Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

धान रोप्नेदेखि काट्नेसम्म तराई र भारतका श्रमिकको भर

खबरडबली संवाददाता
भरतपुर । रौतहटका उपेन्द्र पटेल प्रत्येक वर्ष यो सिजनमा धान काट्न चितवन आउँदछन् । उनी यसरी नियमित आउन थालेको नौँ वर्ष भयो । धान काट्न मात्र होइन, धान रोप्न र गोड्न समेत उनी चितवन आउने गरेका छन् ।  
 
“यो वर्ष मात्रै तीन पटक चितवन आएँ”, उनले भने, “काम सहजै पाइन्छ पैसा पनि राम्रै छ”, उनले भने । उनले रौतहटमा रहँदा उखु छिन्ने र आफ्नो घरायसी काम गर्दै आएको बताए  । बिहीबार भरतपुर महानगरपालिका–१५ मङ्गलपुरमा धान काटिरहेको अवस्थामा भेटिएका उनले आफूहरु समूह नै बनाएर यहाँ आउने गरेको बताए  । 
 
यसपटक आठ जनाको टोली आएको भन्दै उनले  ठेक्कामा काम लिने र आएको पैसा बराबर बाँडफाँट गर्ने गरेको जानकारी दिए  । “आजमात्रै एक बिघा जग्गाको रु २२ हजारमा ठेक्का लिएका छौँ । धान काट्ने, चुट्नेदेखि घर भित्र्याइ दिनेसम्मको जिम्मा हाम्रो हो”, उनले भने । आठ जनाले दुई दिनमा एक बिघाको सबै काम सक्ने उनको भनाइ छ ।
 
पटेलसँगै आएका  सर्लाहीका लालबाबु झा पहिलोपटक धान काट्नका लागि चितवन आएको बताए । उनले काठमाडौँमा श्रमिकको काम गर्दै आएको र धान काट्ने यो समयमा पैसा राम्रो कमाइ हुने साथीहरुले भनेका कारण आएको बताए । उनले छठपर्वका लागि पैसाको जोहो हुने भएकाले पनि धान काट्न आउनुपरेको जानकारी दिए । उनले दुई÷चारदिन छठ मनाएपछि पुनः यहाँ आएर काम गर्ने बताए  । 
 
यस्तै रौतहटका कृष्ण पाण्डे पनि आठ वर्षदेखि नियमितरुपमा चितवनमा धान काट्न आइरहेका छन्  ।उनी भन्छन्, “यहाँ काम जति पनि पाइन्छ, कहिलेकाहीँ त काम धेरै भएका कारण भ्याइँदैन भन्नुपर्ने हुन्छ ।” धेरै काम हुँदा कहिलेकाहीँ रातभर काम गरेरसमेत सक्ने गरेको अनुभव उलने सुनाए  । पाण्डेले एक महिनाको अवधिमा खाने बस्ने खर्चबाहेक रु २५ देखि ३० हजार जम्मा गरेर घर लैजाने गरेको बताए  । चितवनमा तराईसँगै भारतबाट पनि ठूलो सङ्ख्यामा श्रमिक धान रोप्ने र काट्ने सिजनमा आउने गरेका छन् ।
 
पूर्वी चितवनको भण्डाराका किसान रामशरण काफ्लेले प्रत्येक वर्ष तराईबाट आउने श्रमिकलाई काम लगाउने गरेको बताए । उनले भने,  “यहाँ भएकाले काम गर्दैनन्, उनीहरुलाई ठेक्कामा दिएपछि हाइसन्चो हुन्छ ।” काफ्लेले यस वर्ष पनि आफूले धान राप्नेदेखि काट्नेसम्म सबै जिम्मा तराईका श्रमिकलाई दिएको बताए  । “गाउँमा अधिकांश चालिस÷पचास कटेका मान्छेमात्र छन्”, उनले भने, “काम गर्ने युवा कोही अष्ट्रेलिया, अमेरिका त कोही खाडीमुलुकमा गए, गाउँमा काम गर्ने मान्छे भएन ।” 
 
यही अवस्था रहिरहे नेपालमा काम गरेरसमेत खाना नसक्ने अवस्था आउने उनको भनाइ छ । राज्यले कृषि क्षेत्रलाई प्राथमिकता राखेर काम गरेको बताउँदै आए पनि श्रमिकदेखि बीउ मलसम्म अरुकै भर पर्नुपरेको गुनासो गरे  ।
 
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले जिल्लामा धान काट्नेदेखि थन्काउनेसम्म भारतीय र तराईका श्रमिकको भर पर्नुपर्ने अवस्था रहेको बताए  । “व्यावसायिक र निर्वाहमुखी दुवै खेतीमा उनीहरुकै भर पनुपर्छ, यहाँ स्थानीयस्तरमा श्रमिक पाइन छाडेको छ”, उनले भने । युवाहरु रोजगारीका लागि विदेश पलायन हुँदा र अध्ययनका लागि बाहिर जाँदा काम गर्ने मान्छेको अभाव रहेको उनले बताए  । 
 
“हामीमा काम गर्ने बानीसमेत हराइसकेको छ, सबै कुरामा परनिर्भर छ, कसरी कृषि क्षेत्रमा समृद्धि हासिल गर्न सकिन्छ ?” कृषि काम गर्न दुःख मान्ने परिपाटीले हाम्रो कृषि प्रणालिमा नै ह्रास आउन थालेको उनको बुझाइ छ । 
 
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न क्षेत्रमा यन्त्रिकरणमार्फत धान रोप्ने र काट्ने काम भए पनि त्यो पर्याप्त नभएको उनले बताए  । चितवनमा रु ३० हजार पाँच सय हेक्टरमा धान खेती गर्ने गरिएको छ । त्यसमध्ये २२ हजार नौ सय २७ हेक्टरमा बर्खेधान र सात हजार पाँच सय ७३ हेक्टरमा चैतेधान लगाउने गरिएको छ । चैतेधान पाँच दशमलव दुई मेट्रिकटन प्रतिहेक्टर उत्पादन हुने गरेको छ भने तीन दशमलव ७९ मेट्रिकटन प्रतिहेक्टर बर्खे धान उत्पादन हुने गरेको छ । चितवनमा रहेको १९ प्रतिशत जमिनमा मात्रै खेती हुने गरेको छ । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending