कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बृहत् उद्घाटनको भोलिपल्ट आजदेखि पोखरामा थप विभिन्न १२ खेल सुरु हुँदैछन् । असोज २३ देखि केही खेल सुरु भएकामा अधिकांश खेल उद्घाटनपछि सुरु हुने खेल तालिका छ । पोखरासहित प्रदेशका अन्य जिल्लामा पनि केही खेल यसअघि नै सुरु भएका छन् ।
पोखरा रङ्गशालामा एथलेटिक्स, ब्याडमिन्टन कोर्टमा ब्याडमिन्टन, स्क्वास, उसु, आर्चरी मैदानमा आर्चरी, सफ्टटेनिस रङ्गशालाको टेनिसकोर्ट र पोखरा सभागृहमा शारीरिक सुगठनको खेल हुने खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताए ।
यसैगरी पोखराको फिस्टेल एकेडेमीमा पौडी, कोल्माबहाकोट समाज घरमा टेबल टेनिस, पोखरा उद्योग बाणिज्य सङ्घको हलमा भारत्तोलन, प्याराग्लाइडिङ पोखराको सराङकोट र महिला पुरुष रग्वी लेखनाथमा सञ्चालन हुँदैछ । राष्ट्रिय खेलकुदका ३६ खेलमध्ये पुरुष क्रिकेट, क्रिकेट महिला, फुटबल महिला तथा पुरुष, भलिबल महिला, महिला तथा पुरुष ह्याण्डबल, फेन्सिङ, फुल कन्ट्याक्ट कराते, बुद्धिचाल, महिला तथा पुरुष हक्की, गल्फ, टेनिसलगायत खेल यसअघि नै सुरु भएका छन् । फेन्सिङ खेलको सबै विधाका प्रतिस्पर्धा सकिएर नेपाली सेनाको टोली पाँच स्वर्ण पदकसहित च्याम्पियन बनेको छ ।
हालसम्मको पदक तालिकामा विभागीय नेपाली सेनाले अग्रता बनाएको छ । सेना पाँच स्वर्ण, छ रजत र सात कास्य पदकसहित शीर्ष स्थानमा रहँदा बागमती प्रदेशले चार स्वर्ण, तीन रजत र एक कास्य गरी आठ पदक जितेर सेनालाई पछ्याइरहेको छ । सशस्त्र प्रहरीको एपिएफले दुई स्वर्ण चार रजत र सात कास्य जितेको छ ।
सुदूरपश्चिम प्रदेश एक स्वर्ण र तीन कास्य, नेपाल प्रहरी एक स्वर्ण र एक कास्य, गण्डकी प्रदेश चार कास्य, प्रदेश नं १ तीन कास्य जित्दा कर्णाली, लुम्बिनी, मधेस प्रदेश र एनआरएनले पदकको खाता खोल्न सकेका छैनन् । गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ, मुस्ताङ र लमजुङ बाहेकका अन्य आठ जिल्लामा राष्ट्रिय खेलकुद अन्तर्गतका खेल सञ्चालन गरिएको हो ।
खेलकुदको कुम्भ मेला राष्ट्रिय खेलकुदको अपनत्व सबै प्रदेशवासीलाई गराउने उद्देश्यसहित सबै जिल्लामा कम्तीमा एक खेल खेलाउने योजना रहे पनि मौसम, पूर्वाधारलगायत कारणले तीन जिल्लामा सम्भव नभएको पश्चिमाञ्चल क्षेत्रीय खेलुकद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए ।
राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएन गरी ११ टोली सहभागी छन् । प्रतियोगितामा छ हजार एक सय ५७ खेलाडीले पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपालमा विसं २०३८ देखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रत्येक दुई–दुई वर्षमा राष्ट्रिय खेलकुद हुने भए पनि राजनीतिक तथा विभिन्न कारणले सोअनुसार हुनसकेको छैन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: