Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

नुवाकोटमा प्रत्यक्षभन्दा समानुपातिक उम्मेदवार धेरै

खबरडबली संवाददाता

नुवाकोट । आगामी आमनिर्वाचनका लागि नुवाकोटबाट प्रदेससभा र प्रतिनिधिसभाको समानुपातिकतर्फ ६४ उम्मेदवार सूचीकृत भएका छन् । निर्वाचन आयोगका अनुसार जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधिसभामा १६ राजनीतिक दलबाट २५ र बागमती प्रदेशसभातर्फ १९ राजनीतिक दलबाट ३९ गरेर कुल ६४ जना मनोनयनको सूचीमा समावेश छन् । 

आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको बन्दसूचीको विवरणमा प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न १६ राजनीतिक दलको सिफारिसमा नुवाकोटका २५ उम्मेदवार सूचीकृत भएका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेससभा सदस्यमा ६३ उम्मेदवार आगामी मङ्सिर ४ गते हुन लागेको चुनावी प्रतिस्पर्धामा योग्य देखिएका छन् । यससँगै जिल्लामा एक सय २७ उम्मेदवार कायम भएका छन् ।
 
प्रतिनिधिसभातर्फ १६ राजनीतिक दलबाट २५ जना
नुवाकोटबाट समानुपातिकतर्फ उम्मेदवार हुनेमा नेपाली कांग्रेसबाट डा प्रकाशशरण महत, जगतबहादुर तामाङ र सीता मिजार, नेकपा ९एमाले० बाट रामशरण प्याकुरेल, नेकपा ९माओवादी केन्द्र० बाट विमला सुवेदी र श्रीकृष्ण अधिकारी, नेकपा ९एकीकृत समाजवादी० बाट गोविन्द नेपाली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डा।प्रकाशचन्द्र लोहनी र नानीमैया आचार्य समावेश भएका छन् ।

यस्तै नेशनल मङ्गोल अर्गनाइजेशनबाट विष्णु तामाङ, लोकतान्त्रिक समाजवादी पार्टीबाट रामबहादुर लामा र गोमा दुलाल, एकीकृत शक्ति नेपालबाट अर्जुन उप्रेती, नेपाल मजदुर किसान पार्टीबाट पार्वती भट्टराई, नेकपा ९माले० बाट भीष्म पौडेल र नेपाल सुशासन पार्टीबाट शङ्करलाल श्रेष्ठको आगामी आमनिर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको सूचीमा समावेश भएका छन् ।

यस्तै सचेत नेपाली पार्टीबाट रामकृष्ण नेपाल, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश राजभण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट सुजन अधिकारी, नेपाली जनता दलबाट विजय लामा र सुशीला राई, जनसमाजवादी पार्टी सिर्जना नेपाल, मेमबहादुर तामाङ, वसन्ती चित्रकार र विमला सुनारको नामा समानुपातिक सूचीमा समावेश भएको आयोगले सार्वजनिक गरेको बन्दसूचीमा उल्लेख छ । 

 प्रदेससभातर्फ १९ राजनीतिक दलबाट ३९ जना

आगामी आमनिर्वाचनका लागि बागमती प्रदेशसभा सदस्यको समानुपातिकतर्फ नुवाकोटबाट ३९ जनाको उम्मेदवारी दर्ता भएको छ । आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको बन्दसूचीको विवरणमा विभिन्न १९ वटा राजनीतिक दलको सिफारिसमा नुवाकोटका ३९ उम्मेदवार समावेश भएका छन् ।

आयोगले सार्वजनिक गरेको प्रदेससभातर्फको समानुपातिक सूचीमा नेपाली कांग्रेसबाट प्रतापसिंह लामा, नेकपा (माओवादी केन्द्र) बाट मीना पाख्रिन, बलराम फुयाँल, देविका मिजार र नेकपा (एमाले) बाट बिन्दा नेपाल, श्रीमाया लामा, सुरज शेर्पा, बद्री मिजारको नाम समावेश गरिएको छ ।

यस्तै नेकपा (एकीकृत समाजवादी) बाट उपेन्द्रराज खनाल, जनता समाजवादी पार्टीबाट ईश्वरकुमार राउत, राज न्यौपाने, सञ्जु राई, नेपाल मजदुर किसान पार्टीबाट हरिकुमार श्रेष्ठ, साझा पार्टी नेपालबाट विमल तामाङ, उषा परियार, कमान तामाङ, बद्री सिलवाल, चन्द्रकुमार तामाङ, नेपालका लागि नेपाली पार्टीबाट सावित्री न्यौपाने, भूमिका बम्जनको नाम समानुपातिकतर्फको उम्मेदवारमा समावेश गरिएको हो ।

यस्तै नेकपा ९माले० बाट सम्झना अधिकारी, माया राई, सङ्गीता कुमाल, नेश्नलिष्ट पिपल्स पार्टीबाट सिर्जना नेपाल, नेपाली जनता दलबाट बुद्धिमान तामाङ, अनिश राई, कैलाश राई, नेपाली कांग्रेस बिपीबाट शम्भु गुरुङ, राप्रपा नेपालबाट कृष्ण घले, आमूल परिवर्तन मसिहा पार्टीबाट प्रेम गुरुङ, कल्पना तामाङ र नेपाली जनता पार्टीबाट शर्मिला माझीको नाम समावेश गरिएको छ । यस्तै जनसमाजवादी पार्टीबाट पुण्यवती जोशी, लालसिंह तामाङ, श्रीकृष्ण थापा, तेजप्रसाद नेपाल, राष्ट्रिय नागरिक पार्टीबाट सानुमाया तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट डालमाया घले र नेपाल मजदुर किसान पार्टीबाट हरिकुमार श्रेष्ठको नाम समावेश गरिएको छ । 
 
एक व्यक्तिलाई दुई दलको सिफारिस

नुवाकोट घर भएका सिर्जना नेपाललाई दुई फरक पार्टीले उम्मेदवार बनाएको छ । उनलाई प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फ जनसमाजवादी पार्टीले उम्मेदवार बनाएको छ भने बागमती प्रदेशसभा सदस्यमा नेश्नलिष्ट पिपल्स पार्टीले उम्मेदवार बनाएको हो ।

समानुपातिक सूचीमा रहेको नाम, मतदाता परिचयपत्र नं, वर्ग र ठेगाना उल्लेख हुने भएकाले ती विवरणमा दुई पार्टीको सिफारिस गरिएको सूचीमा उहाँको विवरण एउटै देखिएसँगै दुई फरक पार्टीले एकै व्यक्तिलाई उम्मेदवार बनाएको खुल्न आएको हो । उनको मतदाता नं २६०५६८६ रहेको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारविरुद्ध भोलि शनिबार ९असोज २९ गते० सम्म दाबी विरोधको समय दिइएको छ ।

उम्मेदवारबारे प्राप्त दाबी विरोधको छानबिन गरी आगामी कात्तिक ९ गते अन्तिम नामावली सार्वजनिक गर्ने आयोगका सचिव एवं समानुपातिकतर्फका मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री दीपक खड्काको घरमा आगजनी र तोडफोड प्रकरण: तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...

सरकारले उखुको खरिद मूल्य तोक्यो, प्रति क्विन्टल ६२० निर्धारण

काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...

ओलीले महिलालाई सधैं अपमान गर्छन्: अष्टलक्ष्मी शाक्य

विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  ठेक्कामा बढी कबोल रकम गरे...

विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...

कैलाली–५ बाट आरजु राणासहित चार जना उम्मेदवार सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचीसहित)

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...

यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्नु भ्रम हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending