पर्वत । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पर्वतमा एक हजार आठ सय ९४ कर्मचारी खटाइने भएको छ । निर्वाचनका लागि जिल्लाभरका ७४ स्थायी र दुई अस्थायी गरी ७६ मतदानस्थल कायम गरिएको छ । निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी, स्वयंसेवकलगायतका कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाबाट एक हजार एक सय ८४ र १० प्रतिशत जगेडा कर्मचारी गरी एक हजार ३ सय दुई जना खटाइने भएको छ भने बाँकीलाई मतदान केन्द्रमा नियुक्त गरिने भएको छ । जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार प्रतिमतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी, एक सहयोगी कर्मचारी रहने छन् ।
त्यसैगरी चार जना स्वयंसेवक मतदान केन्द्रमै नियुक्त गरेर खटाइने उहाँले जानकारी दिए । पर्वतमा ७४ मतदानस्थलमा एक सय ४८ मतदान केन्द्र रहने भएका छन् । त्यसबाहेक कम्तीमा दुईवटा अस्थायी मतदान केन्द्र रहने उनले जानकारी दिए । जिल्ला कारागार र अर्को कुनै एक ठाउँमा अस्थायी मतदान केन्द्र राखिने भएको छ ।
यसैबीच मतदाता शिक्षा जिल्लास्तरीय समितिसमेत गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको संयोजकत्वमा रहेको समितिमा जिल्ला समन्वय अधिकारी, सदरमुकाम रहेको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, पत्रकार महासङ्घका प्रतिनिधि र जिल्ला निर्वाचन अधिकारी सदस्यसचिव रहेको समिति गठन गरिएको हो ।
समितिको बिहीबारको पहिलो बैठकले जिल्लाभर मतदाता शिक्षालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै पालिकास्तरमा र वडास्तरमा समिति गठन गरेर घरदैलोमै जनशक्ति परिचालन गरी मतदाता शिक्षालाई प्रभावकारी बनाउने निर्णय भएको निर्वाचन अधिकारी शर्माले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...
आषाढ़ १३ गते, २०८३ - १४:२५
नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...
आषाढ़ १३ गते, २०८३ - १४:१०
काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...
आषाढ़ १३ गते, २०८३ - १३:१२
काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...
आषाढ़ १३ गते, २०८३ - १२:५५
ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...
आषाढ़ १३ गते, २०८३ - १२:२७
काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...
आषाढ़ १३ गते, २०८३ - ११:४७
विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...



प्रतिकृया लेख्नुहोस्: