Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

महासङ्घ भक्तपुरका अध्यक्ष प्रजापतिको मुद्दा अदालतबाट बदर

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिलाई पदबाट हटाउने नेपाल पत्रकार महासङ्घ, केन्द्रीय समितिको निर्णय उत्प्रेषणको आदेशले बदर गरिएको छ । 

शाखा अधिवेशनबाट निर्वाचित प्रजापतिलाई अध्यक्ष पदमा यथावत काम गर्न दिन सर्वोच्च अदालतले उत्प्रेषणको आदेश जारी गरेको हो । पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको विसं २०७९ वैशाख ८ गते काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यको भर्चुअल बैठकले पत्रकारलाई निर्वाचनमा भाग लिनबाट बञ्चित गर्ने उद्देश्यले महासङ्घका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्य उम्मेदवार बनेमा महासङ्घको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतःमुक्त हुन जाने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध प्रजापति अदालत गएका थिए  । 

महासङ्घका भक्तपुर शाखा अध्यक्ष प्रजापतिले २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा उम्मेदवारी दिएर निर्वाचन चिन्ह वितरण नगर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा मनोजकुमार शर्माको संयुक्त इजलाशले अन्तिम फैसला गर्दै महासङ्घविरुद्ध रिट जारी हुने आदेश गरेको हो । प्रजापतिका तर्फबाट अधिवक्ता लीलानाथ घिमिरे, विष्णु गिरी ‘निश्चल’ र दुर्गाकुमारी कोइरालाले बहस गरेका थिए  भने विपक्षी पत्रकार महासङ्घलगायतका तर्फबाट अधिवक्ता भक्तिराम घिमिरे, अरुण पौडेल र देवराज कार्कीले बहस गरेका थिए  । 

प्रजापतिले पत्रकार महासङ्घ केन्द्रीय समितिको निर्णयविरुद्ध महासङ्घ, महासङ्घका सभापति विपुल पोखरेल, नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखा, भक्तपुर शाखाका उपसभापति सुन्दर सिल्पकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । 

“सर्वोच्चले गैरसरकारी संस्थाबाट विधान मिचेर निर्वाचित पदाधिकारीलाई हटाउन नपाउने नजिर स्थापना गरेको छ”, अधिवक्ता घिमिरेले भने, “विधानको व्याख्या गर्ने अधिकार महासङ्घ केन्द्रीय समितिलाई दिए पनि महासङ्घले विधानको आफूखुसी व्याख्या गर्न नपाउने भएको छ ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: