जाजरकोट । एकतीस महिनाभित्र डिपिआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिएकामा छ वर्ष बित्दासम्म काम पूरा हुनसकेको छैन ।
सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डिपिआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत् कम्पनी, अष्ट्रेलियाको स्नोइ माउन्टेन इञ्जीनियरिङ कर्पोरेशन (स्मेक), एमडब्ल्युएच र नेपालको उदय जेभीबीच सम्झौता भएको थियो ।
पटक–पटक म्याद थप्दा पनि डिपिआरको काम पूरा नभएपछि जाजरकोटका बासिन्दा आक्रोशित भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। विद्युत् उत्पादनगृहमा माटो जाँचका लागि खनिएको सुरुङको काम बीच–बीचमा छोड्दै निर्माण गर्दा ढिला भइरहेको छ । अब तीन सय ५५ मिटर सुरुङमध्ये अहिलेसम्म तीन सय ५२ मिटर मात्र खनिएको र बाँकी एक हप्ताभित्र पूरा हुने उक्त आयोजनाका इञ्जीनियर पदम थापाले बताए ।
आयोजनको वातावरणीय प्रभाव मूल्याङ्कन वन मन्त्रालयमा अध्ययन भइरहेको, स्मेकलाई डिपिआरको काम छिटो सक्न पटक–पटक म्याद थपेर काम गराइरहेको र असारसम्म त्यो सबै रिपोर्ट आइसक्ने उनले जानकारी गराए । उक्त नगरपालिकाको वडा ७स्थित दल्लीमा विद्युत्गृह र बारेकोट गाउँपालिका–८को अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ ।
उक्त नगरपालिकास्थित नलगाड खोला र ठूलीभेरीको दोभान नजिकै भूमिगत पावरहाउस निर्माण गरिने जनाइएको छ । बारेकोटको अँधेरीखोलाबाट दल्लीसम्म साढे आठ किमी लामो मुख्य सुरुङ र दुईदेखि तीन किलोमिटरसम्मका तीनवटा सहायक सुरुङ बनाइने भएको छ । पाँच सय मिटर लामो र दुई सय ४८ मिटर अग्लो बाँध बनाइने छ ।
जलाशयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुने बताइएको छ । आयोजनामा चारवटा टर्बाइन राखिने छन् । प्रत्येक टर्बाइनबाट १०४दशमलव २५ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट एक वर्षमा एक हजार दुई सय ३२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुन्छ ।
आयोजनाबाट उत्पादित विद्युत् चार सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत कोहलपुर सबस्टेशनमा जोड्ने योजना छ । आयोजनास्थलबाट कोहलपुरसम्म एक सय १२ किमी लामो प्रसारण लाइन निर्माण भइरहेको छ । आयोजनाले असर पर्ने क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गरिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: