Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

निर्वाचन सफल बनाउने अभियानमा लाग्न सचिव डा अर्यालको निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफल बनाउने अभियानमा लाग्न मातहतका निकायलाई निर्देशन दिएका छन् । 

मन्त्रालयमा आज आयोजित छलफलमा उनले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउने अभियानलाई सघाउन सरकारी सञ्चार माध्यम तथा यससँग सरोकार राख्ने निकायलाई आग्रह  समेत गरे । 

सञ्चारमाध्यमले निर्वाचनसम्बन्धी आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने र सर्वसाधारणलाई यसबारेमा सुचित गराउनुपर्ने सचिव अर्यालले जोड दिए  । छलफलमा राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल, नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना तथा प्रशारण विभागलगायत मन्त्रालय सम्बद्ध निकायका अधिकारीले निर्वाचनलाई मर्यादित बनाउने विषयमा आ–आफ्नो कार्यालयबाट भरपुर सहयोग हुने प्रतिबद्धता जनाए  ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले निर्वाचनका समयमा समाचार लेखन तथा सम्पादनका क्रममा अपनाउनुपर्ने तथा कर्मचारीले पालना गर्नुपर्ने विषयमा गत भदौ २६ गते नै स्वनियम बनाएर ७७ जिल्लाकै कर्मचारीसमक्ष पु¥याइएको बताए  । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बारेमा सरकारी सञ्चार माध्यमबाट भ्रामक तथा भड्किलो खालका प्रचार नहुने बताए ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागार्इंले सामाजिक सञ्जाल र अनलाइन माध्यमलाई नियमन गर्ने विषयमा यससँग सरोकार राख्ने निकायबीच सहकार्य गर्नुपर्नेमा जोड दिए  । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले निर्वाचनसम्बन्धी समाचारलाई सन्तुलित बनाउन र आचारसंहिता पालना गराउने विषयमा संस्थानले छुट्टै संयन्त्र बनाएको बताए  ।

नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले निर्वाचनसम्बन्धी गतिविधिलाई प्रभावकारी बनाउन कार्यदल गठन तथा सञ्चारकर्मीका लागि  तालिमलगायत कार्यक्रम गरिएको जानकारी गराए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: