Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

बागलुङमा बढ्यो चुनावी सरगर्मी : उम्मेदवारका आ–आफ्नै दाबी

खबरडबली संवाददाता

बाग्लुङ । आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि बागलुङमा चुनावी सरगर्मी बढेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङमा गठबन्धन र दलका तर्फबाट उम्मेदवारी दर्तासँगै आफ्ना चुनावी एजेन्डा र धारणा सार्वजनिक गर्ने काम सुरु भएको छ । 

बागलुङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरू गरी ३६ जनाले उम्मेदवारी दर्ता गरेर प्रचारप्रसारमा जुट्न थालेका छन् । बागलुङमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीसमेत चुनावी मैदानमा उत्रनुभएको छ । बागलुङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी चुनावी मैदानमा रहेका छन् ।  उनीसँग निवर्तमान सङ्घीय सांसद नेकपा एमालेका केन्द्रीय सदस्य डा।सूर्य पाठक प्रतिस्पर्धामा उत्रिएका हुन् ।

पाठक विसं २०७४ को निर्वाचनमा तत्कालीन बाम गठबन्धनका तर्फबाट निर्वाचित भएका हुन् । यसपटक भने उनी सत्तारुढ गठबन्धनका उम्मेदवार चित्रबहादुर केसीसँग प्रतिस्पर्धामा रहेका छन् । उनले आफू जिल्लाका युवा वर्गको प्रतिनिधि रहेको बताउँछन् ।

बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले प्रतिगमनलाई परास्त गर्न आफू मैदानमा उत्रेको बताउँदै बागलुङको विकासमा आफूले सदैव काम गरिरहेको बताए । उनले २०५९ सालअघि आफू कांग्रेसकै कडा विरोधी भएको बताउँदै अहिलेको प्रतिगमनलाई सधैंका लागि सिध्याउन पाँच दलीय गठबन्धनमा आएको बताए ।

मङ्गलबार गठबन्धनबाट उम्मेदवार बनेका चित्रबहादुर केसीसहित बागलुङ क्षेत्र नं १ प्रदेशसभा ९क० का उम्मेदवार दीपेन्द्रबहादुर थापा र बागलुङ क्षेत्र नं १ प्रदेशसभा ९ख० का उम्मेदवार युवा नेता डिल्लीराम सुवेदीले पत्रकार सम्मेलनमार्फत आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका थिए । 
बागलुङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा एमालेका तर्फबाट डा सूर्य पाठक,  बागलुङ क्षेत्र नं १ प्रदेशसभा ९क० का उम्मेदवार हिराबहादुर केसी र बागलुङ क्षेत्र नं १ प्रदेशसभा ९ख० का उम्मेदवार नवराज पौडेल चुनावी मैदानमा उत्रिएका छन् ।

उता बागलुङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेकपा एमालेबाट मञ्जु क्षेत्री चुनावी मैदानमा उत्रिएका छन् । शिक्षामन्त्री पौडेलले विसं २०७४ को निर्वाचनमा बाम गठबन्धनबाट विजयी भएका हुन् । उनले आफूले शिक्षामन्त्री हुँदा शिक्षामा धेरै सुधार गरेको र यस पटक समेत आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको बताए ।

मनोनयन दर्तापछि क्षेत्र नं २ का विभिन्न स्थानमा आयोजना गरेको चुनावी कार्यक्रममा शिक्षामन्त्री पौडेलले शिक्षा क्षेत्रमा आफूले गरेका उल्लेख्य कामका आधारमा जनताले यस पकटसमेत आफूलाई मतदान गर्ने बताए । यस्तै माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेको समर्थनमा प्रकाश घर्तीले बागलुङ क्षेत्र नं २ प्रदेश सभा ९क० मा उम्मेदवारी दर्ता गरेपछि बागलुङ पश्चिमको चुनावसमेत चर्चामा छ । घर्तीको प्रतिस्पर्धामा नेपाली कांग्रेसका जिल्ला सभापति जीत शेरचनले उम्मेदवारी दिएका छन् ।

बागलुङ क्षेत्र नं २ प्रदेशसभा ९ख०का जित शेरचनलाई बागलुङ क्षेत्र नं २ प्रदेशसभा ९क० मा उम्मेदवार बनाइएको छ । बागलुङ क्षेत्र नं २ प्रदेशसभा ९ख०मा नेपाली कांग्रेसका युवानेता द्रोण कुँवर र नेकपा एमालेका युवा नेता लक्ष्मण पुनबीच प्रतिस्पर्धा हुँदैछ ।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी तथा विभिन्न साना दल तथा स्वतन्त्र उम्मेदवारहरूसमेत चुनावी माहोल बनाउन व्यस्त देखिन्छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री दीपक खड्काको घरमा आगजनी र तोडफोड प्रकरण: तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...

सरकारले उखुको खरिद मूल्य तोक्यो, प्रति क्विन्टल ६२० निर्धारण

काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...

ओलीले महिलालाई सधैं अपमान गर्छन्: अष्टलक्ष्मी शाक्य

विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  ठेक्कामा बढी कबोल रकम गरे...

विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...

कैलाली–५ बाट आरजु राणासहित चार जना उम्मेदवार सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचीसहित)

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...

यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्नु भ्रम हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending