कैलाली । कैलालीमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि थारु समुदायबाट ४२ दशमलव ८४ प्रतिशत उम्मेदवार रहेको देखिएको छ । जिल्लाको पाँच निर्वाचन क्षेत्रमा थारु समुदायबाट प्रतिनिधिसभामा १२, प्रदेशसभामा २२ गरी जम्मा ३४ जना चुनावी प्रतिस्पर्धामा छन् ।
धनगढीस्थित सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले एक सय २६ जनाको उम्मेदवारी रहेको जानकारी दिए । जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक सय ४४ जनाले उम्मेदवारी दर्ता गराएकामा बुधबार १८ जनाले उम्मेदवारी फिर्ता गरिएपछि एक सय २६ जना चुनावी मैदानमा उत्रिएका हुन् । कैलालीमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ४८ तथा प्रदेशसभामा ७८ जना उम्मेदवार छन् भने पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधिसभाका लागि क्षेत्र नं १ मा थारु समुदायबाट तीन जनाले उम्मेदवारी दिएकामा नेपाली कांग्रेसबाट रामजनम चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरी र नेपालका लागि नेपाली पार्टीबाट मानबहादुर चौधरी छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर–२ मा पनि नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट कमलेश चौधरी र नेपाल लोकतान्त्रिक पार्टीबाट देशराम चौधरीले निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् ।
त्यसैगरी क्षेत्र नं ३ पनि नेकपा माओवादी केन्द्र (गठबन्धन)बाट कुमार चौधरी, नागरिक मुक्ति पार्टीबाट गङ्गाराम चौधरी र नेकपा (एमाले)बाट गौरीशङ्कर चौधरी प्रतिस्पर्धामा छन् । निर्वाचन क्षेत्र नं ४ मा नागरिक उन्मुक्ति पार्टीबाट कइया चौधरीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । कैलाली क्षेत्र नंं ५ मा थारु समुदायका दुई जना उम्मेदवार छन् । यहाँ एमालेबाट नारदमुनि राना र स्वतन्त्रबाट जगदीश चौधरीसहित बाह्र (१२) जनाको उम्मेदवारी परेको छ ।
त्यसैगरी १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रदेशसभाका लागि कैलाली क्षेत्र नं १ को प्रदेशसभा (क) मा पाँच, प्रदेशसभा (ख) मा चार जना थारु समुदायका प्रतिस्पर्धी छन् भने निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) मा एक प्रदेशसभा (ख) मा दुई जना उम्मेदवार थारु समुदायबाट छन् ।
त्यसैगरी कैलालीको निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (क) मा तीन र प्रदेशसभा (ख) मा पनि तीन गरी छ जना थारु समुदायका उम्मेदवार निर्वाचनमा होमिएका छन् । निर्वाचन क्षेत्र नं. ४ प्रदेशसभा (क) मा एक र निर्वाचन क्षेत्र नं ५ बाट प्रदेशसभा (क) मा दुई र प्रदेश (ख) मा एक जना थारु समुदायका प्रदेशसभा सदस्य उम्मेदवार छन् । कैलालीको पाँच क्षेत्रबाट विभिन्न दल तथा पार्टी र स्वतन्त्रबाट प्रतिनिधिसभाका लागि ४८ जना उम्मेदवार छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...
आषाढ़ १३ गते, २०८३ - १४:२५
नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...
आषाढ़ १३ गते, २०८३ - १४:१०
काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...
आषाढ़ १३ गते, २०८३ - १३:१२
काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...
आषाढ़ १३ गते, २०८३ - १२:५५
ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...
आषाढ़ १३ गते, २०८३ - १२:२७
काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...
आषाढ़ १३ गते, २०८३ - ११:४७
विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...



प्रतिकृया लेख्नुहोस्: