कम्पनीले ढुवानी गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पाका प्रमुख विष्णु घिमिरेले जानकारी दिए । कात्तिकदेखि फागुनसम्मा उपल्लो डोल्पामा हिउँले ढोकेको हुन्छ । हिउँले ढाक्ने समयमा सदरमुकाम दुनैदेखि उपल्लो डोल्पा जान र आउन समस्य हुने गरेको छ । 

जुफाल र दुनैबाहेक अन्य कुनै पनि ठाउँमा चामल नभएको उनले जानकारी दिए । जुफालमा दुई सय क्विन्टल चामल रहेको र दुनैमा पनि सोही अनुपातमा भएका कारण तत्काल सडक सञ्चालन नभए खाद्यान्न सङ्कट पर्नसक्ने प्रमुख घिमिरेले जानकारी दिए । जाजरकोट– डोल्पा सडकखण्डको डोल्पाखण्डको सडक अझै सञ्चालन नभएका कारण खाद्यान्न ढुवानीमा समस्य हुँदै आएको घिमिरेको भनाइ छ । उपल्लो डोल्पामा एकमात्र बिक्री केन्द्र रहेको छ । 

त्यहाँ रहेको डिपोमा एक वर्षदेखि चामल नभएको स्थानीयवासीले बताएका छन् । नयाँ ठेक्का सदर भए पनि अहिले सम्मा चामल ढुवानी हुन सकेको छैन । सहुलियतमा पाइने व्यापार कम्पनीको चामल जनताले नपाएर दैनिक फर्किरहेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । चामल मात्र नभएर यहाँ नुनसमेत नभएको अध्यक्ष शाहीले जानकारी दिए । उपल्लो डोल्पामा आयोडिनयुक्त नुन ढुवानी नभएको पाँच वर्ष भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डोल्पाका प्रमुख प्रकाश धामीले बताए । 

तिब्बतको बाटो हुँदै उपल्लो डोल्पामा नुन ढुवानी गर्नुपर्ने भए पनि सो कार्य पाँच वर्षदेखि रोकिएका कारण तेन्जे डिपोमा नुन ढुवानी हुन नसकेको हो । तीन पालिकामा लक्षित गरेर तिन्जे डिपोमा नुन ढुवानी हुने गरेको थियो । तल्लो डोल्पाका पाँच ठाउँमा रहेका केही डिपोमा मात्र नुन ढुवानी हुने गरेको छ । यातायातको पहुँच भएको ठाउँमा मात्र नुन ढुवानी हुने गरेको कार्यालय प्रमुख धामीले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंग्यायो

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...

एमालेले समानुपातिक सांसदको लागि १६ जनाको नाम सिफारिस गर्यो, को- को परे ?

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...

नेपालका शान्ति सैनिक सुरक्षित – लेबनानमा हवाई आक्रमण भए पनि मानवीय क्षति छैन

काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...

गुन्डुमा एमाले सचिवालय बैठक सुरु, बाबुको शोकमा रहेको अवस्थामै सहभागी भए ओली

काठमाडौँ ।  नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...

ललितपुर महानगरपालिकाको प्रशासनिक कामका लागि तीन वटा भवन तयार

ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...

इथानोल मिश्रित पेट्रोल: ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...

मध्यपूर्वको अस्थिरताप्रति सरकार सजग, विदेशमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...

लागु औषध ट्रामाडोल र स्पास्पेन सहित चौधरी पक्राउ

इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् ।  जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...

तीन महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: