Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

बागलुङमा बढ्यो चुनावी सरगर्मी : उम्मेदवारका आ–आफ्नै दाबी

खबरडबली संवाददाता

बाग्लुङ । आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि बागलुङमा चुनावी सरगर्मी बढेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङमा गठबन्धन र दलका तर्फबाट उम्मेदवारी दर्तासँगै आफ्ना चुनावी एजेन्डा र धारणा सार्वजनिक गर्ने काम सुरु भएको छ । 

बागलुङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरू गरी ३६ जनाले उम्मेदवारी दर्ता गरेर प्रचारप्रसारमा जुट्न थालेका छन् । बागलुङमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीसमेत चुनावी मैदानमा उत्रनुभएको छ । बागलुङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी चुनावी मैदानमा रहेका छन् ।  उनीसँग निवर्तमान सङ्घीय सांसद नेकपा एमालेका केन्द्रीय सदस्य डा।सूर्य पाठक प्रतिस्पर्धामा उत्रिएका हुन् ।

पाठक विसं २०७४ को निर्वाचनमा तत्कालीन बाम गठबन्धनका तर्फबाट निर्वाचित भएका हुन् । यसपटक भने उनी सत्तारुढ गठबन्धनका उम्मेदवार चित्रबहादुर केसीसँग प्रतिस्पर्धामा रहेका छन् । उनले आफू जिल्लाका युवा वर्गको प्रतिनिधि रहेको बताउँछन् ।

बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले प्रतिगमनलाई परास्त गर्न आफू मैदानमा उत्रेको बताउँदै बागलुङको विकासमा आफूले सदैव काम गरिरहेको बताए । उनले २०५९ सालअघि आफू कांग्रेसकै कडा विरोधी भएको बताउँदै अहिलेको प्रतिगमनलाई सधैंका लागि सिध्याउन पाँच दलीय गठबन्धनमा आएको बताए ।

मङ्गलबार गठबन्धनबाट उम्मेदवार बनेका चित्रबहादुर केसीसहित बागलुङ क्षेत्र नं १ प्रदेशसभा ९क० का उम्मेदवार दीपेन्द्रबहादुर थापा र बागलुङ क्षेत्र नं १ प्रदेशसभा ९ख० का उम्मेदवार युवा नेता डिल्लीराम सुवेदीले पत्रकार सम्मेलनमार्फत आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका थिए । 
बागलुङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा एमालेका तर्फबाट डा सूर्य पाठक,  बागलुङ क्षेत्र नं १ प्रदेशसभा ९क० का उम्मेदवार हिराबहादुर केसी र बागलुङ क्षेत्र नं १ प्रदेशसभा ९ख० का उम्मेदवार नवराज पौडेल चुनावी मैदानमा उत्रिएका छन् ।

उता बागलुङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेकपा एमालेबाट मञ्जु क्षेत्री चुनावी मैदानमा उत्रिएका छन् । शिक्षामन्त्री पौडेलले विसं २०७४ को निर्वाचनमा बाम गठबन्धनबाट विजयी भएका हुन् । उनले आफूले शिक्षामन्त्री हुँदा शिक्षामा धेरै सुधार गरेको र यस पटक समेत आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको बताए ।

मनोनयन दर्तापछि क्षेत्र नं २ का विभिन्न स्थानमा आयोजना गरेको चुनावी कार्यक्रममा शिक्षामन्त्री पौडेलले शिक्षा क्षेत्रमा आफूले गरेका उल्लेख्य कामका आधारमा जनताले यस पकटसमेत आफूलाई मतदान गर्ने बताए । यस्तै माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेको समर्थनमा प्रकाश घर्तीले बागलुङ क्षेत्र नं २ प्रदेश सभा ९क० मा उम्मेदवारी दर्ता गरेपछि बागलुङ पश्चिमको चुनावसमेत चर्चामा छ । घर्तीको प्रतिस्पर्धामा नेपाली कांग्रेसका जिल्ला सभापति जीत शेरचनले उम्मेदवारी दिएका छन् ।

बागलुङ क्षेत्र नं २ प्रदेशसभा ९ख०का जित शेरचनलाई बागलुङ क्षेत्र नं २ प्रदेशसभा ९क० मा उम्मेदवार बनाइएको छ । बागलुङ क्षेत्र नं २ प्रदेशसभा ९ख०मा नेपाली कांग्रेसका युवानेता द्रोण कुँवर र नेकपा एमालेका युवा नेता लक्ष्मण पुनबीच प्रतिस्पर्धा हुँदैछ ।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी तथा विभिन्न साना दल तथा स्वतन्त्र उम्मेदवारहरूसमेत चुनावी माहोल बनाउन व्यस्त देखिन्छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending