Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

ताप्लेजुङमा तीन साताभित्र ३०६ तोला बढी सुन बरामद

खबरडबली संवाददाता

ताप्लेजुङ । तीन साताभित्र ताप्लेजुङमा तीन सय छ तोलाभन्दा बढी सुनसहित रु छ लाखभन्दा बढी नगद प्रहरीले बरामद गरेको छ । गत असोज १७ गते सदरमुकाम फुङ्लिङ बजारमा सञ्चालित मनी ट्रान्सर्फरमा भएको लुटपाटमा उक्त सुन र नगद बरामद गरिएको हो । 
 
ताप्लेजुङको फुङ्लिङस्थित कञ्चन मनी ट्रान्सर्फरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये शुक्रबार साँझसम्ममा प्रहरीले ३०६दशमलव६१ तोला सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार बेलुका फुङ्लिङ नगरपालिकामा निर्माण हुँदै  गरेको नयाँ बसपार्क छेउमा खाल्डो खनी पुरेको अवस्थामा ३३ थान अर्थात् ४६दशमलव६१ तोला सुनका गहना फेला पारिएको जिल्ला प्रहरी कार्यालय प्रमुख ९डिएसपी० कैलाश राईले बाउनुभयो ।  

शुक्रबार दिउँसो प्रहरीले फुङ्लिङ नगरपालिका–४ स्थित जङ्गलमा प्रहरीले थप ८९ थान अर्थात् एक सय १७ तोला सुनका गहना फेला पारेको थियो । यस अगाडि नै एक सय ४३ तोला सुन प्रहरीले बरामद गरिसकेकामा शुक्रबार फेला परेका ४६दशमलव६१ र ११७ तोला गरी यसअघि बरामद गरिएको एक सय ४३ तोलाम गरी ३०६दशमलव६१ तोला सुन र नगद रु छ लाख १३ हजार तीन सय ४० प्रहरीले फेला पारेको उक्त कार्यालयले जनाएको छ । 

लुटपाटमा संलग्न चार आरोपीलाई नियन्त्रणमा लिइएकामा उनीहरुको साथबाट बरामद गरेको नगद तथा सुनका गरगहनासमेत बारामद गरिएको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल, झापा शिवसतासी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका–१० का २५ वर्षीय मणिराज पर्तेल रहेका छन् । 

 बरामद गरिएका नगद र सुनका गरगहनाबाहेक एक थान पेस्तोल, कर्मचारीलाई नियन्त्रणमा लिनका लागि प्रयोग गरिएको सामान ९डोरी, कैचीलगायत सामग्री० पनि सार्वजनिक गरिएको थियो । यता कञ्चन मनी ट्रान्सर्फरका सञ्चालक अम्बरकुमार श्रेष्ठले दिनुभएको जाहेरीमा ९असोज २४ गते० रु ११ लाख ६३ हजार दुई सय ५० लुटपाट भएको उल्लेख गरिएको छ । यसैगरी रु तीन करोड ३९ लाख ९९ हजार छ सय  बराबरको तीन सय ४८ तोला सुन पनि लुटपाट भएको जनाइएको छ ।
 
पैसा पठाउने र दिने आइएमईसँग सुन कारोबारको इजाजत भए नभएकोबारे कागजात अनुसन्धान गर्न तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताए । उनले भने, “सुन कारोबार ९जाकेट०को इजाजत छ वा छैन । कागजात मागेका छौँ । अनुसन्धान हुन्छ ।” आरोपीहरुले आइएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई असोज १७ गते बिहान पेस्तोलसहित नियन्त्रणमा लिएर नगद र सुनका गरगहना लुटपाट गरेका थिए  । लुटपाटमा संलग्नभएकाहरु  लागुपदार्थ सेवनकर्ता भएका प्रहरीको अनुसन्धानले जनाएको छ । 

उनीहरुले गरगहना लुटपाटको योजना काठमाडौँस्थित ग्राण्डी अस्पताल नजिक बसेर बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । आरोपीविरुद्ध अदालतबाट थप १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 कसरी बनाइयो लुटपाटको योजना ?
 
फुङ्लिङ नगरपालिका–२ बस्ने २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल कुनै बेला सदरमुकाममा सुन पसल गर्दथे। त्यसैले  कञ्चन मनी ट्रान्सर्फरबारे उनमा राम्रो जानकारी थियो । प्रहरीसमक्ष गरिएको स्वीकारोक्तिमा त्यहाँ जाँदा पर्तेलले पछाडिको ढोका ९कर्मचारीले मात्र आवतजावतमा प्रयोग गर्ने ढोका० प्रयोग गर्दथे । सुन र नगद राख्ने दराजबारे भेउ राम्रोसँग पाएका उनले एकदिन साथीहरुसँग काठमाडौँमै बसेर योजना बनाए । बाँकी तीन जनालाई लुटपाट गर्ने योजनामा त्यही सहभागी गराए । ती अभियुक्त  झापामा आएपछि आइएमईको बारेमा विस्तृत योजना बनाइयो । सदरमुकामस्थित एक होटलमा आएर बास बसेका उनीहरुमध्ये  एक जनाले आइएमई कर्मचारीलाई फोन गरेर ज्याकेट राखेको सुन उकास्न आउने सूचना दिए । उनीहरुले टिपाएको नाम भएका व्यक्तिको सुन जाकेट रेकर्डमा नभएको सम्बन्धित कर्मचारीले जानकारी दिए  । उनीहरुमध्ये एक जनाले फेरि अर्को नाममा सुनको ज्याकेट राखेको नाम दिँदा कर्मचारीले अर्को दिन आउन आग्रह गरे । असोज १७ गते बिहान बजार केही सुनसान भएको बखतमा पर्तेलसहित चारमध्ये एकजना आइएमई आउनुअघि ज्याकेट राख्न दिएको व्यक्तिको नाम खातामा हेर्न लगाए र लगत्तै बाँकी दुई जनाले कर्मचारीलाई नियन्त्रणमा लिए अनि  एक जनाले टेबलमाथि चढेर सिसी क्यामेराको तार चुडाएर नगद र सुन लुटेका थिए । प्रहरीले बसपार्कमै केही सुन र नगदसहित उनीहरुलाई पक्राउ गर्न सफल भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...

काठमाडौँमा बर्डफ्लु बढ्दै, एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम  विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ

विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...

म्याग्दीमा टिप्परको ठक्करबाट मजदुरको मृत्यु

म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ राताखोला स्थित ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा टिप्परको ठक्करबाट एक मजदुरको मृत्यु भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending