Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

म्याग्दीका उम्मेदवारहरूको चुनावी मुद्दा ‘विकास पूर्वाधार’

खबरडबली संवाददाता

म्याग्दी । मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरूले म्याग्दीलाई विकास र समृद्धि दिलाउने ‘एजेण्डा’ अघि सारेका छन् । हिमाली जिल्ला म्याग्दीमा राजनीतिक पहुँच नहुँदा विकासमा पछि परेको आम नागरिकको गुनासो छ ।

जिल्लाबाट अहिलेसम्म निर्वाचित सांसदले नियमित बजेटबाहेक पहुँच बढाएर विकास योजना र बजेट भित्र्याउन नसकेको आम गुनासो भइरहँदा आगामी निर्वाचनमा उम्मेदवार बनेका नेताले विकास र समृद्धिलाई नै प्रमुख एजेण्डा बनाएका छन् ।

सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खमबहादुर गर्वुजा नेकपा (एमाले) ले पटक–पटक म्याग्दीको नेतृत्व गर्दासमेत जिल्लाको विकासमा कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यसपटक गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउँछन् । “म्याग्दीमा दिगो विकास चाहिएको छ, त्यसको खाका हामीले कोरेका छौँ, जनताको विकासप्रतिको चाहनालाई पूरा गर्ने एजेण्डा लिएर आएका छौँ”, उनले भने ।

जिल्लाभरका सडकको अवस्था जीर्ण रहेको, शिक्षा र स्वास्थ्यको अवस्थासमेत सुधार गर्नुपर्ने भएकाले आफूले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सुधारका लागि आवश्यक पहल गर्ने उनको भनाइ छ । सत्ता गठबन्धनको मुख्य प्रतिस्पर्धी एमालेबाट उम्मेदवार बनेका हरिकृष्ण श्रेष्ठले शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण र कृषिलाई आत्मनिर्भर र व्यावसायीकरण गर्ने एजेण्डा लिएर उम्मेदवार बनेको बताए ।

सदरमुकामदेखि पालिका जोड्ने सडक कालोपत्र गर्ने, जिल्लामा सुस्तगतिमा रहेका गौरवका योजनालाई पूर्णता दिने र जिल्लाभित्र रहेको पर्यटन सम्भावनालाई उजागर गर्नतर्फ आफूले प्राथमिकता दिने श्रेष्ठले बताए । प्रदेशसभा सदस्यका मुख्य प्रतिस्पर्धीले समेत नीति निर्माणदेखि विकास निर्माणलाई आफ्नो चुनावी एजेण्डा बनाएका छन् । प्रदेशसभा  ९क० मा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा ९माओवादी केन्द्र० का हरि भण्डारी र९ख० का रेशम जुग्जाली ९सुविन० ले समेत विकास निर्माण योजना भित्र्याउन गण्डकी प्रदेश सरकारसँग बलियो पुलको भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

उम्मेदवारद्वय भण्डारी र जुग्जालीले जिल्लाका आम नागरिकले विकास र समृद्धिको क्षेत्रमा जिल्लाको पहुँच नपुगेको अनुभूति गर्ने गरेको भन्दै त्यसलाई क्षतिपूर्ति हुने गरी नागरिकका आधारभूत विकासका चाहना पूरा गर्नेतर्फ आफूहरूको प्राथमिकता रहने बताउँछन् । यता एमालेबाट प्रदेशसभा (क) का उम्मेदवार देवेन्द्रबहादुर केसी र (ख) का उम्मेदवार यामबहादुर गर्वुजाले नीति निर्माण तहमा सशक्त र प्रभावकारी भूमिकासँगै जिल्लाको विकासका एजेन्डालाई अघि सारेका छन् ।

सडक, भवनलगायत पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार र खानेपानीको पहुँच विस्तार योजनालाई आफूले प्राथमिकता दिने प्रदेशसभा सदस्यका उम्मेदवार केसीको भनाइ छ । यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका हरिबहादुर खत्रीले अहिलेसम्म चुनाव जितेका नेताले सडक, बाटो, विद्यालय बनाउँछौँ भनेर जनतालाई धोका दिएको बताउँदै युवापुस्ताको आवश्यकतानुसारको विकासलाई अघि बढाउने योजनासहित आफू चुनावमा होमिएको बताए ।

प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र र प्रदेशसभाका दुई गरी प्रत्यक्ष तर्फको तीन सिट रहेको म्याग्दीमा २० जना चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभामा स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क) मा पाँच र (ख) मा ६ जनाको मनोनयन दर्ता भएको सहायक निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...

काठमाडौँमा बर्डफ्लु बढ्दै, एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम  विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ

विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending