काठमाडौं । हाम्रो घर आँगनमा तिहार सुरु भइसकेको छ । तिहारमा सेललगायत तारेका रोटी धेरै खाने प्रचलन छ । यी रोटीले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा कमैले मात्रै हेक्का राख्ने गरेका छन् । चिकित्सकले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र यस्ता परिकार सेवन गर्न सुझाव दिएका छन् ।
यस्ता परिकार खाँदै नखानुभन्दा पनि सन्तुलित खाना खान चिकित्सकहरुको सुझाव छ । कतिपय बिरामीले खानै नहुने पनि अवस्था हुन्छ । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालका ग्यास्ट्रो इन्टरोलोजिष्ट डा खुशराज देवानले तेल वा घ्यूमा तारेर बनाएका रोटी ग्यास्टिक, अल्सर र मुखमा अमिलो पानी आउने समस्या भएका बिरामीका लागि हानिकारक हुने बताए । उनले भने, “यस्ता समस्या भएका बिरामीले रोटी नखाएकै राम्रो हो ।”
महिनौंदेखि औषधि खाएर स्वास्थ्य राम्रो बनिरहेका बेला एउटा दुई वटा रोटीले फेरि समस्या बल्झिन सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिँदै डा देवानले भने, “त्यस्ता बिरामीले धेरै चिल्लो खाँदा बान्ता भएर रगतसम्म आउन सक्ने भएकाले धेरै चिल्लो भएको मासु र तारेका अन्य कुरा पनि बार्नुपर्छ ।”
सामान्य मानिसले पनि चिल्लो धेरै नखान र फलफूल, सागपातलगायत स्वस्थकर खानामा जोड दिनुपर्नेमा उनको सुझाव थियो । यतिबेला डेंगु, पखालालगायत समस्या रहेकाले उच्च सावधानी अपनाएर पर्व मनाउन र बजारमा मासु किन्दासमेत स्वस्थकर ठाउँ र कम बोसो भएको मासु खान समेत आग्रह गरिएको छ ।
कलेजो रोग विशेषज्ञ डा।रुपेश श्रेष्ठ कलेजोको समस्या भएका बिरामीले तारेका चिज खान नहुने बताए । कलेजो रोग लागेर निको नहुने अवस्थामा पुगेका बिरामीले चिल्लोको सट्टामा धेरै प्रोटिन र कार्बोहाइड्रेड भएका खानामा ध्यान दिनुपर्ने उनको भनाइ थियो । डा श्रेष्ठले भने– “पर्वमा खानै हुँदैन भन्नुभन्दा पनि आफ्नो स्वास्थ्यलाई हेरेर चिल्लो सकेसम्म कम खानुपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - १७:५०
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...
श्रावण २६ गते, २०८३ - १७:३६
कञ्चनपुर। प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्र...
श्रावण २६ गते, २०८३ - १७:२२
काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको ...
श्रावण २६ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त...
श्रावण २६ गते, २०८३ - १६:५०
काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ...
श्रावण २६ गते, २०८३ - १६:३५
काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...
श्रावण २६ गते, २०८३ - १६:१०
काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...
श्रावण २६ गते, २०८३ - १५:५९
रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...
श्रावण २६ गते, २०८३ - १५:४८
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...
श्रावण २६ गते, २०८३ - १५:४१
नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...



प्रतिकृया लेख्नुहोस्: